रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो
अनतर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन १ गते अनतर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । रोम विधान अनुमोदन गर्न सरकारसँग माग गर्दै बुझाइएको ज्ञापनपत्रमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, गैसस महासङ्घ नेपाल कास्की, अनौपचारिक क्षेत्र सेवा…
नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका आवश्यक रहेकामा जोड
नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका भएमा मात्रै मानव अधिकारको संरक्षण र प्रवर्र्धन हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । मानव अधिकार संरक्षण मञ्च (मासम) केन्द्रीय समितिको आयोजनामा असार ३० गते पोखरामा आयोजित वार्षिक साधारणसभा तथा मानव अधिकारको प्रवर्धनमा स्थानीय सरकारको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड…
समाचार सङ्कलन गर्ने क्रममा पत्रकार माथि दुर्व्यवहार
पोखरास्थित फेवा टेलिभिजनका स्टेशन म्यानेजर ३२ वर्षीय हेमराज अधिकारीलाई हेम्जास्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटर 'मापदण्ड विपरीत' भएको भन्ने विषयमा भिडियो फुटेज लिने क्रममा कम्पनीका सञ्चालक कपिलकिरण श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । असार २७ गते कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री, जिल्ला प्रहरी…
इच्छाशक्तिको अभाव नै पहुँचयुक्त संरचना निर्माणमा बाधकः मन्त्री बस्नेत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र अपाङ्गता स्वाबलम्बन विकास सङ्घ (डिडा) नेपालको संयुक्त आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा असार १५ गते पोखरामा पहुँचयुक्त शहर विकास प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रदेश चारका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जनचेतना र इच्छाशक्तिको…
जनचेतना र शिक्षाको कमी मानव अधिकार उल्लङ्घनको कारकः मन्त्री पुन
प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले जनचेतना र शिक्षाको अभावका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना दिनप्रतिदिन बढिरहेको बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयले असार १४ गते पोखरामा आयोजना गरेको 'मानव अधिकार अवस्था' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताएकी…
शिक्षा क्षेत्रको सुधारका लागि सबैजनाको सहयोग आवश्यकः क्षेत्री
जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले शिक्षा क्षेत्रमा हुने कमी कमजोरी सुधारका लागि सबैजनाको सहयोग अपरिहार्य भएको बताएका छन् । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत इन्सेक कार्यालय, पोखराले असार १२ गते पोखरामा आयोजना गरेको शिक्षाको अधिकारसम्बन्धी राज्यको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था विषयक…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा असार ८ गते कास्कीमा सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि संगीता भाटद्वारा नेपाल मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को जनवरीदेखि जुनसम्म सङ्कलित गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदनमाथि छलफल गरिएको थियो । प्रस्तुत गरिएका…
नेपाल विद्यार्थी सङ्घ र प्रहरीबिच झडप दुई प्रहरीसहित ११ जना घाइते
सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि र इन्टरनेटको मुल्य बृद्धिको विरोधमा नेपाली कङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले निकालेको मसाल जुलुसमा प्रहरी र विद्यार्थीबिच झडप भएको छ । बिद्यार्थीले ०७५ जेठ २९ गते साँझ पोखरा-लेखनाथ मनपा-१ पृथ्वीनारायण क्याम्पस चोकबाट निकालेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबिच झडप…
बालसुधार गृहमा रहेका एक बालकद्वारा आत्महत्या
पोखरा-लेखनाथ मनपास्थित सराङकोट बालसुधार गृहमा रहेका भोजपुर जिल्ला तिवारी भञ्ज्याङ् गाउँपालिका-९ का १६ वर्षीय सुमन कोइरालाले झुण्डिएर आत्महत्या गरेको सुधार गृहले जनाएको छ । जेठ २९ गते सुधारगृहकै शौचालयमा झुण्डिएको अवस्थामा भेटेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सराङकोट बालसुधार गृहका कानुन अधिकृत विश्वशेर ढकालले बताए । भोजपुर…
बृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यकः वस्ती
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाशचन्द्र वस्तीले राज्यले वृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जेठ २९ गते पोखरामा आयोजना गरेको बृद्धाश्रम/ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रति ज्येष्ठ नागरिकहरूको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वस्तीले सो कुरा बताएका हुन् । वस्तीले ज्येष्ठ…