काङ्ग्रेस-वाम गठबन्धन झडपमा झडपमा तीन जना घाइते

नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ६ गते राति चम्पादेवी गाउँपालिका-९ विलन्दुमा दोहोरो झडप भएको छ । झडपमा परी काङ्ग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता जना कार्यकर्ता घाईते भएका छन् । जिल्लाको चम्पदेबी गाउपाँलिका ९ बिलन्दुमा मङ्सिर ६ गते राति झडप हुँदा नेपाली काङ्ग्रेसका कार्यकर्ता उत्तम कार्की र…

२०७४ मंसिर ७, बिहीबार २०:४८ गते  
आचारसंहिता विपरीत सार्वजनिक स्थलमा प्रचार सामग्री राखेर चुनाव प्रचार

नेपाली काङ्ग्रेसले मोलुङ गाउँपालिका-२ रामपुरमा रहेको शशित स्मृति भवन तथा पार्कका आफ्ना प्रचार सामग्री राखेर आचारसंहित उल्लङ्घन गरेको छ । मङ्सिर ६ गते काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइरालाले सम्बोधन गर्ने कार्यक्रम समेत सोही स्थानमा राखिएको छ । सावर्जनिक भवन तथा शहिद पार्कमा सभा आयोजना गरिएको हो । सार्वजनिक सम्पदामा चुनावी प्रचार…

२०७४ मंसिर ६, बुधबार २०:३७ गते  
आचारसंहिता विपरीत भोट माग्दै वाम गठबन्धन

आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनका उम्मेदवारहरूले रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारमा को १ च ९३७२ नम्बरको गाडीमाथि साउण्ड सिस्टम राखी चुनावी रेडियो जिङ्गल लाउडस्पिकरमा बजाएर बजारको बाटो आहोरदोहोर गर्दै आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेका वाम गठबन्धनका विशाल भट्टराई,…

२०७४ मंसिर ६, बुधबार २०:३६ गते  
खोटाङमा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

सदरमुकाम दिक्तेलदेखि जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले र्सार्वजनिक स्थलमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूलठूला पोष्टरसमेत प्रकाशन र प्रदर्शन गरिरहेका छन् । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको छ…

२०७४ मंसिर ४, सोमबार २१:२० गते  
अनुमति नलिई चुनावी प्रचारप्रसारमा सवारी प्रयोग

आसन्न मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि खोटाङमा दलका उम्मेदवारहरूले अनुमति बिना सवारी साधन प्रयोग गरिरहेका छन् । प्रदेश सभा नौ र प्रतिनिधि सभाका लागि १० ओटा दलले उम्मेदवारी दिए पनि अहिले चारपाङग्रे सवारी चुनावी प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवारले सवारी अनुमति नलिएको मुख्य निर्वाचन…

२०७४ मंसिर ४, सोमबार २०:५८ गते  
वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी

सङ्खुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा अज्ञात समूहले मङ्सिर ४ गते बिहान २ बजे आगजनी गरेको छ । सो समूहले को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष खड्काले बताए । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो…

२०७४ मंसिर ४, सोमबार २०:५३ गते  
खुकुरी प्रहार गरेर पत्नीको हत्या, आरोपित गिरफ्तार

रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई सोही नगरपालिका-७ दोर्पास्थित माइतीघरमा बस्दै आएकी ४२ वर्षीया राजमाया राईलाई ४६ वर्षीय पति राजकुमार राईले मङ्सिर ३ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पत्नीको…

२०७४ मंसिर ३, आईतवार २०:२२ गते  
बम विष्फोटका कारण एमाले कार्यकर्ता गम्भिर घाइते

अज्ञात समूहले राखेको बम विष्फोट भएका कारण भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा सङ्घ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केमैयुङ गाउँपालिका-७ कोट गाउँ पार्टीका सचिव ३३ वर्षीय विक्रम राई बम विष्फोटनमा परी गम्भीर घाइते भएका हुन् । षडानन्द नगरपालिका दिङलाबाट चुनावीसभा सकेर मोटर साइकलबाट फर्कँदै गर्दा षडानन्द-१३…

२०७४ मंसिर २, शनिबार २३:०३ गते  
स्वीकृति बिनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै

आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सङ्खुवासभामा दलका उम्मेदवारहरूले स्वीकृति बिना नै सवारी साधन प्रयोग गरिरहेको पाइएको छ । प्रदेश सभाको लागि आठ दल र प्रतिनिधि सभाका लागि सङ्खुवासभामा १० ओटा दलले उम्मेदवारी दिएपनि अहिले चुनावी प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवारले सवारी स्वीकृति नलिएको…

२०७४ मंसिर २, शनिबार २३:०१ गते  
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा शिक्षिका गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै कात्तिक ३० गते फिदिम नपा-१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षिका ४० वर्षीया टिकादेवी राईलाई प्रहरीले गिरफ्तार गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विथाल्ने गतिविधिमा लागेका सो पार्टीका कार्यकर्ताहरू गिरफ्तार गर्ने अभियान सञ्चालन गरिएको…

२०७४ मंसिर २, शनिबार २२:२२ गते