पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
पत्रकार सुरेशराज अधिकारीलाई हातपात गरेको आरोपमा प्रहरीले पोखरा लेखनाथ मनपा-२८ का ३७ वर्षीय विकास लामा गुरुङलाई असोज २९ गते गिरफ्तार गरेको छ । समाचार लेखेकै आधारमा समाधान राष्ट्रिय दैनिक र माछापुच्छ्रे एफएममा कार्यरत अधिकारीलाई असोज २९ गते पोखरा महानगरपालिकाको समाचार सङ्कलनका क्रममा गुरुङले हातपात गरेको भन्दै पीडितले सोही दिन जिल्ला…
जिल्लास्तरीय निगरानी समूहको पुनर्गठन
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह कास्कीको पुनर्गठन असोज २३ गते पोखरामा आयोजित एक कार्यक्रमका बिच भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक)को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत निगरानी समूहको पुनर्गठन भएको हो । असोज २३ गते सम्पन्न भेलाले पत्रकार श्याम कुँवरको…
नागरिक समाजले भ्रष्टाचार विरूद्धको अभियानलाई अगाडि बढाउनुपर्छः सदस्य पौड्याल
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले अब नागरिक समाजले भ्रष्टाचार विरूद्धको अभियानलाई शसक्त ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । असोज ३ गते पोखरामा सम्पन्न शान्तिका लागि नागरिक समाजको सञ्जालको साधारणसभा तथा नेपालको संविधान कार्यान्वयन, अवसर र चुनौती विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्दै पौड्यालले गणतन्त्र स्थापनापछि राजनीतिक दलले अधिकारकर्मीलाई उपेक्षा…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सरकारी गाडीमा तोडफोड
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज ३ गते रोकेर राखेको सरकारी गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ । सो पार्टीका कार्यकर्ताले पोखरा-लेखनाथ मनपा-८ मा रोकेर राखेको बा १ झ ९६२२ नम्बरको सरकारी गाडीमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको हो । तोडफोडबाट गाडीको झ्यालमा क्षति पुगेको जनाइएको…
पोखरामा सकेट बम फेला, सेनाद्वारा डिस्पोज
पोखरा लेखनाथ महानगरपालिका-७ मुस्ताङचोकमा असोज ४ गते भेटिएको सकेट बम, नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरीले जनाएको छ । पोखरा बिमानस्थल नजिकैको सडकको छेउमा झोलामा शङ्कास्पद वस्तु देखीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम कसले र किन राख्यो भन्ने कुरा थाहा हुन नसकेपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल…
पोखरामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निष्कृय
पोखरा-लेखनाथ मनपा-९पृथ्वीचोकमा भदौ २६ गते भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । पृथ्वीचोक नजिकै रहेको सस्तो बजारमा झोलामा उक्त वस्तु, तार, ब्याट्री भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए । नेपाल बायुसेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा सस्तो बजार सञ्चालनका लागि भन्दै स्टल बुकिङ भइरहेको समयमा 'बम' भेटिएको हो …
भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान अन्तर्गत विभिन्न जिल्लामा हस्ताक्षर कार्यक्रम सम्पन्न
भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान अन्तर्गत स्थानीय तहका प्रतिनिधि तथा सरकारी कर्मचारीहरूले पश्चिमाञ्चलका विभिन्न जिल्लामा भदौ २३ गते भ्रष्टाचार विरूद्ध हस्ताक्षर सङ्कलन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आफू मातहतका कार्यालयमा सबै खाले भ्रष्टाचारको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका…
जिल्लास्तरीय अर्न्तक्रिया कार्यक्रम सम्पन्न
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत पोखरामा भदौ २० गते खाद्य वस्तु (तरकारी तथा फलफूलमा) विषादीको प्रयोग समस्या र समाधानका उपाय विषयक जिल्लास्तरीय अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाञ्चलको आयोजना, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखरा,…
३४ औँ बेपत्ता विरूद्धको अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम
३४ औँ बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भदौ १४ गते कास्कीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक पोखराका साथै कास्कीमा मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाको संयुक्त आयोजनामा बिहान श्रीकृष्ण माविमा बेपत्ता पारिएका व्यक्तिको सम्झनामा पहिल्यै वृक्षरोपण गरिएका विरूवाहरूलाई गोडमेल गरिएको थियो । यस्तै पोखरामा "बेपत्ता…
१.८ प्रतिशत बालबालिका विद्यालय बाहिरै
पश्चिमाञ्चलका १६ जिल्लामा १.८ प्रतिशत बालबालिका अझै पनि विद्यालय बाहिर रहेको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णु अधिकारीले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत माछापुच्छ्रे गाउँपालिका-४ मा आयोजना गरिएको शिक्षाको अधिकारसम्बन्धी टेलिभिजन सम्बाद कार्यक्रममा बोल्दै अधिकारीले उक्त कुरा बताएका हुन् । नेपाल सरकारको नीति तथा कार्यक्रमको…