विरोध कार्यक्रममा सहभागी कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले कास्कीबाट गिरफ्तार गरेको छ । जेठ ३१ गते कालिकोट घटनामा गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै सभा गरिरहेका व्यक्तिहरूलाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको हो । गिरफ्तार हुनेमा पोखरा-लेखनाथ मनपा-३३ का ४० वर्षीय मिनबहादुर परियार, सोही ठाउँका ४५…
स्थानीय तहको निर्वाचन-२०७४ (प्रदेश नम्बर ४ अपडेट १:५५)
स्थानीय तहको निर्वाचन-२०७४ अन्तर्गत प्रदेश नम्बर ४ का ११ ओटै जिल्लाहरूमा बिहान ७ बजेदेखि शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया सुरू भएको छ । तनहुँ जिल्लाको रिसिङ गाउँपालिका-४ स्थित बालविकास माविमा रहेको मतदान केन्द्रमा विवाद हुँदा १२ः२० बजेपछि मात्रै मतदान प्रक्रिया सुरू भएको छ । नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार भोजराज…
पर्यवेक्षकका लागी अभिमुखिकरण सम्पन्न
स्वच्छ निर्वाचनका लागी नागरिक अभियानले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको प्रभावकारी अनुगमनका लागि नागरिक अभियानको साझेदारी संस्था नेपाल मानव अधिकार संगठन (हृयुरन) कास्कीले पर्यवेक्षकलाई वैशाख ३० गते अभिमुखिकरण तालिम दिएको छ । तालिममा स्वच्छ निर्वाचनका लागी नागरिक अभियानमा संगठन मार्फत पर्यवेक्षण गर्ने पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षकको काम कर्तब्य र…
बाटोमा राखिएको प्रेसरकुकर बम सेनाको टोलीबाट निस्क्रिय
पोखरा-लेखनाथ मनपा-८ सभागृहचोकमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले वैशाख ३० गते निस्क्रिय बनाएको छ । सडकको छेउमा झोलाभित्र शंकास्पद वस्तु भेटिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । यसैबिच बम राखेको आशंकामा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा पोखरा-लेखनाथ मनपा-६ बाट पुर्ण बहादुर राउत,…
निर्वाचन प्रचारप्रसार सकेर फर्केको गाडीमा पेट्रोल बम प्रहार
नेकपा एमालेको चुनावी प्रचारप्रसार गरी फर्केर पार्किङमा राखेको पिकअप भ्यानमा अज्ञात समूहले वैशाख २८ गते पेट्रोल बम प्रहार गरेको छ । अल्फबेट नखुलेको ४४४६ नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहमा व्यक्तिले ग १ ज २९११ नम्बरको पिकअप भ्यानमा राति पोखरा-लेखनाथ महानगरपालिका-१० उत्तम चोकमा पेट्रोल बम प्रहार गरी भागेका थिए ।…
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुईजना गिरफ्तार
निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई वैशाख २८ गते गिरफ्तार गरेको छ । प्रहरीले रुपा गाँउपालिका-५ बाट प्रहरीले प्रकाश बास्तोला र गोबिन्द ओलीलाई गिरफ्तार गरेको जनाएको छ । आरोपित दुवै जनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर…
इन्सेकद्वारा पर्यवेक्षकहरूलाई अभिमूखीकरण
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकले वैशाख ३१ गते हुने निर्वाचनको प्रभावकारी अनुगमनको लागि इन्सेक क्षेत्रीय कार्यलय पोखरामा पर्यवेक्षकहरूलाई वैशाख २९ गते अभिमूखीकरण गरेको छ । कार्यक्रममा इन्सेक अन्तर्गत रहेर पर्यवेक्षण गर्नको लागि निर्वाचन आयोगबाट स्वीकृत प्राप्त रिलेक र इन्सेकमा आबद्ध व्यक्तिहरूका लागि निर्वाचन पर्यवेक्षकको काम, कर्तव्य र अधिकारका…
महिला वडा सदस्य उम्मेदवार पतिबाट कुटिइन्
रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री 'गुरुङ'लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् । वैशाख २७ गते बेलुकी पति पत्नीबिचको विवादमा उम्मेदवारी फिर्ता लिन पतिले दबाव दिएको भएपनि आफूले नमान्दा पतिले कुटपिट गरेको पीडित महिलाको आरोप छ । कुटपिटबाट पीडित महिलाको टाउको र हातमा…
चुनावी प्रचार-प्रसारमा हिँडेको नेपाली काङ्ग्रेसको गाडीमा पेट्रोल बम प्रहार
पोखरा-लेखनाथ महानगरपालिका-१४ विजयपुरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू निर्वाचन प्रचार प्रसार गर्न गइरहेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । चार/पाँच जनाको समूहमा आएको समुहले पोखराबाट लेखनाथतर्फचुनावी प्रचार प्रसारमा गइरहेको बा ३ ख १४८३ नम्बरको हाइसलाई लक्षित गरी वैशाख २८ गते दिउँसो ४ बजे पेट्रोल बम प्रहार गरेको…
चुनाव प्रचार-प्रसार गरी पार्किङमा राखेको जिपमा आगजनी
माछापुच्छ्रे गाँउपालिका-१ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरूङले चुनाव प्रचार प्रसारका क्रममा प्रयोग गरेको बोलेरो जिपमा अज्ञात समूहले आगजनी गरेको छ । गुरूङले चुनावी प्रचारमा प्रयोग गरेको ग १ ज ५१४८ नम्बरको जिपमा वैशाख २७ गते मध्यरातमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट…