कास्कीको विजयपुरमा बम विष्फोट, एक जना प्रहरी र एक जना पत्रकार घाइते

पोखरा लेखनाथ मनपा-१४ स्थित विजयपुर खोलाको पुलमा फागुन ८ गते बिहान बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् । सो विष्फोटमा परी प्रहरी जवान कूलबहादुर खत्री र पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे घाइते भएका हुन् । घाइते दुवैजनाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भइरहेको छ । बिहान बम…

२०७४ फाल्गुन ८, मंगलवार १३:५२ गते  
पत्नी हत्याका आरोपित गिरफ्तार

मादी गाँउपालिका-५ की ४७ वर्षीया गौमाया बिकलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय एकबहादुर बिकलाई फागुन १ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले माघ २९ गते राति चिर्पट दाउरा टाउकोमा प्रहार गरी हत्या गरेको भन्दै पीडितका आफन्तले फागुन १ गते प्रहरीलाई खबर गरेका…

२०७४ फाल्गुन २, बुधबार १४:४८ गते  
सिडको छायाँ प्रतिवेदन तयारीका लागि सुझाव सङ्कलन

महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड)को छायाँ प्रतिवेदन तयारीका लागि माघ २५ गते पोखरामा सुझाव सङ्कलन गरिएको छ । सिडको लागी गैरसरकारी संस्थाको तर्फबाट बुझाइने छायाँ प्रतिवेदनको तयारीका साथै सुझाव सङ्कलनका लागि मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र, वियोण्ड बेइजिङ कमिटी (बिबिसी), नारी सेवा केन्द्र कास्की…

२०७४ माघ २५, बिहीबार २२:४१ गते  
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि सुझाव सङ्कलन गर्ने उद्धेश्यले माघ २४ गते कास्कीको पोखरामा कार्यशाला सम्पन्न भएको छ । युपिआरका लागि गैरसरकारी संस्थाको राष्ट्रिय सञ्जालको सचिवालय इन्सेक, महिला सञ्जालको सचिवालय ओरेक, डर्बान रिभ्यू कन्फरेन्स फलोअप कमिटी, वियोण्ड बेइजिड कमिटी र बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को संयुक्त…

२०७४ माघ २५, बिहीबार १०:१९ गते  
प्रहरी र विद्यार्थीबिचको झडपमा १७ जना घाइते

विद्यार्थी नेताको मृत्युको विषयलाई लिएर पोखरा-लेखनाथ मनपा-१ मा रहेको पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबिच माघ २३ गते भएको झडपमा १७ जना घाइते भएका छन् । झडपमा परेर ११ जना विद्यार्थी, पाँच जना प्रहरी र एकजना पत्रकार घाइते भएका हुन् । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य गोपाल…

२०७४ माघ २४, बुधबार ११:४१ गते  
पाँच बुँदे माग राख्दै दुई विद्यार्थी पाँच दिनदेखि आमरण अनसनमा

पोखरा-लेखनाथ मनपा-१ मा रहेको पृथ्वीनारायण क्याम्पसमा अनियमितता भएको भन्दै सोही क्याम्पसमा अध्ययनरत नरेन्द्र बसेल र कृष्ण अधिकारी माघ १४ गतेदेखि आमरण अनसनमा बसेका छन् । विज्ञान सङ्काय अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत बसेल र कानुन सङ्काय चौथो वर्षमा अध्ययनरत अधिकारी क्याम्पस परिसर भित्रै अनसनमा बसेका हुन्  । अनसनरत विद्यार्थीले सो क्याम्पसको…

२०७४ माघ १८, बिहीबार २०:२७ गते  
प्रदेश सांसदलाई धम्की दिएको आरोपमा चार जना गिरफ्तार

प्रदेश सभाका सांसद बिन्दुकुमार थापा, कास्कीका ब्यवसायीहरू राजेशबाबु श्रेष्ठ, बोधराज गिरी र कालु गुरूङलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ । पीडित चारै जनालाई धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले स्याङ्जा टक्सार घर भई हाल पोखरा-लेखनाथ मनपा-६ बस्ने ३५ वर्षीय नलबहादुर गुरूङ, स्याङजा फेदीखोला…

२०७४ माघ १८, बिहीबार २०:२४ गते  
बलात्कार घटनाका पीडितद्धारा उजुरी दर्ता

११ वर्षीया बालिकालाई ६० वर्षीय ज्येष्ठ नागरिकले माघ १३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यलय कास्कीमा माघ १४ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाका आरोपितको खोजि कार्य तीव्र…

२०७४ माघ १५, सोमबार १९:२६ गते  
शिक्षा स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन गर्नुपर्नेमा जोड

कास्की क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन नगरेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग आबद्ध मानव अधिकार निगरानी समूह, अन्नपूर्ण गाँउपालिकाले पुस २१ गते लुम्लेमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यको नीति तथा…

२०७४ पुष २२, शनिबार २०:५४ गते  
मानव अधिकारको संरक्षणका लागि सबैको सहकार्य आवश्यक

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराकी निमित्त निर्देशक नितु गर्तौलाले मानव अधिकारको संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराको आयोजनामा पुस १६ गते पोखरामा आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त निर्देशक गर्तौलाले सो कुरा बताएकी हुन्…

२०७४ पुष १६, आईतवार २०:४८ गते