राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन प्रकृयाको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगले ओखलढुङ्गामा निर्वाचन प्रकृयाको अनुगमन गरेको छ । आयोगका अधिकृत अम्बिका घिमिरे नेतृत्वको टोलीले मतदान पूर्व र मतदानको दिनको जिल्लाभर अनुगमन गरेको हो । टोलीले ओखलढुङ्गाका तीन स्थानीय तह र दुई निर्वाचन क्षेत्रको अनुगमन गरेको टोलीका सदस्य लोकनाथ घिमिरेले बताए । घिमिरेका अनुसार चिसंखुगढी गाउँपालिकाका सेर्ना, कुइभीर,…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ । भोजपुरको अरुण गाउँपालिका-४ घर भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय ज्ञानेन्द्र विश्वकर्मालाइ प्रहरीले गिरफ्तार गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको गस्ती टोलीले गिरफ्तार गरी हिरासतमा…
मतदानस्थल नजिकै भेटिएको स्वीच बम सेनाद्वारा निष्कृय
लालिगुराँस नगरपालिका-५ दागपा स्थित सिंहबाहीनी मावि मतदान केन्द्र नजिकै भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान केन्द्र भन्दा ५ सय मिटर उत्तर तर्फो खालीचौरमा रेडबुलमा विष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो । असार १३ गते बिहान १० बजे रेडबुलमा…
उम्मेदवारको घर छेउमा फेला परेको शक्तिशाली बम नेपाली सेनाद्वारा निष्कृय
दमक नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारको घर छेउ र सोही नपा-२ मा असार १३ गते बिहान फेला पारिएको दुईवटा शक्तिशाली बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । स्थानीयका अनुसार माओवादी केन्द्रको तर्फबाट दमक नगरपालिकाका मेयर उम्मेदवार ४६ वर्षीय गगन पुरीको घर नजिक र सोही नपा-२ स्थित हिमालय…
भोजपुरमा उम्मेदवारको घरमा बम विष्फोट
भोजपुर नगरपालिका-४ सिद्धेश्वरमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेम भण्डारीको घरमा बिहान ७ बजे सुतली बम विष्फोट भएको छ । त्यस्तै भोजपुरकै उत्तरी षडानन्द नगरपालिका-१३ बोयामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार ईन्द्रकुमार श्रेष्ठको घरमा पनि बिहान ४ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विष्फोटबाट मानवीय र…
धरानमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा निष्कृय
धरान उपमहानगरपालिका-१५ साम्पाङचोकमा असार १३ गते बिहान दुई अलगअलग स्थानमा विष्फोटक पदार्थ भेटिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको छ । झोलामा विष्फोटक पदार्थ राखी झोलाको बाहिरी भागमा 'यो बम हो, खतरा छ !' भनी लेखेर सार्वजनिक ठाउँमा छोडिएपछि स्थानीय आतङ्कित भएका थिए । स्थानीयले प्रहरीललाई खबर…
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्तामाथि आक्रमण
इटहरी उपमहानगरपालिका-१७ स्थित नेकपा एमालेका वडा सह-संयोजक ४४ वर्षीय पदम सञ्जेललाई असार १२ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको एक समूहले आक्रमण गरेको छ । पीडित एमाले कार्यकर्ता सञ्जेल राति बिरामी आफन्तलाई भेटन गएको बेला काङ्ग्रेसका कार्यकर्ताहरू हर्क कार्की, खेम पन्धाक, चन्दन नायक, पदम राई, महेन्द्र राईलगायतले आक्रमण गरेको पीडित पक्षले…
मेची राजमार्गमा दुई सवारीमा आगजनी
निर्वाचनको मौन अवधि रहेका बेला असार १३ गते बिहानको समयमा मेची राजमार्गका २ स्थानमा ट्रक र पिकअप गाडीमा आगजनी भएको छ । बिहान साढे ३ बजे इलाम नगरपालिका-१, साखेजुङमा ना २ ख ८९३२ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगजनीबाट ट्रकमा…
अज्ञात समूहद्वारा सिलिण्डर बम विष्फोट
साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अज्ञात समूहले असार १२ गते बम बिस्फोट गराएको छ । अज्ञात समूहले साँगुरीगढी गाउँपालिका-६ भेडेटार र महाभारत जाने कच्ची बाटोको नजिक कोलबोटेमा असार १२ गते राति करिब ८ बजे सिलिण्डर बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए । बम विष्फोट…
एमालेबाट मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट
स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार ५२ वर्षीय तारा सुब्बाको घरमा असार १२ गते बिहान बम विष्फोट भएको छ । धरान उपमहानगरपालिका-११ मा रहेको सुब्बाको घरको कम्पाउण्ड भित्र सुतली बम विष्फोट भएको हो । दुईजनाको समूहले बम फालेर भागेको केही समयपछि नै विष्फोट भएको स्थानीयले बताएका…