प्रस्तावित फौजदारी संहिता संशोधन विधेयकप्रति अधिकारकर्मीद्वारा ध्यानाकर्षण
जदारी अपराधको कसुरमा अदालतमा विचाराधीन रहेका गम्भीर प्रकृतिका मुद्दा फिर्ता हुनेगरी प्रस्तावित संशोधन विधेयक प्रति ध्यानकार्षण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगाएतका संघ संस्थाहरुले साउन ४ गते प्रेस विज्ञप्ति जारी गरेका छन् । फौजदारी अपराधको कसुरमा मुद्दा चलाइएका राजनीतिक दल तथा समूहका नेता कार्यकर्तालाई शान्तिपूर्ण मूलधारमा ल्याउने बाहनामा फौजदारी मुद्दा…
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा आर्थिक सहयोग मागिएको प्रति सरोकारवालाको ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिले कास्की जिल्लाका नागरिक तथा सामाजिक सङ्घ संस्थाहरूलाई आर्थिक सहयोगका निम्ति पत्रचार गरेकाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न नागरिक संस्थालेकास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई ०८० साउन ३ गते ध्यानाकर्षण गराएका छन् । गैर सरकारी सङ्घसंस्थाहरू गैरनाफामूलक हुने तथा गैर सररकारी संस्थाहरूमा कुनै पनि…
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र
अन्तर्राष्ट्रिय न्याय दिवस १७ जुलाईको अवसरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न संघ सस्थाहरुद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत साउन १ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । रोम विधान अनुमोदन गर्न सरकारसँग माग गर्दै बुझाइएको ज्ञापनपत्रमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी…
कुटपिट घटनाका आरोपित गिरफ्तार
खोराको मुख उपल्लो इदि उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङलाई असार २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १७ गते कुटपिट गरेको भन्दै असार १९ गते प्रहरीमा उजुरी परेको थियो । खोराको मुख उपल्लो इदि उपभोक्ता समितिद्वारा निर्माण हुँदै…
गण्डकीमा ६ महिनामा २ सय ४४ मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना
गण्डकी प्रदेशमा ६ महिनाको अवधिमा २ सय ४४ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सङ्कलन गरिएको जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार २० गते पोखरामा आयोजना गरेको गण्डकी प्रदेशको मानव अधिकार विषयक अन्तरक्रियामा इन्सेकका प्रदेश संयोजक शिव खकुरेलले यस्तो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । इन्सेकको…
उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट, वडा कार्यालयमा तालाबन्दी
माछापुच्छ्रे गाउँपालिका–८ का वडा अध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि असार १७ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । खोराको मुख उपल्लो इदि उपभोक्ता समितिद्वारा निर्माण हुँदै गरेको सडक खण्ड निर्माणको काममा ढीला सुस्ती गरेको भन्दै गुरुङले आफूमाथि अपशब्द बोल्दै मुक्का प्रहार गरेको समिति अध्यक्ष भण्डारीले बताउनु भयो…
राजनीतिक विवादका कारण गण्डकी प्रदेशका पाँच स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन्
नेपाल सरकारको नीति बमोजिम स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित असार १० गते भित्र बजेट प्रस्तुत सकिसक्नुपर्ने व्यवस्था गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्ये पाँच ओटा स्थानीय तहले समयमा बजेट सार्वजनिक गर्न सकेका छैनन् । जसमा पर्वत का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखराको रानीपौवास्थित एक मन्टेश्वरी स्कूलका संगीत शिक्षक २५ वर्षीय विवेक तामाङलाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार ५ गते लेकसाइडको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडितको परिवारले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको…
आर्थिक वर्ष ०८०/८१ को बजेटमा सहिद तथा द्वन्द्वपीडित परिवारको बीमाका लागि २ करोड विनियोजन
गण्डकी प्रदेश सरकारले सहिद, बेपत्ता तथा द्वन्द्व पीडित समुदायका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०८०/८१ का लागि असार १ गते प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सहिद तथा बेपत्ता परिवार,…
मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न प्रतिबद्ध छौः आचार्य
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आचार्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि पोखरा महानगरपालिकालाई प्रस्तावनापत्र बुझाउदा उक्त कुरा जनाउनु भएको हो । इन्सेक गण्डकीका…