निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अभियोगमा चार जना गिरफ्तार
नजिकिँदो प्रतिनिधि र प्रदेश सभा निर्वाचनका विरूद्ध गतिविधि गरेको आरोपमा मोरङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार भएका छन् । पार्टीका विद्यार्थी नेता कानेपोखरी गाउँपालिका-४ वयरवनका २१ वर्षीय फणिन्द्र राजवंशीलाई मङ्सिर १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार बिसीले बताए । राजवंशीलाई…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सात जनाको घरजग्गा कब्जा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लाबासी त्रसित भएका छन् । नेकपाका कार्यकर्ताले कात्तिक २९ गते राति प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घर जग्गा कब्जा गर्न थालेपछि जिल्लाबासी त्रसित भएका हुन् । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, काङ्ग्रेसबाट प्रदेश सभा…
निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७४ कात्तिक ३० गते निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? भन्दै जान्नु पर्ने बताए । संयोजक…
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा तीन जना गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई धनकुटाको विभिन्न स्थानबाट कात्तिक २९ गते गिरफ्तार गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका जिल्ला सदस्य धनकुटा नपा-७ का ५० वर्षीय मोहनप्रसाद ओझा (विज्ञान), कार्यकर्ता पाख्रीवास नपा-४ का २२ वर्षीय प्रेम कट्टेल…
स्वीकृत विनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै
आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि इलाममा दलका उम्मेदवारहरूले स्वीकृती बिना नै सवारी साधन प्रयोग गरिरहेको पाइएको छ । प्रदेश तथा प्रतिनिधि सभाका लागि इलाममा १३ ओटा दलले उम्मेदवारी दिएपनि अहिले चुनावी प्रचार प्रसारमा लागि इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभातर्फ नेपाली काङ्ग्रेसका…
एमालेका उम्मेदवार चढेको गाडी लक्षित विष्फोट
नेकपा एमालेका नेता एवम् संखुवासभाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी एक अपरिचिति समूहले ०७४ कात्तिक २८ गते बिहान सभापोखरी गाउँपालिका-२ स्थित देउराली नजिकै सालघारीमा विष्फोट गराएको छ । एमाले जिल्ला कमिटी सचिव खड्ग राईका अनुसार नेता गौतम चढेको गाडी सालघारी पुगेलगत्तै विष्फोट भएको थियो ।…
चुनाव प्रचारमा रहेका एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार
पूर्व सूचना तथा सञ्चार मन्त्री तथा भोजपुर प्रदेश नम्बर ख का उम्मेदवार शेरधन राई चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डलोभर गाडीमा बम प्रहार भएको छ । उनी नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य समेत हुन् । भोजपुर सदरमुकामबाट टेम्केमैयुङ गाउँपालिका-८ स्थित गोगनेको चुनावी सभामा जाँदै गर्दा पौने १० बजेको समयमा…
नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारसहित चार जनाको घर जग्गा कब्जा
नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २५ र २६ गते खोटाङका आसन्न निर्वाचनका उम्मेद्वार तथा नगरप्रमुखलगायत चार जनाको घरजग्गा कब्जा गरेको जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीले जिल्लाबाट प्रदेशसभा (क) का काङ्ग्रेस उम्मेदवार लामिडाँडा गाउँपालिका-२ का सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिका-६ का नगरप्रमुख इवन राई, लामिडाँडा गाउँपालिका -२ का…
सङ्खुवासभामा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन
खाँदबारीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले सार्वजनिक स्थलहरूमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूला-ठूला पोष्टरसमेत प्रकाशन र प्रदर्शन गरिरहँदा पनि सरोकारवाला निकाय मौन छन् । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न…
आचारसंहिता विपरीतको कदम सच्याउन एमालेको आग्रह
सरकारले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको घटनाले आफ्नो ध्यानाकर्षण भएको भन्दै नेकपा एमाले इलामले निर्वाचन आयोगमा कात्तिक २४ गते ध्यानाकर्षण तथा उजुरीपत्र बुझाएको छ । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा सरकारले निर्वाचनलाई प्रभाव पार्ने गरी प्रहरी तथा कर्मचारीहरूको सरूवा गरेको घटनाले एमालेको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । आचारसंहिता उल्लङ्घन…