लाभाग्राही सूचीमा भएको त्रुटि सच्याउन माग
देउरालीका भूकम्प पीडितहरुले वास्तविक भूकम्प पीडितको नाम लाभाग्राही सूचीमा छुटेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भदै २८ गते मानव अधिकार सञ्जाल गोरखा र इन्सेक गोरखाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले वास्तविक भूकम्प पीडितको नाम लाभग्राही सूचीमा छुटेको भन्दै त्यस्तो त्रुटि तत्काल सच्याउन ध्यानाकर्षण गराएका हुन् ।…
सरकारले गङ्गामायाको जीवन रक्षाको पहल नगरेको आरोप
छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको जिल्लाका अधिकारकर्मीहरूले आरोप लगाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा भदौ २७ गते गोरखामा भएको कार्यक्रममा अधिकारकर्मी स्थानेश्वर दुवाडीले यति लामो समयसम्म न्यायको माग गर्दै अनसन बसेकी गङ्गामायाको जीवन रक्षाका लागि सरकारले…
सञ्जालको बैठकमा भूकम्प पीडितको अवस्थाबारे समीक्षा
मानव अधिकार सञ्जाल गोरखाको भदौ २१ गते बसेको बैठकले भूकम्प प्रभावितको अवस्थाबारे समीक्षा गरेको छ । जिल्लाका भूकम्पपीडितहरूको दैनिकी अझैसम्म पनि कष्टपूर्ण रहेकोले प्राप्त अनुदान रकमको सदुपयोग गर्न र अनुदान रकम पाउन बाँकीलाई शीघ्र उपलब्ध गराउन माग गरिएको सञ्जालका अध्यक्ष यदु अधिकारीले बताएका छन् । अनुदान सम्झौता सकिएर पहिलो किस्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १८ गते साँझ आरोपित बालकले बलात्कार गरेको कुरा उपचारको क्रममा बालिकाले बताएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए । बलात्कारका कारण गम्भीर घाइते भएकी…
भूकम्पपछि टेण्ट र टहराबाट स्वास्थ्य सेवा
गत वर्षको वैशाख १२ गते गएको भूकम्पले भत्काएका स्वास्थ्यचौकी पुनर्निर्माण नगरिँदा अधिकांश गाविसका स्वास्थ्य संस्थाले टेण्ट र टहरोबाटै स्वास्थ्य सेवा दिइरहेका छन् । भूकम्पले गोरखाको ५४ ओटा स्वास्थ्य संस्थामा पूर्ण रूपमा क्षति पुर्याएको थियो । ती मध्ये श्रीनाथकोट गाविसमा मात्र अर्धपक्कि भवन वनेको छ । फुजेल, दर्बुङ, ताकुकोट, लापु, धावा,…
क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
गोरखा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । ४५ जनाको क्षमता भएको पुरुष बन्दी गृहमा ८३ जना राख्नु पर्दा उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको जेलर दिवाकर पौडेलले जानकारी दिए । १० जना महिलाको क्षमता रहेको कारागारमा नौ जना रहेकाले महिलाका लागि भने खासै समस्या…