यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७ र ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा गोरखा नगरपालिका– १४ सलाङ्गिरि का ५७ वर्षीय दलबहादुर विश्वकर्मालाई प्रहरीले ०८० फागुन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरुलाई ०८० फागुन ९ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले फागुन १० गते दिएको उजुरीको आधारमा विश्वकर्मालाई गिरफ्तार गरेको जिल्ला प्रहरी…

February 25, 2024  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गण्डकी गाउँपालिका– २ का ३७ वर्षीय आशिष चेपाङलाई प्रहरीले फागुन ९ गते गिरफ्तार  गरेको छ । पीडित बालिकालाई फागुन ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाले फागुन ९ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार…

February 23, 2024  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका– ४ सौरपानी घुन्चोकका ६० वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८० फागुन २ गते बलात्कार गरेको भन्दै  बालिकाका बुवाले फागुन ४ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार…

February 18, 2024  
शिक्षकको कुटपिटबाट बालिका घाइते भएको आरोप

पालुङटार नगरपालिका– १० स्थित मिरकोट माविमा कक्षा ९ मा अध्ययनरत एक बालिका शिक्षक रामहरी ढकालको कुटाइबाट घाइते हुनुभएको छ । विद्यालयका विज्ञान शिक्षक रामहरी ढकालले माघ २२ गते कक्षामा सोधेको कुरा नजान्दा कुटाइबाट बालिकाको हातमा चोट लागेको थियो । दिनभर ठिकै भएपनि बेलुकी दुखाइ बढेपछि उपचार गराउँदा हातमा  नसा च्यापिएको उपचारमा…

February 7, 2024  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका– ६ ज्यामीस्वाराका ५५ वर्षीय मिन बहादुर थापालाई प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८० माघ १९ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ २१ गते दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो । आरोपित विरुद्ध माघ…

February 6, 2024  
२० वर्ष देखि कोठामा थुनिएका मंगलबाबुको उद्धार

मानसिक स्वास्थ्यमा समस्या भएपछि २० वर्ष देखि कोठामा थुनिएका गोरखा नगरपालिका–५ नाङ्लेपानीका मंगलबाबु सिर्मलको उद्धार गरिएको छ । गोरखा नगरपालिकाको समन्वयमा माघ २१ गते मानव सेवा आश्रमले सिर्मलको उद्धार गरेको हो । उहाँको मानव सेवा आश्रमको कास्की स्थित हेम्जा शाखामा मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा राखेर उपचार हुने मानव सेवा आश्रमकी ब्यवस्थापक…

February 5, 2024  
मानसिक स्वास्थ्यमा समस्या भएपछि वर्षौदेखि बन्द कोठाभित्रै कष्टकर जिवन

गोरखा नगरपालिका– ५ नाङ्लेपानी का ४३ वर्षीय मंगलबाबु सिर्मल मानसिक स्वास्थ्यमा समस्या भएपछि कयौ वर्षदेखि बन्द कोठाभित्रै बन्दक जस्तो जिवन बिताई राख्नुभएको छ । माघ १४ गते दिउँसो केहि बेर घाम ताप्न आगनमा निक्लिनुभएका मंगलबाबुलाई परिवारका सदस्यले कोठा भित्र जान आग्रह गरेपछि परिवारको सदस्यले भने बमोजिम कोठामा छिर्नुभयो । फलामे…

January 30, 2024  
बालिका दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई विद्यालय परिसर भित्र पसि दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका– १० का २० वर्षीय मदन थापा मगर लाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई माघ ४ गते गोरखा नगरपालिका– १० विरेन्चोक स्थित रत्नराज्य माध्यमिक विद्यालयको परिसर भित्र कक्षा संचालन भइरहेको अवस्थामा मदन थापा मगरले…

January 23, 2024  
कारागारमा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार गोरखामा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई सामान्य स्वास्थ्य उपचारका लागि पनि समस्या परेको छ । एक जना अहेवको दरवन्दी रहेपनि गोरखा कारागारमा साडे दुइ वर्ष देखि दरवन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन् । पुष २६ गते गोरखा कारागारको नियमित निरिक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहाल समक्ष पनि कैदीबन्दीले स्वास्थ्यकर्मी…

January 12, 2024  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरानचोक गाउँपालिका– ५ का ३७ वर्षीय नवराज घिमिरेलाई प्रहरीले  ०८० पुस १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुष १५ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाको आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपित विरुद्ध पुष १६ गते बाल…

January 2, 2024