मौन अवधिमा प्रचार–प्रसार गरेको भन्दै उम्मेदवारको विरोध
मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्दै कार्यकर्ता भेला गराएको आरोपमा मङ्सिर २० गते इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली काङ्ग्रेस उम्मेदवार केशव थापाको विरोध भएको छ । इलाम नगरपालिका– ८ को सिङफ्रिङ गाउँ पुगेर फर्किंदै गरेका उम्मेदवार थापा र इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठसहितलाई स्थानीय युवाले करिब २० मिनेट…
धनकुटाका ६७ मतदान केन्द्र अपाङ्गतामैत्री
अपाङ्गता भएका मतदातालाई सहज रूपमा मत खसाल्न दिन यस जिल्लामा ६७ ओटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको राससले जनाएको छ । अपाङ्गता भएकै कारण मतदानबाट वञ्चित हुन परेको गुनासो आएपछि अपाङ्गतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए । जिल्लाका कुल १ सय १७ ओटा मतदानस्थल अन्तर्गतका…
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १२ जना गिरफ्तार
मङ्सिर २१ गतेको निर्वाचन आउन दुई दिन बाँकी हुँदा मङ्सिर १९ गते प्रहरीले इलामका विभिन्न स्थानबाट शङ्कास्पद अवस्थामा १२ जनालाई गिरफ्तार गरेको छ । इलामको सूर्योदय नगरपालिकाका विभिन्न वडाहरूमा देशका पश्चिमी जिल्लाका व्यक्तिहरू गिरफ्तार गरिएको जिल्ला प्रशानस कार्यालयले जनाएको छ । सूर्योदय नगरपालिकाको पशुपतिनगर, गोर्खे, फिक्कललगायतका स्थानबाट चितवन, काठमाडौँ, तनहुँ,…
इन्सेक अध्यक्ष प्याकुरेलद्वारा निर्वाचन सुरक्षाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मोरङमा निर्वाचन सुरक्षा र तयारीबारे मोरङका सरकारी निकायसँग जानकारी लिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचन तयारीबारे जानकारी लिएका हुन् । भेटघाटका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा सुरक्षा अवस्था…
निर्वाचन आचारसंहिता उल्लङघन् गर्दै दलहरू
मौन अवधि सुरू हुन केही समय मात्र बाँकी हुँदा पनि मोरङमा राजनितिक दलहरूले आचारसंहिता विपरीत प्रचारप्रसार गरिरहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयमा भएको सर्वदलीय बैठकमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएर हस्ताक्षर गरेका उनीहरूले आफैँ आचारसंहिता उल्लङघन् गरेका छन् । सबै जसो दलहरूले सवारी साधनमा साउण्ड सिष्टम राखेर ठूलाठूला ब्यानर टाँसेर…
राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन्, निर्वाचन अधिकारी बेखबर
दोस्रो चरण अन्तर्गत मङ्सिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन यहाँ क्रियाशील राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत चोकचोकमा नाराजुलुस गर्नुका साथै गाडीमा माइकिङ गरेका छन् । आज राति १२ बजेदेखि मौन समय सुरू हुँदैछ । राति आठ बजेपछि प्रचारका कुनै पनि कार्यक्रम…
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रअ गिरफ्तार
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामिडाँडा गाउँपालिका-१ कुभिण्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले मङ्सिर १६ गते साँझ गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठनमा आवद्ध भएको आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ…
निर्वाचन आयोग सरकारको छाँयामाः अध्यक्ष प्याकुरेल
मङ्सिर २१ गतेको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोग नेपाल सरकारको छाँयामा परेको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आरोप लगाएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारले निर्वाचन आचारसंहिता मिचेर आफू अनुकूल कर्मचारी सरूवादेखि अनेक रवैया देखाउँदा पनि निर्वाचन आयोगले केही गर्न नसकेको उनको आरोप छ । मङ्सिर १७ गते इलाममा आयोजित…
शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छैनः अध्यक्ष प्याकुरेल
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन केन्द्रीत शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नरहेको आरोप लगाएका छन् । विराटनगरमा मङ्सिर १६ गते आयोजित एक कार्यक्रममा अध्यक्ष प्याकुरेलले दुई महिना यता दिनैपिच्छे बम पड्कने घटना भइरहँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको आरोप लगाएका हुन् । उनले निर्वाचनका समयमा पनि उम्मेदवारलाई सुरक्षा प्रदान गर्न…
दरबन्दी अनुसार डाक्टर नहुँदा जिल्ला अस्पतालमा समस्या
नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि जिल्ला अस्पताल इलाममा एक जनामात्र विषेशज्ञ डाक्टरले काम गर्नुपर्दा समस्या भएको छ । जिल्ला अस्पतालमा नौ जना विशेषज्ञसहित १६ जना डाक्टरको दरबन्दी छ । तर, अहिले एक जनामात्र विशेषज्ञ डाक्टर प्रभु साह कार्यरत छन् । 'प्रसुति सेवा, गर्भपतन सेवा, भिडियो एक्सरे सेवा, ओपीडिमा बिरामी…