मानसिक रोगीको उपचारका लागि राज्य गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूको जोड

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा असोज २४ गते विराटनगरमा आयोजित एक कार्यक्रममा मानसिक रोगीहरूको उपचार तथा पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कार्यस्थलमा मानसिक स्वास्थ्य भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाहरूले मानसिक स्वास्थ्यको क्षेत्रमा अस्पताल र चिकित्सक पनि नगन्य रूपमा हुनुले सरकार गम्भीर नभएको…

२०७४ आश्विन २४, मंगलवार १५:५५ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका-२ का २१ वर्षीय वसन्त श्रेष्ठलाई असोज २१ गते गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी पीडित महिलालाई आरोपितले असोज १९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको…

२०७४ आश्विन २२, आईतवार २१:४३ गते  
द्वन्द्व पीडितबिचको मापदण्ड अलगअलग गर्न पीडितको आग्रह

क्षेत्रीय मुकाम खडा गरेर काम गर्दै आएको सत्य निरूपण तथा मेलमिलाप आयोगलाई इलामका द्वन्द्व पीडितहरू पीडितहरूको अवस्था र घटना बुझेर अलग-अलग मापदण्ड तयार गरी परिपूरणको व्यवस्था गर्न आग्रह गरेका छन् । मोरङको विराटनगरमा मुकाम राखेर काम गर्दै आएको आयोगले चित्तबुझ्दो काम नगरेको गुनासो गर्दै सबै द्वन्द्व पीडितहरूलाई एकै किसिमको मापदण्डमा…

२०७४ आश्विन २२, आईतवार २१:४२ गते  
जिल्ला अस्पतालमा दुई महिनादेखि एक्सरे मेसिन नबनाउँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल इलाममा रहेको एक्सरे मेसिन बिग्रिएपछि करिब दुई महिना यता बिरामीहरू समस्यामा परेका छन् । गाउँ-गाउँबाट उपचारका लागि जिल्ला अस्पतालमा आइपुगेका बिरामीले साधारण एक्सरेका लागि पनि झापाका स्वास्थ्य संस्थामा जानुपरेको गुनासो गरेका छन् । एक्सरे मेसिन बिग्रिए लगत्तै विभागमा मर्मतका लागि जानकारी पठाएको भएपनि डेढ महिना बितिसक्दा पनि विभागले…

२०७४ आश्विन २१, शनिबार २०:४२ गते  
मोसो दलेर दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

बेलबारी नपा-२ की १४ वर्षीया एक बालिकालाई पैसा चोरेको आरोपमा मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाउने सोही ठाउँका ४५ वर्षीया दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवरलाई असोज १९ गते प्रहरीले गिरफ्तार गरेको छ । दलित समुदायकी १४ वर्षीया बालिकामाथि आरोपितद्वयले करिव ५/६ सय रुपियाँ चोरी गरेको आरोप लगाउँदै…

२०७४ आश्विन २०, शुक्रबार १५:३८ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई असोज १५ गते बलात्कार गरेको आरोपमा म्याङलुङ नपा-१ का ३४ वर्षीय राजकुमार लिम्बुविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते राति बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजन भुजेलले…

२०७४ आश्विन १७, मंगलवार २०:५२ गते  
अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको राससले जनाएको…

२०७४ आश्विन १५, आईतवार २२:३६ गते  
बजारबाट जफत गरिएका अखाद्य वस्तु नष्ट

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका सदरमुकामसहित जिरिखिम्ती र बसन्तपुर पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ । असोज ९ र १० गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद गुज्रेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजार अनुगमन टोलीले जफत गरेपछि नष्ट गरेको हो ।…

२०७४ आश्विन ११, बुधबार २१:१० गते  
मानसिक स्वास्थ्य पीडित उपाचार अभावमा फलामे खोरभित्र !

तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । समयमै औषधि उपचार नभएपछि 'असामाजिक गतिविधि गर्न थालेको' भन्दै दाहाललाई परिवारले पशु जस्तै खोरमा थुनेर राखेको हो । ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले अहिले खोरमा पुर्‍याएको छिमेकीहरूले बताए । खोरमा बस्न बाध्य…

२०७४ आश्विन १०, मंगलवार २०:३६ गते  
निष्पक्ष छानबिन गरी सिफारिस गर्न आयोगलाई द्वन्द्व पीडितहरूको आग्रह

द्वन्द्वको समयमा भएका घटनाहरूको सम्बन्धमा निष्पक्ष रूपमा छानविन गरेर सिफारिस गर्न द्वन्द्व पीडितहरूले असोज ४ गते सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आग्रह गरेका छन् । द्वन्द्व पीडित साझा चौतारीले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र द्वन्द्वोत्तर अवस्थामा दिगो शान्तिका चुनौती विषयक छलफल कार्यक्रममा द्वन्द्व पीडितहरूले सत्य…

२०७४ आश्विन ५, बिहीबार १९:५५ गते