विकास निर्माणको बारेमा इन्सेकको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा कात्तिक २४ गते विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । कार्यक्रमका वक्ताहरूले जिल्लाका विकास निर्माणमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका उल्लेखनीय रहेको बताएका छन् । विकास निर्माणमा नागरिक समाज र सञ्चारकर्मीले खेलेको भूमिका पुर्ण भने नभएको…
निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी
भिमसेन गाउँपालिका-३ धावामा उम्मेदवार सवार मोटरसाइकलमा पेस्तोल भेटिनु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काङ्ग्रेस, नयाँ शक्ति पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकले कात्तिक २२ गते उजुरी दर्ता गरएका छन् । 'पेस्तोल बरामद गर्ने, पेस्तोल लिने मान्छे किन पक्राउ परेनन् ? भन्दै उजुरी आएको छ ।'-मुख्य…
समानुपातिक उम्मेवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद
माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभाको लागि समानुपातिक उम्मेदवार सुशिल सिङ्खडा सवार मोटरसाइकलबाट प्रहरीले पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको छ । भिमसेन गाउँपालिका-३ धावामा कात्तिक २१ गते भएको सुरक्षा चेकजाँचको क्रममा सिङ्खडा चढेको बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलबाट ९-एमएमको पेस्तोल र तीन राउण्ड गोली फेला परेको जिल्ला प्रहरी…
आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उमेदवार राजेन्द्र बजगाइँ र प्रदेश सभाका समानुपातिक उम्मेदवार हरिबहादुर घलले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २० गते उजुरी परेको छ । कात्तिक २० गते बजगाइँ उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको विभिन्न…
गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा एक घाइते
गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा भिमसेन गाउँपालिका-५ बगुवामा खुकुरी प्रहारबाट भिमसेन-५ का सविन बानियाँ घाइते भएका छन् । गाउँपालिकाको केन्द्र बगुवा राख्ने या घ्याम्पेसाल सार्ने भन्ने विषयमा कात्तिक १९ गते साँझ विवाद बढ्दै जाँदा बगुवाका एक युवाले खुकुरी प्रहार गरी बानियाँलाई घाइते बनाएको गाउँपालिका प्रमुख इश्वर पाण्डेले बताए ।…
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१९ वर्षीय युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा ४२ वर्षीय बावुविरूद्ध कात्तिक ६ गते जिल्ला प्रहरी कार्यलय गोरखामा उजुरी दर्ता भएको छ । आरोपितले आफ्नै छोरीलाई कात्तिक २ गते मादक पदार्थ सेवन गरी बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यलयमा मौखिक उजुरी दिएपनि लिखित उजुरी भने कात्तिक…
६८ मतदानस्थल अति सम्वेनदशील
गोरखाका ६८ ओटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । २ सय १३ मतदानस्थल मध्ये ६८ ओटा अति सम्वेदनशील १ सय ३३ ओटा सम्वेदनशील र १२ ओटा सामान्य रहेको सुरक्षा प्रमुखहरूको विश्लेषण छ । 'हामीले विभिन्न आधारलाई ख्याल गरेर मतदानस्थलको सुरक्षा विश्लेषण गरेका…
अश्राङमा भूकम्प पीडितको अवस्था सम्बन्धमा सार्वजनिक सुनुवाइ
भिमसेन गाउँपालिका-६ अश्राङका भूकम्प पीडितहरूले घर निर्माण गर्न निर्माण समग्री र दक्ष कामदारको अभाव भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज २८ गते वडा कार्यालयमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले दक्ष कामदारको अभावमा ०७२ वैशाख १२ को भूकम्पले भत्काएका घर निर्माणलाई तीव्रता दिन नसकिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमसेन गाउँपालिका-६ झिँगटेका ८५ वर्षीय नुरमहमद मियाँलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा खबर गरेका थिए । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
शारिरीक अपाङ्गता भएकी २६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका-१३ देउरालीका ४७ वर्षीय प्रेमबहादुर लोहनीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका…