ऐतिहासिक नाम हटाएको भन्दै ज्येष्ठ नागरिक आन्दोलित

स्थानीय तह पुनः संरचनाको खाका आयोगमा पठाउने क्रममा दिक्तेल नामले परिचित दिक्तेल नगरपालिकाको नाम हटाएको आरोपमा खोटाङका ज्येष्ठ नागरिक आन्दोलित भएका छन् । परापूर्वकालदेखि परिचित दिक्तेलको नाम हटाएर पुनः संरचना गर्ने नाममा रूपाकोट मझुवागढी नगरपालिका बनाइएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । ऐतिहासिक तथा पुरानो नाम दिक्तेललाई समेटेर दिक्तेल मझुवागढी…

२०७३ मंसिर १२, आईतवार १४:४९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा थिदिङखा गाविस-२ का ४६ वर्षीय साङ्गे शेर्पालाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित शेर्पाले मङ्सिर ५ गते बलात्कार गरेको आरोपमा पीडित महिलाका आफन्तले सोही दिन प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

२०७३ मंसिर १०, शुक्रबार ०९:३७ गते  
पत्नी हत्याका आरोपित गिरफ्तार

आम्तेक गाविस-१ की ३६ वर्षीया निर्मला दमाईको हत्या गरेको आरोपमा ४५ वर्षीय पति आइते दमाईलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । मादकपदार्थ सेवन गरेका आइतेले मङ्सिर ६ गते सामान्य घरायसी विवादका क्रममा कान्छी पत्नी निर्मलालाई दाउराको चिरपट प्रहार गर्दा पीडित महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।…

२०७३ मंसिर ९, बिहीबार १४:३५ गते  
निःशुल्क औषधि दुई वर्षसम्म पनि गाउँमा पुगेन 

सरकारले आर्थिक वर्ष २०७१/०७२ मा '७० प्रकारका औषधि निःशुल्क रूपमा गाउँ पुर्‍याउने' घोषणा गरेको भएपनि दुई वर्षबितिसक्दा पनि ती औषधि अझै ग्रामीण स्वास्थ्य संस्थासम्म पुग्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि ४० प्रकारका औषधि थपेर वितरण गर्न सरकारले घोषणा गरेको थियो । तर, केन्द्रबाट आउने बजेटको अनियमितता र…

२०७३ मंसिर ७, मंगलवार १४:२५ गते  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नपा-१ का २० वर्षीय पदमबहादुर राईलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग मङ्सिर ४ गते आरोपितसँग विवाह गरेको पत्ता लागेको पीडित बालिकाको परिवारले प्रहरीमा खबर गरेपछि आरोपितलाई गिरफ्तार र पीडित बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेश खनालले…

२०७३ मंसिर ६, सोमबार १६:४१ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा बिर्तामोड नपा-७ का २८ वर्षीय अशोक माझीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मङ्सिर ५ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका असई खगेन्द्र डाँगीले बताए…

२०७३ मंसिर ६, सोमबार १६:४० गते  
गाउँमै गएर अनुदान वितरण गर्न पुननिर्माण प्राधिकरणको निर्देशन 

अति दुर्गम चार गाविसका भूकम्प पीडितहरूलाई गाउँमै गएर अनुदान वितरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गालाई परिपत्र गरेको छ । गाउँमा अनुदान वितरण गर्न बैङ्कहरूले असुरक्षा हुने भनेपछि एक नगरपालिका र ४६ गाविसमा भने सदरमुकामबाटै अनुदान वितरण भइसकेको छ । ओखलढुङ्गाका गाम्नाङटार, पोकली, टारकेराबारी र रगनीका भूकम्प पीडितहरूलाई…

२०७३ मंसिर ६, सोमबार १०:३३ गते  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस-४, लामिडाँडाका ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते पीडित पक्षले उजुरी दर्ता गरेको छ । घटनालगत्तै फरार आरोपितको खोजी भइरहेको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा मङ्सिर ६ गते भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका…

२०७३ मंसिर ६, सोमबार १०:३२ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

२० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीस्थित धरान नपाका ३५ वर्षीय हेमराज लिम्बुलाई  मङ्सिर १ गते महमाई गाविसबाट गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएको थियो…

२०७३ मंसिर २, बिहीबार ०९:१२ गते  
दुर्गम गाउँका र्सवसाधारण औषधि उपचारबाट वञ्चित

ओखलढुङ्गाको दुर्गम भेगका र्सवसाधारण सरकारले उपलब्ध गराएको निशुल्क औषधि उपचारको सेवाबाट वञ्चित भएका छन् । दुर्गम गाउँमा स्वास्थ्यकर्मी र निशुल्क औषधि अभाव भएपछि र्सवसाधारण उपचारबाट वञ्चित भएका हुन् । खिजीकाति, रावादोलु, भूसिंगा, पात्ले लगायतका गाविसमा रहेका स्वास्थ्य संस्थाहरूमा निशुल्क औषधि अभाव हुँदा सर्वसाधारण रूघा खोकी, ज्वरोलगायतका रोगको उपचार गर्न सदरमुकाम…

२०७३ कार्तिक २७, शनिबार ११:४५ गते