चुनाव विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार
चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले वैशाख २२ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा युवराज बास्तोला, प्रजबबहादुर केसी र मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर इश्वर लम्सालले आरोपितहरूलाई माछापुच्छ्रे गाउँपालिका-२ सर्दीखोलाबाट गिरफ्तार गरिएको हो…
उम्मेदवारको गाडीमा ढुङ्गा प्रहार
अन्नपुर्ण गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवार जिबनाथ पौडेल चढेको गाडीमा वैशाख २१ गते राति ढुङ्गा प्रहार भएको छ । चुनाव प्रचारप्रसार गरी घर फर्कने क्रममा पौडेल चढेको गाडीमाथी ढुङ्गा प्रहार भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सो आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको…
कास्कीका तीन वटा गाउँपालिकामा तालाबन्दी
माछापुच्छ्रे, अन्नपुर्ण र मादी गाउँपालिकाको कार्यालयमा वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तालाबन्दी गरेका छन् । गाउँपालिका कार्यलयको वरपर हँसिया हथौडा अङ्कित पर्चा भेटिएकोले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर ईश्वर लम्सालले बताए । स्थानीयले खबर गरेपछि तीन वटै गाँउपालिकामा लगाइएको ताला…
दुर्घटनाका घाइतेलाइ उपचार गर्न नमानेको भन्दै मणिपाल अस्पतालमा स्थानीयको आन्दोलन
मुस्ताङको कागबेनीमा वैशाख ९ गते भएको सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्न अस्वीकार गरेको भन्दै मणीपाल शिक्षण अस्पतालको मुल गेटमा स्थानीयले ताला लगाएका छन् । मुस्ताङबाट बिरामीलाई हेलिकप्टरमा मणीपाल अस्पताल ल्याइएको भएपनि डाक्टरहरू श्रम ऐन लागु गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको कारण देखाउँदै बिरामी भर्ना गर्न नमानेपछि स्थानीयले प्रेस विज्ञप्ति जारी…
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
कास्कीमा क्रियाशील राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय र कास्कीमा सक्रिय मानव अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले वैशाख ७ गते कास्कीका विभिन्न राजनीतिक दलका नेतृत्व तहलाई भेटी निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका थिए । नेपाली…
सेवाप्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया
इन्सेक क्षेत्रीय कार्यलय पोखराको आयोजनामा सेवाप्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया पोखरामा चैत ३० गते सम्पन्न भएको छ । स्थानीय समुदायलाइ सचेत पार्दे जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि सेवा प्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा ढिकुरपोखरी मानव अधिकार निगरानी…
बालिकाको उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइयो
१४ वर्षीया बालिकालाई चैत १७ गते मानव अधिकारकर्मीहरूको पहलमा आफन्तको घरबाट उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइएको छ । जिल्ला बालकल्याण समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पोखरा-लेखनाथ नगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ, थ्री एञ्जल र जिल्ला प्रहरी कार्यलयको संयुक्त टोलीले बालिकालाई उद्धार गरेको हो । बालिकालाइ यौन व्यवसायमा लगाएको र…
परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखराको आयोजनामा इन्सेकद्वारा कास्की जिल्लामा सञ्चालित परियोजनाका कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले चैत ११ गते जिल्ला परियोजना सल्लाहकार समितिको वैठक पोखरामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत आयोजित वैठकमा सहायक जिल्ला…
बर्थिङ् सेन्टरका सेवाग्राही दुई वर्षमा एक जनामात्र
कास्कीको लाहाचोक गाविस-५ मा रहेको स्वास्थ्य चौकीको भवन सुरक्षित नभएकै कारण बर्थिङ् सेन्टरमा सुत्केरी सेवा लिन आउनेको सङ्ख्या दुई वर्षमा एक जनामात्र पाइएको छ । दुई वर्षअघि नेपाल सरकारले बर्थिङ् सेन्टरको अनुमति लिई सेवा सञ्चालन गरेको स्वास्थ्य चौकीले दुई वर्षको अन्तरालमा एक जनालाई मात्रै सुत्केरी गराएको छ । स्वास्थ्य चौकीको…
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा कियोस परियोजना अर्न्तगत कास्की जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अर्न्तर्गत माघ २५ गते जिल्ला स्तरमा मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । मानव…