इन्सेकद्वारा पर्यवेक्षकहरूलाई अभिमूखीकरण
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकले वैशाख ३१ गते हुने निर्वाचनको प्रभावकारी अनुगमनको लागि इन्सेक क्षेत्रीय कार्यलय पोखरामा पर्यवेक्षकहरूलाई वैशाख २९ गते अभिमूखीकरण गरेको छ । कार्यक्रममा इन्सेक अन्तर्गत रहेर पर्यवेक्षण गर्नको लागि निर्वाचन आयोगबाट स्वीकृत प्राप्त रिलेक र इन्सेकमा आबद्ध व्यक्तिहरूका लागि निर्वाचन पर्यवेक्षकको काम, कर्तव्य र अधिकारका…
महिला वडा सदस्य उम्मेदवार पतिबाट कुटिइन्
रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री 'गुरुङ'लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् । वैशाख २७ गते बेलुकी पति पत्नीबिचको विवादमा उम्मेदवारी फिर्ता लिन पतिले दबाव दिएको भएपनि आफूले नमान्दा पतिले कुटपिट गरेको पीडित महिलाको आरोप छ । कुटपिटबाट पीडित महिलाको टाउको र हातमा…
चुनावी प्रचार-प्रसारमा हिँडेको नेपाली काङ्ग्रेसको गाडीमा पेट्रोल बम प्रहार
पोखरा-लेखनाथ महानगरपालिका-१४ विजयपुरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू निर्वाचन प्रचार प्रसार गर्न गइरहेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । चार/पाँच जनाको समूहमा आएको समुहले पोखराबाट लेखनाथतर्फचुनावी प्रचार प्रसारमा गइरहेको बा ३ ख १४८३ नम्बरको हाइसलाई लक्षित गरी वैशाख २८ गते दिउँसो ४ बजे पेट्रोल बम प्रहार गरेको…
चुनाव प्रचार-प्रसार गरी पार्किङमा राखेको जिपमा आगजनी
माछापुच्छ्रे गाँउपालिका-१ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरूङले चुनाव प्रचार प्रसारका क्रममा प्रयोग गरेको बोलेरो जिपमा अज्ञात समूहले आगजनी गरेको छ । गुरूङले चुनावी प्रचारमा प्रयोग गरेको ग १ ज ५१४८ नम्बरको जिपमा वैशाख २७ गते मध्यरातमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट…
आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा आमसभा गरेको भन्दै उजुरी
स्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगन थापाले आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा चुनावी सभा गरेको भनी निर्वाचन कार्यलयमा मौखिक उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत भोला रेग्मीले जानकारी दिएका छन् । स्वास्थ मन्त्री थापाले पोखरा-लेखनाथ महानगरपालिका वडा नं १३ र २४ मा वैशाख २७ गते चुनावी सभालाई सम्बोधन गरेका…
राजनीतिक दललाई "निर्वाचन बाल अधिकार अनुगमन समिति"को ध्यानाकर्षण
कास्कीमा गठित निर्वाचन बाल अधिकार अनुगमन समितिले निर्वाचन प्रचार-प्रसारमा बालबालिकाको प्रयोग भएको भन्दै विभिन्न राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । समितिले नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा वैशाख २७ गते पुगी राजनीतिक दललाई निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको हो । यसअघि स्थानीय तहको निर्वाचन प्रचार-प्रसारमा…
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी 'जगन'लाई प्रहरीले गिरफ्तार गरेको छ । निर्वाचनमा अवरोध निम्त्याउनका लागि लुकेर बसेको आरोपमा पोखरा-लेखनाथ महानगरपालिका-१७ छोरेपाटनबाट जगनलाई वैशाख २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । हाल तिवारीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी खडकबहादुर खत्रीले जानकारी दिए…
१० जना मेयरका उम्मेदवार एउटै मञ्चमा
स्थानीय तहको निर्वाचनका लागि पोखरा-लेखनाथ महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूबिच 'ककस' कार्यक्रम कास्कीमा वैशाख २६ गते सम्पन्न भएको छ । पोखरा जेसिज, लेडी जेसिज र लेखनाथ जेसिजसँग सहकार्य गर्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा मेयर पदका १० जना र उपमेयर पदका एक जना गरी ११ जना उम्मेदवारहरूको सहभागिता…
उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा ३ जना गिरफ्तार
माछापुच्छ्रे गाउँपालिका-२ बाट अध्यक्ष पदका उम्मेदवार गुञ्जमान गुरूङले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । वैशाख २३ गते राति ग १ ज ६४४५ नम्बरको बोलेरो जिपमा आगजनी गरेपछि सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले खुसीमान गुरूङ, चित्र गुरूङ र बहुदल तामाङलाई…
मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अर्न्तगत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया वैशाख २४ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल प्रतिको सर्वसाधरणको टुटेको मनोविज्ञानलाई यो स्थानीय तहको निर्वाचनको माध्ययमबाट पुनः जोड्ने सुअवसर मिलेको बताउँदै हाम्रो देशको संविधानले स्थानीय सरकारको सपना देखेको र देखिएको…