जेठ १ गते रोकिएको मतगणना अझै सुरू भएन
अन्नपूर्ण गाउँपालिकामा जेठ १ गते देखि रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन । मतगणनाको क्रममा नेपाली कांग्रेसका प्रतिनिधिले विवाद झिकेपछि रोकिएको गणना कार्य अझै पनि सुरू हुन नसकेको हो । जेठ ३ गते बेनीमा सर्वदलीय बैठक बसेको भए पनि कुनै निचोडमा पुग्न नसकेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनु…
राजनीतिक दलहरुद्वारा आचारसंहिता उल्लंघन
मौन अवधी सुरु हुनु अघि वैशाख २७ गते शक्ति प्रदर्शन गरेका राजनितिक दल र उम्मेदवारले निर्वाचन आचारसंहितको उल्लंघन गरेका छन् । मोटरसाइल र सवारीको लावालस्कर सहित गोरखा सदरमुकाममा नेकपा एमाले र नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेका थिए । सो क्रममा आचारसंहिता विपरित ठुला झण्डाको प्रयोग, चर्को ध्वनीमा चुनावी प्रचार र…
स्थानीय तह निर्वाचनको तयारी बारे सरोकावालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ३० हुने स्थानीय तह निर्वाचन ०७९ पुर्व जिल्लाका सरोकारवालासँग अन्रतक्रिया गरेको छन । इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल लगायतका टोलीले वैशाख २७ गते मुख्य निर्वाचन अधिकृत दिनबन्दु बराल, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, प्रहरी प्रमुख केदार खनालसँग निर्वाचनको तयारीबारे जानकारी…
निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी छ : प्रजिअ अर्याल
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनेको बताउनुभएको छ । निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाधलि रहित बनाउन प्रशासन प्रतिबद्ध रहेको उहाँको भनाइ छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले वैशाख २७ गते जिल्लाको मानव अधिकारको अवस्था र निर्वाचन पूर्व अनुगमनको क्रममा…
एमाले र काँग्रेसका कार्यकर्ताहरुबिच झडप
घिरिङ गाउँपालिका–३ मा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबिच वैशाख २७ गते झडप भइ उनीहरुबिच गाउँपालिका कार्यालय परिसरमा ढुङ्गा हानाहान भएको छ । घिरिङ गाउँपालिका–१ मा वैशाख २६ गते नेपाली काँग्रेसले चुनावी सभामा लगेका वडा नम्बर ५ धेनुङका १३ वर्षीया बालक इश्वर परियारलाई सभास्थल नजिकै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा…
कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते
आरुघाट गाउँपालिका–१ मान्वुमा वैशाख २६ गते राति कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा दई एमाले कार्यकर्ता घाइते भएका छन् । झडपमा आरुघाट गाउँपालिका–१ मान्वुका विक्रम लामा र गोपाल लामा घाइते भएका छन् । चुनावी प्रचार सकेर बसेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको आरुघाट गाउँपालिकाका नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कृष्ण…
राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङघन
स्थानीय तह निर्वाचन ०७९ नजिकिदै जादा आचारसंहिता उल्लङघनका घटनाहरु बढदै गएको जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् । कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार निर्वाचन आचारसंहिता विपरित पोखरा महानगरपालिकका मेयर मानबहादुर जिसीले पोखरा वडा नम्बर ४ र ५ जोड्ने फिर्के पुलको उद्घघाटन गरेका छन् । निर्वाचन आचारसंहिता लागु भइसकेपछि कुनैपनि आयोजना शिलान्यास…
स्वच्छ, निश्पक्ष र धाधलि रहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छौं : अधिकृत अधिकारी
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले जिल्लामा स्वच्छ, निश्पक्ष र धाधलि रहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले वैशाख २६ गते गरेको जिल्लाको मानव अधिकारको अवस्था र निर्वाचन पूर्व अनुगमनको क्रममा अधिकृत अधिकारीले मुख्य निर्वाचन अधिकृतको…
आचारसंहिता विपरित मुख्यमन्त्री चुनावी सभामा सहभागी
निर्वाचन आचारसंहिता विपरित गण्डकी प्रदेशका मुख्यमन्त्री चुनावी सभामा सहभागी भएका छन् । पाँच दलीय गठबन्धनले वैशाख २५ गते पोखरा महानगरपालिका –१० अमरसिंह चौकमा आयोजना गरेको चुनावी सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहभागी हुनुभएको थियो । सरकारी सवारी सधानको प्रयोग गर्दै मुख्यमन्त्री पोखरेल कार्यक्रममा सहभागी बन्नुभएको थियो । कार्यक्रममा…
राजनीतिक दलद्वारा आचारसंहिता उल्लंघन
नजिकिदै गरेको स्थानीय तह निर्वाचन २०७९ को प्रचारप्रसारका लागि राजनीतिक दलहरुले आचारसंहिता उल्लघन गरेको पाइएको छ । तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीले वैशाख २३ गते दमौलीमा आयोजना…