यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक २३ गते १४ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालका डिएसपी बामदेव गौतमका अनुसार पीडितका आफन्तले दिएको उजुरी दर्ता गरी घटनाको अनुसन्धान अगाडि बढाइएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा…
इलाममा ७२ मतदान केन्द्र संवेदनशील
आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्धारण गरिएका १ सय ४४ ओटा मतदान केन्द्रहरूमध्ये ७२ ओटा मतदान केन्द्र सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सम्वेदनशील मानिएका मतदान केन्द्रहरूमा नेपाली सेना र सशस्त्र प्रहरीलाई विशेष सुरक्षाको जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख…
उम्मेदवारको घरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा कालोझण्डा
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले प्रदेशसभा (ख) का बामगठबन्धन (नेकपा माओवादी केन्द्र) का उम्मेदवार आठराई त्रिवेणी गाउँपालिका-५ का टङ्क आङबुहाङ लिम्बुको घरमा ०७४ कात्तिक २२ गते कालो झण्डा गाडेर निर्वाचनको बिरोध जनाएका छन् । नेकपाका कार्यकर्ताले गाडेको कालोझण्डा सुरक्षाकर्मीले कात्तिक २२ गते नै हटाएको छ । जिल्ला प्रहरी…
राजनीतिक दलहरू आचारसंहिता उल्लङ्घन गर्दै चुनाव प्रचारप्रसारमा
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभाका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् । राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर सवारी साधनमा राखेर गुडाउनुका साथै सार्वजनिक स्थलहरूमा झुण्ड्याएका छन् । सङ्खुवासभाको लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका दिपक खड्का, प्रदेशसभा सदस्य (क) का उम्मेदवार…
सङ्खुवासभाका ३५ मतदान केन्द्र अति सम्वेदनशील
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभामा निर्धारण गरिएको मतदान केन्द्रहरूमध्ये सुरक्षाको दृष्टिकोणले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्लामा १ सय ५३ मतदान केन्द्रमध्ये ३५ मतदान केन्द्र अति सम्वेदनशील, २८ सम्वेदनशील र ९० मतदान केन्द्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी शिवराज…
आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी
प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक खड्का र प्रदेशसभा (क) का उम्मेदवार टङ्क राईले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २० गते उजुरी परेको छ । कात्तिक १९ गते खड्का र राई जिल्लाको उत्तरी भाटखोला गाउँपालिकाको विभिन्न क्षेत्रमा निर्वाचन प्रचारमा…
आचारसंहिता उल्लङ्घन गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी
कटहरी गाउँपालिका-२ का वडा अध्यक्ष किशोरकुमार पाण्डेसहित सदस्यहरू कला राजवंशी र कल्पना कोइरालाले गाउँपालिकामार्फत बाढी पीडित राहत कोषको रकम नेपाली काङ्ग्रेस समर्थकलाई मात्र वितरण गरेको आरोपमा उनीहरूविरूद्ध ०७४ कात्तिक २० गते क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी परेको छ । निर्वाचनको समयमा मत प्रभावित पार्ने गरी एउटा पार्टी निकटका व्यक्तिलाई मात्र…
आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री निकालियो
निर्वाचन आयोगले उदयपुरमा कात्तिक २० गतेदेखि निर्वाचन आचारसंहितालाई कडाइ गरेको छ । आचारसंहिता विपरीत हुने गतिविधिलाई रोक्न र दलहरूलाई आचारसंहिताको पूर्णपालना गराउन प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाको नेतृत्वमा रेहेको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको टोलीले अनुगमन कार्य सुरू गरेको हो । टोलीले कात्तिक २० गते स्थानीय तहको निर्वाचनमा दलहरूले…
ऐन संशोधन नभए सङ्क्रमणकालिन न्यायसम्बन्धी काम गर्न सक्दैनौँ: सदस्य झा
सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले द्वन्द्वकालीन घटनाको सत्यतथ्य छानबिन गरी न्यायिक निरूपणका लागि स्थापना भएका सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगले आफू सञ्चालन हुने ऐनमा संशोधन नभए म्याण्डेट अनुसार काम गर्न नसक्ने बताएकी छन् । गैरन्यायिक हत्या, बलात्कार, बेपत्ता, यातनालगायतका जघन्य प्रकृतिका घटनामा क्षमादान दिन नमिल्ने उल्लेख भएपनि सत्य निरूपण…
आचारसंहिता विपरीत छाना वितरण
आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिबका लागि छाना वितरण कार्यक्रम सञ्चालन गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पामा कात्तिक १६ गते नेकपा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले गरिबका लागि छाना वितरण गरेका हुन् ।…