संयुक्त राष्ट्रसङ्घीय विशेष समाधिक्षकलाई आमन्त्रण गर्न नेपाल सरकारलाई ज्ञापनपत्र
संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विशेष समाधिक्षकलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिन आग्रह गर्दै पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूबाट नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की तथा कास्कीमा रहेका मानव अधिकारकर्मीहरूको एक टोलीले पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज…
मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्धःक्षेत्रीय प्रशासक
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्ध रहेको बताएका छन् । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार पश्चिमाञ्चल महाभेला मुल समारोह समिति र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय पोखराले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रशासक बरालले सो…
परियोजना अभिमुखीकरण गोष्ठि सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमसम्बन्धी अभिमुखीकरण गोष्ठी मङ्सिर २० गतेदेखि पोखरामा सुरू भएको छ । परियोजनाको आगामी योजनाका बारेमा छलफल तथा कार्ययोजना तयार गर्नका निमित्त अभिमुखीकरण आयोजना गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए । अभिमुखीकरणमा सहभागीहरूलाई इन्सेक स्थापना…
हिंसा न्यूनीकरणका लागि सरोकारवाला एकजुट हुनुपर्नेमा जोड
बढ्दो महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, शान्तिका लागि नागरिक समाजको सञ्जाल र कोक्यापले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा मङ्सिर १७ गते पोखरामा संयुक्त रूपमा आयोजना गरेको अर्न्तक्रिया कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका…
अधिकारकर्मीद्वारा स्वास्थ्यमन्त्री थापाको ध्यानाकर्षण
इन्सेकसम्बद्ध मानव अधिकार निगरानी समूह कास्की र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले मणिपाल मेडिकल कलेजका विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएकोलगायत समग्र मुलुकभरिको स्वास्थ्यसम्बन्धी सवाललाई लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगन थापाको ध्यानाकर्षण गराएका छन् । कात्तिक २९ गते सञ्जाल र निगरानी समूहको एक टोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगन थापालाई…
'शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन प्रयासरत छु'-मन्त्री यादव
शान्ति तथा पुनर्निर्माण मन्त्री सितादेवी यादवले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन आफू प्रयासरत रहेको बताएकी छन् । कात्तिक २८ गते पोखरामा आयोजित अर्न्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले आफ्नो कार्यकाल भित्र ७५ ओटै जिल्लामा पुगी द्वन्द्वपीडित परिवारलाई भेटेर उनीहरूका समस्या समाधान गर्न लागिपर्ने योजना सुनाइन् । मन्त्री यादवले राहत वितरणका क्रममा छुटेका…
महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गर्दै सङ्कलित हस्ताक्षर संसदमा पठाइयो
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा पेश गरिएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न सांसदलाई आग्रह गर्दै कास्कीमा सङ्कलित हस्ताक्षर कात्तिक २३ गते व्यवथापिका संसदमा पठाइएको छ । जिल्ला प्रशासन कार्यलय पोखरामा एक कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका अध्यक्ष ढाकाराम पौडेलले सहायक प्रमुख जिल्ला अधिकारी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१५ का १९ वर्षीय सुशील केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १८ गते प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…
महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्दै हस्ताक्षर सङ्कलन
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई आग्रह गर्दै कात्तिक ८ गते पोखरामा हस्ताक्षर सङ्कलन गरिएको छ । शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा सभागृहचोकमा हस्ताक्षर सङ्कलन गरिएको हो । सञ्जालका संयोजक ढाकाराम पौडेलले विधिको शासन भन्दा पनि दलीय भागबण्डाका…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई असोज ६ गते बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१ का १९ वर्षीय राम कुमाल, १२ वर्षीय र १४ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । घटना भएको लामो समयसम्म पनि बिरामी भएकी पीडित बालिकाले उपचारका क्रममा बलात्कार भएको कुरा बताएपछि पीडितका अभिभावकले स्थानीय एक संस्थामा…