बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका इभाङ् गाविस-१ का ३२ वर्षीय सञ्जयकुमार राईलाई जिल्ला अदालतले एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ६ गते विवाहवारी महलको १० नम्बर बमोजिम कसुर ठहर गर्दै राईविरुद्ध फैसला सुनाएको हो । राईलाई इभाङ गाविसकी…
गणतन्त्र सत्तामा मात्र आयो नागरिकसम्म पुगेनः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको सत्तामा गणतन्त्र आएपनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन् । जागरण नेपालले सुनसरीको सदरमुकाम इनरुवामा भदौ ६ गते आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राज्यले दायित्व पूरा गर्न नसकेकाले नागरिकले गणतन्त्र आएको अनुभूति गर्न नपाएको बताएका हुन् ।…
दण्डहीनता समाज विकासको बाधकः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालमा समाज विकासको बाधकका रूपमा दण्डहीनता प्रमुख कारक रहेको बताउँदै यसको अन्त्यका लागि अधिकारकर्मी क्रियाशील हुनुपर्ने बताएका छन् । इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयद्वारा भदौ ५ गते विराटनगरमा आयोजित मानव अधिकार सञ्जाल आबद्ध अधिकारकर्मीहरूसँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राजनीतिक दलका नेताहरूले हामीले जे…
यातना दिएको आरोपमा शिक्षक गिरफ्तार
एक १२ वर्षीया बालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ४२ वर्षीय शिक्षक इन्द्रवीर प्रधानलाई प्रहरीले भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आरोपित शिक्षकले यौनजन्य हिंसा गरेको भन्दै सोही विद्यालयका प्रधानाध्यापकलाई मौखिक उजुरी दिएकी थिइन् । प्रधानाध्यापकलाई उजुरी गरेको भन्दै आरोपित शिक्षकले साथीहरूका बीचमा कुटपिट गरेपछि पीडित…
बलात्कार प्रयास गरेको कसुरमा एक वर्षतीन महिना कैदको फैसला
एक १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई साउन ३१ गते हालका लागि सजाय स्थगित रहने गरी १ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले कसुरदार नाबालक भएकाले हालका लागि कैद सजाय स्थगित गर्ने गरी फैसला सुनाएको हो…
उच्च जातको केटी विवाह गरेको भन्दै कुटपिट घटनाका आरोपित गिरफ्तार
वाना गाविस-८ का २९ वर्षीय लिलाबहादुर विकलाई सोही गाउँकी २९ वर्षीया सपना तामाङसँग साउन २५ गते विवाह गरेको भन्दै सपनाका आफन्तले कुटपिट गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई साउन २९ गते गिरफ्तार गरेको छ । आरोपितहरू वाना गाविस-८ का २६ वर्षीय सिंहमान तामाङ, २३ वर्षीय मनबहादुर तामाङ, २५ वर्षीय सलबहादुर तामाङ, २८…
स्वास्थ्यकर्मीको अभावका कारण सेवा प्रवाहमा समस्या
दरवन्दी अनुसार स्वास्थ्यककर्मी नहुँदा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यसेवा प्रवाहमा समस्या देखिएको छ । रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अधिकांश स्वास्थ्य संस्थाहरूमा यस्तो समस्या देखिएको हो । जिल्लामा एउटा अस्पताल, तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र र ५३ गाविस र दुई नगरपालिकाका साविककै १० गाविस गरि ६३ ओटै गाविसमा स्वास्थ्य चौकी रहेका…
बेपत्ता पतिको खोजी गरिदिन पत्रकार र अधिकारकर्मीसँग आग्रह
विगत दुई महिनादेखि बेपत्ता भएका चानुवा गाविस-१ का ४५ वर्षीय भिमबहादुर चापागाईंको खोजी गरिदिन उनकी पत्नी कल्पना चापागाईँले मानव अधिकारकर्मी र पत्रकारसमक्ष आग्रह गरेकी छन् । गएको जेठ १८ गते मलामी गएका भीमबहादुर घर नफर्किएपछि उनले साउन ३० गते पत्रकार सम्मेलन गरी खोजीको लागी पत्रकार र मानव अधिकारकर्मीसँग यस्तो आग्रह…
दाम्लोमा बाँधिएकी गर्भवतीको निशुल्क उपचारका लागि हेटौंडा लगियो
६ महिना देखि दाम्लोमा बाँधिएकी त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया गर्भवती महिला सृजना कार्की (खड्का)को निःशुल्क उपचार हुने भएको छ । हेटौंडास्थित मानव सेवा आश्रमले उनको निशुल्क उपचार गर्न लागेको हो । सृजनाको विषयमा इन्सेक अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण गरेपछि आश्रमले जिल्ला प्रशासन कार्यालय उदयपुरसमक्ष उपचार गर्ने…
सरकारले छुट्याएको बालबालिका लक्षित बजेट जोखिमपूर्ण बालश्रमिकसम्म पुग्दैन
बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थामार्फत वर्षेनी करोडौं रुपियाँ खर्च हुने गरेको भएपनि जोखिमपूर्ण बालश्रमिकसम्म त्यस्तो बजेट पुग्न सकेको छैन । यसले गर्दा इलामलाई बालबालिका श्रममुक्त क्षेत्र बनाउन नसकिँदा एकातिर बालश्रम त छँदैछ, अर्कोतिर जोखिममा परेका बालबालिकाको अवस्था पनि उत्तिकै नाजुक र दयनीय रहने गरेको छ । सरकारले हरेक…