राजनीतिक विवादका कारण गण्डकी प्रदेशका पाँच स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन्
नेपाल सरकारको नीति बमोजिम स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित असार १० गते भित्र बजेट प्रस्तुत सकिसक्नुपर्ने व्यवस्था गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्ये पाँच ओटा स्थानीय तहले समयमा बजेट सार्वजनिक गर्न सकेका छैनन् । जसमा पर्वत का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखराको रानीपौवास्थित एक मन्टेश्वरी स्कूलका संगीत शिक्षक २५ वर्षीय विवेक तामाङलाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार ५ गते लेकसाइडको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडितको परिवारले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको…
आर्थिक वर्ष ०८०/८१ को बजेटमा सहिद तथा द्वन्द्वपीडित परिवारको बीमाका लागि २ करोड विनियोजन
गण्डकी प्रदेश सरकारले सहिद, बेपत्ता तथा द्वन्द्व पीडित समुदायका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०८०/८१ का लागि असार १ गते प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सहिद तथा बेपत्ता परिवार,…
मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न प्रतिबद्ध छौः आचार्य
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आचार्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि पोखरा महानगरपालिकालाई प्रस्तावनापत्र बुझाउदा उक्त कुरा जनाउनु भएको हो । इन्सेक गण्डकीका…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार श्रेष्ठ चयन हुनु भएको छ । सदस्यहरूमा भुवनेश्वर पोखरेल, गिरेन्द्र बहादुर हमाल, अम्बर बहादुर नेपाली, सुन कुमारी नेपाल र उर्मिला…
गणतन्त्र सुनिश्चितताको माग गर्दै अधिकारकर्मीद्वारा नागरिक खबरदारी
गणतन्त्रको संस्थागत विकास सुनिश्चितताको माग गर्दै पोखराका अधिकारकर्मीहरूले जेठ १५ गते नागरिक खबरदारी गर्दै प्रर्दशन गरेका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको आयोजनामा शहिदचोकमा भएको खबरदारी कार्यक्रमका सहभागीहरूले ‘गणतन्त्रको संस्थागत विकास गरौं,’ दण्डहिनताको अन्त्य र विधिको शासन हामी सबैको चाहना,’ गणतान्त्रिक आन्दोलनका घाइतेको उपचारको ग्यारेण्टी गरियोस लगायतका नारा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई अनलाइमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा–१९ पुरनचौरका २१ वर्षीय मनीष भुजेललाइ प्रहरीले जेठ ८ गते पोखराबाट गिरफ्तार गरेको छ । भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट र भाइबरमार्फत पीडित बालिकासँग अश्लील कुराकानी तथा भिडियो च्याट गरी रेकर्ड गर्ने र पीडितले उनले भने अनुसारको कार्य गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ९ गते ठुलोबुबा नाता पर्ने ४४ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटक पटक र अन्तिम पटक जेठ ७ गते बलात्कार गरेको भन्दै असल छिमेकी सहयोग सङ्घ नेपाल (गोनेसा)ले आरोपित विरूद्ध जेठ ९ गते प्रहरीमा उजुरी दिएको थियो ।…
मादीमा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक बिकास कार्यालय कास्कीको सहयोगमा मादी गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया जेठ ३ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाँउपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णराज दाहालले बालमैत्री वडा, बालमैत्री विद्यालय, बालमैत्री समाज बनाउनको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो…
मानव अधिकार समूहको बैठक सम्पन्न
माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको नियमित बैठक जेठ २ गते सम्पन्न भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि मानव अधिकार समूहले गर्नुपर्ने कार्य तथा योजनाहरू गाउँपालिकामा पेश गर्ने र नयाँ बजेटको माग गर्ने निर्णय गरेको छ । बैठकमा समूहका अध्यक्ष डिल्लीराम भण्डारी, उपाध्यक्ष सुनिता परियार, कोषाध्यक्ष प्रेमकुमारी…