विद्यालयमा गराइएको बम विस्फोटको नागरिक सञ्जालद्वारा भत्सर्ना
काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयहरू र विद्यालय परिसरमा असोज ४ गते गराइएको बम विष्फोटन तथा शङ्कास्पद बस्तुहरू राखी आतङ्कित तुल्याएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले भत्सर्ना गरेको छ । सञ्जालले असोज ६ गते प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । नेपाल सरकारले ०६८…
शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न
संविधान कार्यान्वयनका लागि अबिलम्ब स्थानीय तहको निर्वाचन गरी २०६२/०६३ को जनआन्दोलनको मर्म अनुसार जनताको अधिकार संरक्षण गर्न माग गर्दै शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न भएको छ । शान्तिका लागि नागरिक सञ्जालको साधारणसभा तथा १३ औं अधिवेशनको उद्घाटन गर्दै सांसद एवम् संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले लोकतान्त्रिक मुल्य मान्यतालाई…
कपाल नकाटेको आरोपमा विद्यार्थीलाई कुटपिट गरेको आरोप
पुरन्चौरको भारतिभवन माविमा कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष गौतमलाई सोही विद्यालयका शिक्षकहरूले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको पीडित बालककी आमा पार्वती गौतमले आरोप लगाएकी छन् । शिक्षक मिनराज ढुङ्गाना, बासु तिवारी, धर्मदत्त अधिकारी र प्रधानाध्यापक गोविन्द काफ्लेले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखनाथ नपा-६ का ३९ वर्षीय बुद्धिबहादुर विकलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल…
सङ्क्रमणकालीन न्यायको मस्यौदा विधेयकप्रति आयोग असहमत
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले सङ्क्रमणकालीन न्यायको मस्यौदा विधेयक कमजोर रहेको भन्दै उक्त विधेयकप्रति असहमति रहेको बताएका छन् । भदौ २५ गते राष्ट्रिय मानव अधिकार आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा मानव अधिकारकर्मीहरूसँगको छलफल कार्यक्रममा उनले आफ्नो अनुकूल हुनेगरी कमजोर रूपमा मस्यौदा विधेयक ल्याएकाले उक्त विधेयकप्रति राष्ट्रिय मानव अधिकार आयोगको…
द्वन्द्वकालीन घटनाका मुद्दा अन्तर्राष्ट्रिय मान्यताका आधारमा टुङगो लगाउँछौं: महान्यायाधिवक्ता
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरूलाइ अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा कानुन बनाएर टुङगो लगाउने महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पीडितहरूलाई न्याय दिलाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन…
मानव अधिकार रक्षक अझै जोखिममा
इन्सेक पश्मिाञ्चल क्षेत्रीय कार्यालय पोखरा अन्तर्गत स्थापित मानव अधिकार रक्षक सहायता डेस्कको आयोजनामा पश्मिाञ्चल क्षेत्रको मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा गरिएको छलफलका सहभागीहरूले मानव अधिकार रक्षकहरू अझै जोखिममा रहेको बताएका छन् । छलफलमा इन्सेक पश्मिाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले विभिन्न जिल्लाहरूमा मानव अधिकार रक्षकहरू माथि विभिन्न खालका धम्कीपूर्ण व्यवहारहरू…
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका नागरिकहरूको तथ्य सार्वजनिक गर्नका लागि नेपाल सरकारबाट गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन । ३३ औँ बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरामा आयोजित सङ्क्रमणकालीन न्यायका संयन्त्र, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगप्रति जनअपेक्षा…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
पोखरा उमनपा-२६ की ३६ वर्षीया कुमारी गुरुङले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा प्रहरीले पीडितका ३५ वर्षीय पति श्यामकुमार गुरुङ र विमला गुरुङलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडितले उजुरीमा घान्द्रुक गाविसमा माइती घर भई पोखरा उमनपा-२६ सराङकोट बस्ने २२ वर्षीया विमला गुरुङसँग भदौ ५ गते श्यामकुमारले बहुविवाह…
पत्नीको हत्या गरी विष सेवन गरेको आरोप
स्याङजा पौवेगौडे-२ घर भइ पोखरा उमनपा-७ चालिसेचोकमा बस्ने २२ वर्षीया सोनम रेग्मीलाई छुरी प्रहार गरी २८ वर्षीय पति सञ्जिवबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । दुई वर्षअघि प्रेम विवाह गरेका उनीहरूको हाल अदालतमा सम्बन्ध बिच्छेद मुद्दा चलिरहेको सोनमका मामा राजेन्द्र शर्माले बताए । अदालतमा मुद्दा दायर भएपछि अलग अलग…