आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा आमसभा गरेको भन्दै उजुरी
स्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगन थापाले आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा चुनावी सभा गरेको भनी निर्वाचन कार्यलयमा मौखिक उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत भोला रेग्मीले जानकारी दिएका छन् । स्वास्थ मन्त्री थापाले पोखरा-लेखनाथ महानगरपालिका वडा नं १३ र २४ मा वैशाख २७ गते चुनावी सभालाई सम्बोधन गरेका…
राजनीतिक दललाई "निर्वाचन बाल अधिकार अनुगमन समिति"को ध्यानाकर्षण
कास्कीमा गठित निर्वाचन बाल अधिकार अनुगमन समितिले निर्वाचन प्रचार-प्रसारमा बालबालिकाको प्रयोग भएको भन्दै विभिन्न राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । समितिले नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा वैशाख २७ गते पुगी राजनीतिक दललाई निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको हो । यसअघि स्थानीय तहको निर्वाचन प्रचार-प्रसारमा…
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी 'जगन'लाई प्रहरीले गिरफ्तार गरेको छ । निर्वाचनमा अवरोध निम्त्याउनका लागि लुकेर बसेको आरोपमा पोखरा-लेखनाथ महानगरपालिका-१७ छोरेपाटनबाट जगनलाई वैशाख २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । हाल तिवारीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी खडकबहादुर खत्रीले जानकारी दिए…
१० जना मेयरका उम्मेदवार एउटै मञ्चमा
स्थानीय तहको निर्वाचनका लागि पोखरा-लेखनाथ महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूबिच 'ककस' कार्यक्रम कास्कीमा वैशाख २६ गते सम्पन्न भएको छ । पोखरा जेसिज, लेडी जेसिज र लेखनाथ जेसिजसँग सहकार्य गर्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा मेयर पदका १० जना र उपमेयर पदका एक जना गरी ११ जना उम्मेदवारहरूको सहभागिता…
उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा ३ जना गिरफ्तार
माछापुच्छ्रे गाउँपालिका-२ बाट अध्यक्ष पदका उम्मेदवार गुञ्जमान गुरूङले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । वैशाख २३ गते राति ग १ ज ६४४५ नम्बरको बोलेरो जिपमा आगजनी गरेपछि सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले खुसीमान गुरूङ, चित्र गुरूङ र बहुदल तामाङलाई…
मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अर्न्तगत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया वैशाख २४ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल प्रतिको सर्वसाधरणको टुटेको मनोविज्ञानलाई यो स्थानीय तहको निर्वाचनको माध्ययमबाट पुनः जोड्ने सुअवसर मिलेको बताउँदै हाम्रो देशको संविधानले स्थानीय सरकारको सपना देखेको र देखिएको…
चुनाव विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार
चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले वैशाख २२ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा युवराज बास्तोला, प्रजबबहादुर केसी र मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर इश्वर लम्सालले आरोपितहरूलाई माछापुच्छ्रे गाउँपालिका-२ सर्दीखोलाबाट गिरफ्तार गरिएको हो…
उम्मेदवारको गाडीमा ढुङ्गा प्रहार
अन्नपुर्ण गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवार जिबनाथ पौडेल चढेको गाडीमा वैशाख २१ गते राति ढुङ्गा प्रहार भएको छ । चुनाव प्रचारप्रसार गरी घर फर्कने क्रममा पौडेल चढेको गाडीमाथी ढुङ्गा प्रहार भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सो आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको…
कास्कीका तीन वटा गाउँपालिकामा तालाबन्दी
माछापुच्छ्रे, अन्नपुर्ण र मादी गाउँपालिकाको कार्यालयमा वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तालाबन्दी गरेका छन् । गाउँपालिका कार्यलयको वरपर हँसिया हथौडा अङ्कित पर्चा भेटिएकोले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर ईश्वर लम्सालले बताए । स्थानीयले खबर गरेपछि तीन वटै गाँउपालिकामा लगाइएको ताला…
दुर्घटनाका घाइतेलाइ उपचार गर्न नमानेको भन्दै मणिपाल अस्पतालमा स्थानीयको आन्दोलन
मुस्ताङको कागबेनीमा वैशाख ९ गते भएको सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्न अस्वीकार गरेको भन्दै मणीपाल शिक्षण अस्पतालको मुल गेटमा स्थानीयले ताला लगाएका छन् । मुस्ताङबाट बिरामीलाई हेलिकप्टरमा मणीपाल अस्पताल ल्याइएको भएपनि डाक्टरहरू श्रम ऐन लागु गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको कारण देखाउँदै बिरामी भर्ना गर्न नमानेपछि स्थानीयले प्रेस विज्ञप्ति जारी…