राज्यले नै कानुन पालना नगर्दा मानव अधिकार प्रत्याभूत हुन सकेन
राज्यले आफैँले बनाएको कानुनको सही कार्यान्यवन नगरेको पोखरामा मङ्सिर ५ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशका निर्देशक दिपकजंगध्वज…
इन्सेकको पहलमा आमाको नामबाट नागरिकताका पाउन रिट दायर
पोखरा महानगरपालिका–९ का १७ वर्षीय रोशन गुरुङले आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता पाउँ भनी उच्च अदालत पोखरामा कात्तिक ३० गते रिट दायर गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को परार्मश र पहलमा गुरुङले जिल्ला प्रशासन कार्यलय कास्कीलाई प्रतिवादी बनाई रिट दायर गरेका हुन् । गुरुङले ०७४ कात्तिक १२ गते…
कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैद
अन्नपुर्ण गाउँपालिका–१ की २० वर्षीया पुजा परियारलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा सोही ठाउँका २४ वर्षीय सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले कात्तिक २८ गते ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधिश काजीबहादुर राईले बोक्सी आरोप कसुर ऐन २०७२ को १ परिच्छेदको ४ को…
महिला तथा बालबालिकाको सुरक्षाका लागी प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला तथा बालबालिकाहरूको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । महिला सुरक्षा गृह तथा बाल सम्पर्क गृह निर्माणका लागि ध्यानाकर्षण गराउन पुगेका नागरिक समाजका प्रतिनिधिहरूसँग उनले हिंसामा परेकाहरूको लागि सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा सुरक्षा गृह प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले…
पत्नी हत्याका आरोपित गिरफ्तार
पत्नी हत्या गरेको आरोपमा प्रहरीले पोखरा मनपा-२७ रिठ्ठेपानी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । आरोपितले ३२ वर्षीया पत्नी शर्मीला घर्तीमगरको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए । कात्तिक २२ गते राति आफ्नै घरमा मृत भेटिएकी…
नेविसङ्घको प्रदर्शनका क्रममा पाँच प्रदर्शनकारी घाइते
नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, पृथ्वी नारायण क्याम्पस इकाईले कात्तिक २६ गते साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने क्रममा भएको झडपमा पाँच जना विद्यार्थी घाइते भएका छन् । पोखरा मनपा-१ बगर स्थित पृथ्वीनारायण क्याम्पस अगाडि पुत्ला जलाउने क्रममा प्रहरी र विद्यार्थी बिच झडप भएको थियो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी गाउँपालिका–५ मिजुरे घर भई हाल पोखरा मनपा–३० ढुङ्गेपाटन बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा…
समाचार सङ्कलनका क्रममा पत्रकारद्वयलाई दुर्व्यवहार
पोखरास्थित पोख्रेली न्युज साप्ताहिकका सम्पादक ३८ वर्षीय सञ्जय मल्ल र न्युज २४ टेलिभिजनका रिपोर्टर ३६ वर्षीय उत्तम पौडेललाई समाचार सङ्कलनका क्रममा चिप्लेढुङ्गा स्थित तेजस्वी ज्वेलर्सका सञ्चालकद्वय विक्रम सुनार, राजकुमार सुनार र सेक्युरिटी गार्ड रुद्र रानामगरले दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ मुलपानी घर भई पोखरा महानगरपालिका ५–पस्र्याङ बस्ने ३५ वर्षीय अमृत पन्तलाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको वडा प्रहरी कार्यलय बैदामका डिएसपी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–ं२५ याम्दीका २२ वर्षीय सुजन श्रेष्ठलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असोज २४ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी…