इन्सेकद्वारा कास्की जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक शिव खकुरेलको नेतृत्वमा अधिकारकर्मी सहितको टोलीले २०८० असोज ११ गते कास्की जिल्ला कारागारको स्थलगत अनुगमन गरेको छ । कारागारको स्थलगत अनुगमनको क्रममा कारागारका प्रमुख र चौकीदार नाइकेहरू तथा कैदीबन्दीहरुसँग छलफल गरी कारागार तथा कैदीबन्दीहरूको अवस्थाको बारेमा जानकारी लिइएको हो । जिल्ला कारागारको…
चिकित्सक कुटपिट गरेको भन्दै विवाद उक्साएको आरोपमा इन्स्पेक्टरलाई निलम्बन गर्न सिफारिस
मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी ५७ वर्षीया सुकमाया दुराको आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएका इन्स्पेक्टरलेनै ‘डाक्टरहरुलाई कुटेर आएँ’ भन्दै विवाद उक्साएको आरोपमा इन्स्पेक्टर मदन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । उक्त दिनको घटनाका बारेमा…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको छ । अस्पतालमा उपचारका लागि लमजुङबाट ल्याइएकी बिरामी ५७ वर्षीया सुकमाया दुराको असोज ८ गते निधन भएको थियो । आइसियुमा…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका– ५ मालेपाटन निवासी विनय गुरुङलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरेको छ । ५७ वर्षीया सुकमाया दुरालाई सामान्य ज्वरो आएपछि उपचारका लागि असोज ७ गते मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते निधन भएपछि उहाँका आफन्त…
मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्नः बाल सुधार गृह को कि यातना गृह ?
५९ औं राष्ट्रिय बाल दिवसका अवसरमा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ भदौ २९ गते पोखरामा आयोजना गरिएको ‘बालबालिकासंग मुख्यमन्त्री’ विषयक कार्यक्रममा बालबालिकाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग बाल सुधार गृह लगायत बालअधिकारका बारेमा प्रश्न गरेर मनाएका छन् । गण्डकी प्रदेश बाल परिषद् गण्डकीको आयोजना, जिल्ला बाल सञ्जाल कास्कीको…
मादी गाउँपालिकामा मानवअधिकार समूहको बैठक सम्पन्न
मादी गाउँपालिकामा मानवअधिकार समूहको दास्रो वर्षको पहिलो नियमिति बैठक २०८० भदौ २५ गते वडा नम्बर ५ को कार्यालय चितेपानीमा सम्पन्न भएको छ । बैठकमा गत वर्षको सम्पूर्ण कार्यको समीक्षा गर्दै राजकुमार विकको अध्यक्षतामा समितिको पुर्नगठन गर्दै तीन ओटा निर्णय गरेको इन्सेक जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले बताउनुभयो । बैठकले मानवअधिकार…
विश्व आत्महत्या रोकथाम दिवस प्रभातफेरी तथा कोणसभा गरि मनाइयो
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशिश नेपाल, ओरेक र टिपिओ नेपाल लगायतका संघ संस्थाहरूको सहकार्यमा आयोजित विश्व आत्महत्या रोकथाम दिवसमा ‘आशा जगाऔं जीवन बचाऔं’ भन्ने मूल नाराकासाथ पोखरामा २०८० भदौ २४ गते प्रभातफेरी कार्यक्रम गरि मनाइएको छ । सभागृहबाट निकालिएको प्रभातफेरी…
मानवअधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहकोे समस्या पहिचान तथा कार्ययोजना बैठक २०८० भदौ २३ गते सम्पन्न भएको छ । बैठकबाट गाउँपालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान गरिएको छ । जसअन्तरगत शिक्षा क्षेत्रमा देखिएका समस्यामा विद्यालय परिसरभित्र सरसफाइको अभाव भएको, साथै बालमैत्री प्रविधिको अभाव रहेको, बालबालिकामैत्री र किशोरीमैत्री…
कानुन कार्यान्वयनको प्रभावकारितामा जोड दिनुपर्छः सभामुख धिताल
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाबाट पारित भएका केही कानुनको प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताउनुभएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (CEDAW) कार्यान्वयनमा प्रदेश सभा तथा सरकारको भूमिका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकं) र साथी संस्थाको सहकार्यमा भदौ २२ गते पोखरामा आयोजना गरेको परामर्श बैठकमा…
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विश्व आत्महत्या रोकथाम दिवस २०२३ को अवसरमा आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक प्रदेश स्तरीय अन्तक्रिया कार्यक्रम भदौ २२ गते पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशिश नेपाल, कोपिला नेपाल लगायत विभिन्न संघ सस्थाको आयोजनामा ‘आशा जगाऔं,…