माछापुच्छ्रेमा मानव अधिकार समूहको बैठक सम्पन्न
माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको बैठक वैशाख १४ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष डील्लीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले समूहमा आएको निवेदनको बारेमा छलफल तथा गाउँपालिकासँग आवश्यक सहकार्य गरी योजना तर्जुमा गर्ने बारेमा निर्णय गरिएको छ । माछापुच्छ्रे गाउँपालिका– ४ लाहाचोककी कृष्ण अधिकारीले वैशाख १४ गते आफ्नो…
मानव अधिकार समूहद्वारा गाउँपालिकाको ध्यानाकर्षण
माछापुच्छ्रे मानव अधिकार समूहले वैशाख १४ गते गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष डील्लीराम भण्डारी र इन्सेक जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले गाउँपालिका उपाध्यक्ष सीता अधिकारीलाई भेटी ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउनु भएको हो । ध्यानाकर्षणपत्र बुझ्दै उपाध्यक्ष अधिकारीले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । समूहले गाउँपालिकाभित्र…
गण्डकीमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ सय २५ जना पीडित
गण्डकी प्रदेशमा सन् २०२३ जनवरी देखी मार्चसम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ सय २५ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गण्डकी प्रदेशको ११ जिल्लामा गरेको अभिलेख बाट उक्त प्रतिवेदन आएको हो । अभिलेखित घटना अनुसार अन्यपक्षबाट १४ पुरुष र १ सय ११ जना…
माछापुच्छ्रेमा वडास्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा वैशाख ३ गते सुजता सुनारको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा गुमा भण्डारी, सचिवमा अमृत वि.क., सहसचिवमा अमृता भण्डारी र कोषाध्यक्षमा कृष्ण गुरुङ चयन हुनुु भएको छ । सदस्यहरूमा गोमा भण्डारी, टिकाराम वि.क., बुद्धिबहादुर वि.क., हरी गिरी, गर्वे सुनार, उमादेवी…
माछापुच्छ्रेमा मानवअधिकार समूहको बैठक सम्पन्न
माछापुच्छ्रे गाउँपालिका–५ मा मानव अधिकार समूह बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन चैत २६ गते सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा सदस्य भरतराज अधिकारीले समाजमा विद्यमान विभेद र मानव अधिकार उल्लङ्घनका घटना न्युनीकरणका लागि समाजमा चेतनाको विकास हुनुपर्ने बताउनु भयो । परिवर्तन बिस्तारै हुने भएकाले सकारात्मक सोचका…
वडास्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका– ४ मा चैत २७ गते प्रेमकुमारी अधिकारीको अध्यक्षतामा १४ सदस्यीय वडा स्तरीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा केशवराज अधिकारी, सचिवमा रोहित वि.क., कोषाध्यक्षमा जुना क्षेत्री चयन हुनु भएको छ । सदस्यहरूमा युवराज अधिकारी, हिरा सुनार, अनिता सेन ठकुरी, लक्ष्मी अधिकारी, गोविन्दप्रसाद अधिकारी, खरिका पौडेल,…
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक सेवा थप गर्न माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी लगायतका विभिन्न संघ संस्थाहरूले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्य सेवा थप गर्न माग गर्दै चैत २३ गते अस्पतालका प्रमुख डा.भरत खत्रीलाई ज्ञापन पत्र बुझाएको छ । अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा बहिरंग मात्र रहेकाले उक्त सेवा लिन जाने सेवाग्राहीहरूलाई भर्ना गरेर राख्नु…
जातीय विभेद घटनाका आरोपित गिरफ्तार
जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १९ गते वडा सदस्य रामजी लामिछाने र सरिता लामिछानेलाई गिरफ्तार गरेको छ । माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा फागुन २५ गते ब्रतबन्धको भोजमा दलित र गैरदलितको छुट्टाछुट्टै भान्सा व्यवस्था गरेर, दलितले छोएको भन्दै खाना फालेर आफूलाई जातीय विभेद गरेको भन्दै नारायण परियारले चैत ६ गते जिल्ला…
पोखरा–१८ को वडाध्यक्ष पदको पुनः मतगणना गर्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ०७९ वैशाख ३० मा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको मतगणना पुनः गर्न आदेश दिएको छ । स्थानिय निर्वाचनमा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनः…
जातीय विभेद घटनाका आरोपित गिरफ्तार
ब्रतबन्धको भोजमा बोलाएर नारायण परियारलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १८ गते सुजन लामिछाने र सन्तोष परियारलाई गिरफ्तार गरेको छ । आरोपितमध्ये रामजी लामिछाने र सरिता लामिछानेलाई गिरफ्तार गर्न खोजी गरिरहेको प्रहरीले जनाएको छ । माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा फागुन २५ गते ब्रतबन्धको भोजमा जातीय विभेद भएको भन्दै नारायण परियारले…