नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा तोडफोड
नेपाली कांग्रेसका कार्यकर्ताले वैशाख १५ गते पोखरा महानगरपालिका–४ तेर्सापाट्टीमा रहेको नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा तोडफोड गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका–३३ ओटा वडा बाँडफाँड बारे छलफल चलिरहेका बेला गठबन्धन नस्विकार्ने भन्दै आक्रोशित कार्यकर्ताले कार्यालयमा तोडफोड गरेका हुन् । नेपाली कांग्रेस कास्की जिल्लाले गठबन्धन नगर्ने निर्णय गरेपनि…
गण्डकी प्रदेशमा स्थानीय तह निर्वाचनका लागि १३ हजार ७० जनाको उम्मेदवारी दर्ता
एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको यस प्रदेशमा कुल १६ लाख ६२ हजार २ सय ४६ जना मतदाता रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निवार्चन २०७९ को लागि गण्डकी प्रदेशमा विभिन्न पदका लागि १३ हजार ७० जनाले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएको…
आचारसंहिता उल्लङघनबारे आयोगलाई ध्यानाकर्षण
स्थानीय तह निर्वाचन २०७९ को उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलबाट भएको निर्वाचन आचारसंहिता उल्लङघन बारे निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ । शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्कीका पुर्व अध्यक्ष बिष्णु प्रसाद बराल ,गैरसरकारी सस्था महासघ गण्डकीका कार्यबाहक अध्यक्ष पदमराज पहारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश सयोजक शिव खकुरेलसहितको…
दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन
स्थानीय तहको निर्वाचन २०७९ काे लागि उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन वैशाख १२ गते कास्कीमा उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले कास्कीका विभिन्न स्थानीय तहमा गरेको अनुगमनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । उम्मेदवारी दर्ताका क्रममा…
जिल्ला पदाधिकारीहरूलाई कांग्रेस कार्यकर्ताले कार्यकक्षमै थुने
नेपाली कांग्रेसका कार्यकर्ताहरुले पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला पदाधिकारीलाई वैशाख ११ गते पार्टी कार्यालयमा थुनिदिएका छन् । जिल्ला सभापति किशोरदत्त बरालका अनुसार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा बसेका पदाधिकारीको बैठक बसिरहेको बेला वडा सभापति, जिल्लाका कार्यकर्ताहरुले कांग्रेसले मेयर पद पाउनुपर्ने भन्दै बाहिर ताला लगाएर ३५÷३६ जना पदाधिकारीहरुलाई…
गण्डकी प्रदेशमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता शान्तिपुर्ण
स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रमको पहिलो दिन गण्डकी प्रदेश मातहतका जिल्लाहरुमा मनोनयन दर्ता शान्तिपुर्ण रुपमा गरिएको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् । गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन जिल्लामा स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । गोरखा नगरपालिकामा दुई…
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलको प्रतिबद्धता
कास्की जिल्लामा क्रियाशिल राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग बारे निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सिविन र जागृती बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा वैशाख १० गते गरिएको स्थानीय तहको निर्वाचन…
रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद वैशाख ९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा रूपा गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष ढुङ्गानाले नागरिकहरु सचेत बन्दा पालिकालाई सेवा सुधार गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले पालिकामा भएका सेवा र गतिविधि…
इन्सेक र सामाजिक विकास कार्यालय कास्कीबिच बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन सम्झौता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यालय कास्कीबिच बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन सम्झौता वैशाख ६ गते पोखरामा भएको छ । ‘बालमैत्री स्थानीय प्रवर्धन कार्यक्रम सञ्चालनका लागी स्थानीय तह, प्रहरी, विद्यालय लगायत सरोकारवालाहरुबिच समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ,’ सम्झौतामा उल्लेख छ । इन्सेक गण्डकी प्रदेश…
अधिकार लेख्ने मात्रै नभइ प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अधिकारी
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले अधिकार लेख्ने मात्रै नभइ प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले चैत २९ गते आयोजना गरेको मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संविधानको मर्म अनुरूप सरकारको योजना नीति र बजेट आउन…