घरेलु हिंसाका घटना बाहिर आउन नसकेकोमा सरोकारवालाको चिन्ता
घरेलु हिंसाका घटना सङ्ख्यात्मक रूपमा धेरै घट्ने गरेको भएतापनि ती घटनाहरू समाधान गर्ने निकायसम्म आउन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि गोरखा जिल्लामा सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रमका सहभागीहरूले घरेलु हिंसाका साथै बलात्कारका घटना बढेकोमा…
बुढीगण्डकी प्रभावित र प्रहरीबिच झडप, चार जना घाइते
मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउँदै प्रदर्शनमा उत्रिएका बुढीगण्डकी प्रभावित र प्रहरीबिच घ्याल्चोक-९ सिउरिनटारमा झडप भएको छ । आयोजनाको घ्याल्चोक स्थित कार्यालयमा ताल्चा लगाउन पुगेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो । झडपमा परि अन्दाजी ३४ वर्षीय प्रहरी हवल्दार धनसिं गुरुङ घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ तान्द्राङ-१ का ५४ वर्षीय वलराम पाण्डे,…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तान्द्रा-४ मझिमथोकका ६७ वर्षीय विष्णुप्रसाद लामिछानेलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाका अभिभावकको उजुरीका आधारमा अनुसन्धानका…
बोर्लाङका भूकम्प पीडितको गुनासै गुनासो
बोर्लाङ गाविसका भूकम्प पीडितहरूले राहत वापत पहिलो किस्ताको रकम पाए पनि घर बनाउन नसक्ने भन्दै चिन्ता जनाएका छन् । जिल्लाका भुकम्प पीडित परिवारहरुले राहत रकम पाएपनि तुरून्तै घर बनाउन सम्भव नभएको बताएका छन् । भूकम्प पीडितको अवस्थाबारे मानवअधिकार सञ्जाल र इन्सेक गोरखाको संयुक्त आयोजनामा कात्तिक ४ गते बोर्लाङ-४ मा भएको…
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्नेमा जोड
अपाङ्गता, नाजुक आर्थिक अवस्था र दुर्गम भेगका १ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको भन्दै उनीहरूलाई विद्यालयको पहुँचसम्म ल्याउने पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । 'बुवा आमा नभएका र नाजुक आर्थिक स्थिति भएका विद्यार्थीको स्थिति हेर्दा निकै नाजुक छ ।'-सरस्वती उमावि आहालेका प्रध्यानाध्यापक पुरूषोत्तमबावु…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जौवारी-४ लाङदीका १९ वर्षीय जमिर थापालाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई कात्तिक ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीमा कात्तिक ६ गते उजुरी दिएका थिए । प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…
पुनर्निर्माणको काम तत्काल थाल्न मानव अधिकार सञ्जालको ध्यानाकर्षण
भूकम्पपछि नीजि आवास निर्माणको काम हुन नसकेको गुनासो गर्दै तत्काल काम थाल्न मानव अधिकार सञ्जाल गोरखाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सञ्जालका अध्यक्ष यदु अधिकारीले तत्काल पुनर्निर्माण प्रक्रिया थाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयलगायतका निकायमा कात्तिक ६ गते ध्यानाकर्षण गराइएको बताए । जिल्लाका ५२…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोनपा-२ का ३० वर्षीय राजु सुनारलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको…
पुनःनिर्माणको क्रममा अपाङ्गतामैत्री संरचना बनाउन माग
भूकम्प पछिको पुनःनिर्माणका क्रममा निर्माण गरिने भौतिक संरचना अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिहरूले माग गरेका छन् । भुकम्प पश्चात पुनःनिर्माणको काम दसैँ तिहार पछि तीव्र रूपमा अघि बढाउने तयारी गरिए अनुसार अब बनाइने सरकारी, निजी तथा सामुदायिक सबै प्रकारका भवन अपाङ्गतामैत्री बनाउन प्रगतिशील अपाङ्ग सङ्घका अध्यक्ष अमर गुरूङले माग गरे…
अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा असुविधा भएको गुनासो
अपाङ्गता भएका व्यक्तिहरूको एक टोलीले सार्वजनिक यातायातका साधनमा आफूहरूलाई बेवस्ता गर्ने गरेको गुनासो गरेका छन् । उनीहरूले असोज १४ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनकराज पाण्डेयलाई भेटेर सार्वजनिक सवारीमा आफूहरूले पाउने ५० प्रतिशत छुट नपाएको गुनासो गर्दै सो कार्यान्वयनको माग गरेका हुन् । 'हामी अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातका…