१० बुँदे सहमति पछि आन्दोलन फिर्ता

झापामा क्रियाशील राजनीतिक दल र स्थानीय प्रशासनले प्रहरीको गोली लागेर मृत्यु भएका अर्जुनधारा-११ का ३२ वर्षीय नरेश थापाको परिवारलाई राहतस्वरूप १० लाख रुपियाँ उपलब्ध गराउन पहल गर्नेलगायतका १० बुँदे सहमति पछि झापामा चलेको आन्दोलन फिर्ता भएको छ । कात्तिक ११ गते  इलाका प्रहरी कार्यालय विर्तामोडमा बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई…

२०७४ कार्तिक ११, शनिबार १९:५२ गते  
प्रहरी र प्रदर्शनकारीबिच झडप, प्रहरीको गोली लागि एक सर्वसाधारणको मृत्यु

एक बालकको 'शङ्कास्पद मृत्यु' प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयबासीले बिर्तामोडमा कात्तिक १० गते निकालेको विरोध र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । गोली लागेर अर्जुनधारा नपा-११ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । रबरको गोली…

२०७४ कार्तिक ११, शनिबार ०५:१२ गते  
अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन नसक्दा सुविधाबाट वञ्चित

विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई महिला तथा बालबालिका कार्यालयले उपलब्ध गराउने अपाङ्गता परिचयपत्र समयमा लिन नसक्दा राज्यले उपलब्ध गराउने सेवा सुबिधाबाट वञ्चित भएको उनीहरूका परिवारका सदस्यले गुनासो गरेका छन् । सरकारले रातो, नीलो, पहेंलो र सेतो गरी चार किसिमका परिचयपत्र अपाङ्गता भएका व्यक्तिलाई दिने गरेको छ । पूर्ण अशक्तलाई रातो,…

२०७४ कार्तिक १०, शुक्रबार २१:०३ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

४५ वर्षीया महिललाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा कात्तिक ८ गते तुम्बेवा गाउँपालिका-३ का २६ वर्षीया दिपा भन्ने दिव्यानी माङलाकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । बिरामी भएको बेला कात्तिक ४ गते आरोपितले झारफुक गर्ने भन्दै खुकुरी तताएर निलडाम हुने गरी डाम्नुका साथै कुटपिटसमेत गरेकाले कानुनी…

२०७४ कार्तिक ९, बिहीबार २०:४८ गते  
खोटाङका २८ मतदानस्थल अति सम्वेदनशील

खोटाङमा आगामी मङ्सिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि २८ ओटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी बताएका छन् । १ सय ३६ मतदानस्थल र १ सय ७५ मतदान केन्द्रमध्ये २८ ओटा मतदानस्थल अति सम्वेदनशील, ५४ ओटा मतदानस्थल सम्वेदनशील र ५४ ओटा…

२०७४ कार्तिक ८, बुधबार २०:५८ गते  
जनताको अपेक्षा सम्बोधन गर्छौः प्रधानन्यायाधीश पराजुली

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अदालतले जनताको अपेक्षा सम्बोधन गर्ने बताएका छन् । कातिक ६ गते पाँचथरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । अदालतको काम ढिलासुस्ती हुने, समयमा न्याय नपाइने, विपन्न समुदायकाले अदालतमा पहुँच राख्न नसक्ने जस्ता समस्याहरूलाई समाधान गर्न आफूले प्रयास गरिरहेको उनले बताए ।…

२०७४ कार्तिक ६, सोमबार २१:०८ गते  
हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार

त्रियुगा नगरपालिका-१३ स्थित भुसुनेकी २८ वर्षीया लक्ष्मीकुमारी राईलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति राजकुमार राई र देवर ओम राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको राससले जनाएको छ । लक्षमीलाई कात्तिक ३ गते राति ११ बजेतिर रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए । सो घटनाका सम्बन्धमा…

२०७४ कार्तिक ६, सोमबार २१:०४ गते  
'नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यबाटै समृद्धि'-सरोकारवाला

नागरिक समाज र स्थानीय सरकारसँगको सहकार्यको अवसर र चुनौतिहरू विषयक कार्यशालामा सहभागी स्थानीय सरकारका प्रतिनिधिहरूले नागरिक समाजका संस्था र स्थानीय सरकारहरूसँगको सहकार्यबाट समृद्धिको यात्रामा पुगिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक १ गते आयोजना गरेको छलफलमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले गैरसरकारी संस्थाहरूसँग स्थानीय सरकारले सहकार्यबाटै अघि…

२०७४ कार्तिक १, बुधबार २१:५० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-९ का २४ वर्षीय विदुर भन्ने कुलबहादुर कटुवाललाई असोज २९ गते गिरफ्तार गरेको छ । विवाहको प्रलोभन देखाएर लामो समयदेखि बालिकालाई बलात्कार गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राखेको आरोप लगाउँदै पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई…

२०७४ आश्विन ३०, सोमबार २०:३७ गते  
घर निरीक्षणमा प्राविधिक पठाउन भूकम्प पीडितहरूको माग

सुनकोशी गाउँपालिकाका भूकम्प पीडितहरूले भूकम्पले क्षति पुर्‍याएका घरको पुनः निरीक्षणका लागि प्राविधिक पठाउन माग गरेका छन् । प्राविधिक टोलीले निरीक्षण गरेर पनि क्षति भएका घर लाभग्राहीको सूचीमा नपरेपछि गुनासो फारम भरेका पीडितहरूले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुनकोशी गाउँपालिकासँगको सहकार्यमा ०७४ असोज २९ गते सुनकोशी गाउँपालिका वडा नं. ५ को…

२०७४ आश्विन ३०, सोमबार १४:४३ गते