निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३० वर्षीय योगेन्द्र चौहान सहित चारजनालाई कात्तिक २६ गते गिरफ्तार गरेको इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालले जनाएका छन् । प्रहरीले चौहान बाहेक अन्य तीन जनाको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार…

२०७४ कार्तिक २७, सोमबार ११:५५ गते  
डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै चारदिनसम्म पनि मृतकको शव उठाइएन

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै पोखरा-लेखनाथ मनपा-९ स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी १९ वर्षीया गीता अर्यालको शव आफन्तले चार दिनसम्म पनि उठाएका छैनन् । मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको बताउँदै सुत्केरी मृतकको शव नउठाएका हुन् । स्याङजा जिल्ला अर्जुनचौपारी घर भएकी अर्याललाई कात्तिक १० गते…

२०७४ कार्तिक २२, बुधबार २१:३४ गते  
चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको गाडीमा तोडफोड

कास्कीको क्षेत्र नम्बर ३ का उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि प्रयोग गरेको गाडीमा कात्तिक २१ गते राति अज्ञात समूहले तोडफोड भएको छ । एमाले उम्मेदवार जगत बिकले प्रयोग गरेको ग १ य ७२८ हरियो नम्बरप्लेटको स्कर्पियो गाडीको पछाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । प्रचारप्रसार सकेर पोखरा न्युरोडमा खाना खान रोकेको…

२०७४ कार्तिक २२, बुधबार २०:५४ गते  
मानव अधिकारका लागि युवा समूहको क्षमता विकास तालिम सम्पन्न

इन्सेकसँग आबद्ध मानव अधिकारका लागि युवा समूह कास्की र जिल्ला युवा समिति कास्कीको संयुक्त आयोजनामा युवाहरूका लागि क्षमता विकास तालिम कात्तिक २१ गते पोखरामा सम्पन्न भएको छ । तालिममा सहजीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय पोखराका निमित्त निर्देशक नितु गर्तौलाले युवाहरूलाई मानव अधिकारको विषयमा जानकारी गराउन सकेमात्र देशमा…

२०७४ कार्तिक २१, मंगलवार २०:२३ गते  
बालबालिकाको पोषणप्रति गम्भीर बन्न आवश्यक

बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकाको पोषणप्रति गम्भीर बन्न आवश्यक रहेकोमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । विश्व खाद्य दिवसको अवसर पारेर असोज ३० गते पोखरामा आयोजित खाद्य सुरक्षा र बालबालिकाको पोषणको अवस्था विषयक अन्तरक्रिया बोल्ने अधिकांश वक्ताहरूले बालबालिकाको स्वास्थका विषयमा सजग बन्नुपर्ने बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

२०७४ आश्विन ३०, सोमबार २०:३९ गते  
पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

पत्रकार सुरेशराज अधिकारीलाई हातपात गरेको आरोपमा प्रहरीले पोखरा लेखनाथ मनपा-२८ का ३७ वर्षीय विकास लामा गुरुङलाई असोज २९ गते गिरफ्तार गरेको छ । समाचार लेखेकै आधारमा समाधान राष्ट्रिय दैनिक र माछापुच्छ्रे एफएममा कार्यरत अधिकारीलाई असोज २९ गते पोखरा महानगरपालिकाको समाचार सङ्कलनका क्रममा गुरुङले हातपात गरेको भन्दै पीडितले सोही दिन जिल्ला…

२०७४ आश्विन ३०, सोमबार १४:४७ गते  
जिल्लास्तरीय निगरानी समूहको पुनर्गठन

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह कास्कीको पुनर्गठन असोज २३ गते पोखरामा आयोजित एक कार्यक्रमका बिच भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक)को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत निगरानी समूहको पुनर्गठन भएको हो । असोज २३ गते सम्पन्न भेलाले पत्रकार श्याम कुँवरको…

२०७४ आश्विन २३, सोमबार २०:५७ गते  
नागरिक समाजले भ्रष्टाचार विरूद्धको अभियानलाई अगाडि बढाउनुपर्छः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले अब नागरिक समाजले भ्रष्टाचार विरूद्धको अभियानलाई शसक्त ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । असोज ३ गते पोखरामा सम्पन्न शान्तिका लागि नागरिक समाजको सञ्जालको साधारणसभा तथा नेपालको संविधान कार्यान्वयन, अवसर र चुनौती विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्दै पौड्यालले गणतन्त्र स्थापनापछि राजनीतिक दलले अधिकारकर्मीलाई उपेक्षा…

२०७४ आश्विन ४, बुधबार २२:०७ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सरकारी गाडीमा तोडफोड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज ३ गते रोकेर राखेको सरकारी गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ । सो पार्टीका कार्यकर्ताले पोखरा-लेखनाथ मनपा-८ मा रोकेर राखेको बा १ झ ९६२२ नम्बरको सरकारी गाडीमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको हो । तोडफोडबाट गाडीको झ्यालमा क्षति पुगेको जनाइएको…

२०७४ आश्विन ४, बुधबार २२:०६ गते  
पोखरामा सकेट बम फेला, सेनाद्वारा डिस्पोज 

पोखरा लेखनाथ महानगरपालिका-७ मुस्ताङचोकमा असोज ४ गते भेटिएको सकेट बम, नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरीले जनाएको छ । पोखरा बिमानस्थल नजिकैको सडकको छेउमा झोलामा शङ्कास्पद वस्तु देखीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम कसले र किन राख्यो भन्ने कुरा थाहा हुन नसकेपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल…

२०७४ आश्विन ४, बुधबार २२:०५ गते