बर्थिङ् सेन्टरका सेवाग्राही दुई वर्षमा एक जनामात्र

कास्कीको लाहाचोक गाविस-५ मा रहेको स्वास्थ्य चौकीको भवन सुरक्षित नभएकै कारण बर्थिङ् सेन्टरमा सुत्केरी सेवा लिन आउनेको सङ्ख्या दुई वर्षमा एक जनामात्र पाइएको छ । दुई वर्षअघि नेपाल सरकारले बर्थिङ् सेन्टरको अनुमति लिई सेवा सञ्चालन गरेको स्वास्थ्य चौकीले दुई वर्षको अन्तरालमा एक जनालाई मात्रै सुत्केरी गराएको छ । स्वास्थ्य चौकीको…

March 15, 2017  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा कियोस परियोजना अर्न्तगत कास्की जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अर्न्तर्गत माघ २५ गते जिल्ला स्तरमा मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । मानव…

February 7, 2017  
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरू

  इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ १९ गतेदेखि पोखरामा सुरू भएको छ । तालिममा कास्की, पाल्पा, तनहुँ र कपिलवस्तु गरी चार ओटा जिल्लाका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको छ । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन…

February 1, 2017  
अधिकारकर्मीको सक्रियतामा बालविवाह रोकियो

उमेर नपुगी विवाह गर्न लागेको भन्दै मानव अधिकारकर्मीहरूको सक्रियतामा कास्कीमा एउटा बालविवाह रोकिएको छ । लेखनाथ नपा-१५ कोठेगाउँमा माघ १८ गते हुन लागेको एउटा बालविवाह मानव अधिकारकर्मीहरूको परामर्शपछि रोकिएको हो । लेखनाथ नपाकी १५ वर्षीया बालिका र म्याग्दी जिल्ला सिंगा नपा-१५ का १९ वर्षीय अशोक बिकको विवाह हुन लागेपनि मानव…

February 1, 2017  
पश्चिमाञ्चल विकास क्षेत्रको मानव अधिकारको अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा पश्चिमाञ्चल क्षेत्रको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम पुस २२ गते पोखरामा सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१७ का लागि पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले अभिलेखिकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको बारेमा कार्यक्रममा छलफल गरिएको छ । कार्यक्रममा…

January 6, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपाकोट गाविस-२ का १९ वर्षीय दिपक थापालाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस १७ गते इलाका प्रहरी कार्यलय डाडाँकोनामा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिामाञ्चल क्षेत्रीय अस्पताल…

January 2, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाहको आरोपमा पोखरा उमनपा-५ का ३० वर्षीय प्रेमप्रसाद तिमल्सिना र उनकी कान्छी पत्नी २४ वर्षीया कौशल्या भण्डारीलाई कास्की प्रहरीले पुस १२ गते घरैबाट गिरफ्तार गरेको छ । तिमल्सिनाकी जेठी पत्नी ३० वर्षीया किर्तना आर्चाय (तिमल्सिना)ले पुस १२ गते जिल्ला प्रहरी कार्यलयमा दिएको उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय…

December 28, 2016  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पुनर्गठन

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत कास्की जिल्लामा जिल्लास्तरीय मानव अधिकार समूहको पुनर्गठन गरिएको छ । पुस १२ गते आयोजित कार्यक्रमबाट अधिकारकर्मी दुर्गा केसी(थापा)को अध्यक्षतामा ११ सदस्यीय समितिको पुनर्गठन गरिएको हो । समूहका सदस्यहरूमा सर्वपक्षिय दलित संस्थाका रामलाल सुनार, एशियन फोरमका तिलक थापा, अधिकारकर्मी…

December 27, 2016  
विविध कार्यक्रम गरी आप्रवासी कामदार दिवस मनाइयो

आप्रवासी कामदार र तीनका परिवारका सदस्यको अधिकारको माग गर्दै पुस ३ गते कास्कीमा प्रभातफेरीलगायतका कार्यक्रम गरी आप्रवासन दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस-२०१६ मूल समारोह समिति कास्कीको आयोजनामा गरिएको प्रभातफेरी पोखराको सिर्जनाचोकबाट सुरू भई जिल्ला प्रशासन कार्यलय कास्की परिसरमा कोणसभामा परिणत गरिएको थियो । मूल समारोह समितिमा जिल्ला विकास…

December 18, 2016  
संयुक्त राष्ट्रसङ्घीय विशेष समाधिक्षकलाई आमन्त्रण गर्न नेपाल सरकारलाई ज्ञापनपत्र

संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विशेष समाधिक्षकलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिन आग्रह गर्दै पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूबाट नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की तथा कास्कीमा रहेका मानव अधिकारकर्मीहरूको एक टोलीले पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज…

December 9, 2016