जिल्ला अस्पतालमा दुई महिनादेखि एक्सरे मेसिन नबनाउँदा सेवाग्राही मर्कामा
जिल्ला अस्पताल इलाममा रहेको एक्सरे मेसिन बिग्रिएपछि करिब दुई महिना यता बिरामीहरू समस्यामा परेका छन् । गाउँ-गाउँबाट उपचारका लागि जिल्ला अस्पतालमा आइपुगेका बिरामीले साधारण एक्सरेका लागि पनि झापाका स्वास्थ्य संस्थामा जानुपरेको गुनासो गरेका छन् । एक्सरे मेसिन बिग्रिए लगत्तै विभागमा मर्मतका लागि जानकारी पठाएको भएपनि डेढ महिना बितिसक्दा पनि विभागले…
मोसो दलेर दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
बेलबारी नपा-२ की १४ वर्षीया एक बालिकालाई पैसा चोरेको आरोपमा मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाउने सोही ठाउँका ४५ वर्षीया दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवरलाई असोज १९ गते प्रहरीले गिरफ्तार गरेको छ । दलित समुदायकी १४ वर्षीया बालिकामाथि आरोपितद्वयले करिव ५/६ सय रुपियाँ चोरी गरेको आरोप लगाउँदै…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१६ वर्षीया बालिकालाई असोज १५ गते बलात्कार गरेको आरोपमा म्याङलुङ नपा-१ का ३४ वर्षीय राजकुमार लिम्बुविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते राति बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजन भुजेलले…
अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा
सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको राससले जनाएको…
बजारबाट जफत गरिएका अखाद्य वस्तु नष्ट
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका सदरमुकामसहित जिरिखिम्ती र बसन्तपुर पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ । असोज ९ र १० गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद गुज्रेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजार अनुगमन टोलीले जफत गरेपछि नष्ट गरेको हो ।…
मानसिक स्वास्थ्य पीडित उपाचार अभावमा फलामे खोरभित्र !
तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । समयमै औषधि उपचार नभएपछि 'असामाजिक गतिविधि गर्न थालेको' भन्दै दाहाललाई परिवारले पशु जस्तै खोरमा थुनेर राखेको हो । ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले अहिले खोरमा पुर्याएको छिमेकीहरूले बताए । खोरमा बस्न बाध्य…
निष्पक्ष छानबिन गरी सिफारिस गर्न आयोगलाई द्वन्द्व पीडितहरूको आग्रह
द्वन्द्वको समयमा भएका घटनाहरूको सम्बन्धमा निष्पक्ष रूपमा छानविन गरेर सिफारिस गर्न द्वन्द्व पीडितहरूले असोज ४ गते सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आग्रह गरेका छन् । द्वन्द्व पीडित साझा चौतारीले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र द्वन्द्वोत्तर अवस्थामा दिगो शान्तिका चुनौती विषयक छलफल कार्यक्रममा द्वन्द्व पीडितहरूले सत्य…
कारागारका आश्रति बालबालिकालाई स्टेशनरी सामग्री र न्यानो कपडा वितरण
जिल्ला कारागार शाखा खोटाङमा आश्रति जीवन बिताइरहेका तीन जना बालक र एक बालिकालाई जिल्ला कानुनी सहायता समिति र सामाजिक कानुनी सहायता केन्द्रद्वारा असोज ४ गते न्यानो कपडा, स्टेनशी सामग्री र खेलकूदका सामानहरू प्रदान गरिएको छ । कारागारमा आश्रति बालबालिकाहरूको लागि लत्ताकपडाको समस्याका साथै खेलकूदका सामग्रीहरूको अभाव रहेको जानकारीका आधारमा ती…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भदौ २९ गते फाल्गुनन्द गाउँपालिका-७ का ३० वर्षीय राजकुमार आङदेम्बेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको पीडित…
शिक्षक नहुँदा विज्ञान र गणितको पढाइ ठप्प
निर्वाचन आचारसंहिता लागेको भन्दै इलामका सात विद्यालयमा रिक्त गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ नै बन्द भएको छ । सन्दकपुर गाउँपालिकाको जमुनास्थित भगवती मावि, जोगमाईको ज्ञानोदय मावि, सूर्योदय नगरपालिकास्थित गोर्खे मङ्गलबारेमा रहेको सिंहदेवी मावि, लुम्दे, जस्बिरे, जितपुर, नयाँबजारका गरी सात विद्यालयमा गणित र विज्ञान दुवै विषयका शिक्षक छैनन्…