स्वास्थ्यकर्मीको अभावका कारण सेवा प्रवाहमा समस्या
दरवन्दी अनुसार स्वास्थ्यककर्मी नहुँदा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यसेवा प्रवाहमा समस्या देखिएको छ । रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अधिकांश स्वास्थ्य संस्थाहरूमा यस्तो समस्या देखिएको हो । जिल्लामा एउटा अस्पताल, तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र र ५३ गाविस र दुई नगरपालिकाका साविककै १० गाविस गरि ६३ ओटै गाविसमा स्वास्थ्य चौकी रहेका…
बेपत्ता पतिको खोजी गरिदिन पत्रकार र अधिकारकर्मीसँग आग्रह
विगत दुई महिनादेखि बेपत्ता भएका चानुवा गाविस-१ का ४५ वर्षीय भिमबहादुर चापागाईंको खोजी गरिदिन उनकी पत्नी कल्पना चापागाईँले मानव अधिकारकर्मी र पत्रकारसमक्ष आग्रह गरेकी छन् । गएको जेठ १८ गते मलामी गएका भीमबहादुर घर नफर्किएपछि उनले साउन ३० गते पत्रकार सम्मेलन गरी खोजीको लागी पत्रकार र मानव अधिकारकर्मीसँग यस्तो आग्रह…
दाम्लोमा बाँधिएकी गर्भवतीको निशुल्क उपचारका लागि हेटौंडा लगियो
६ महिना देखि दाम्लोमा बाँधिएकी त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया गर्भवती महिला सृजना कार्की (खड्का)को निःशुल्क उपचार हुने भएको छ । हेटौंडास्थित मानव सेवा आश्रमले उनको निशुल्क उपचार गर्न लागेको हो । सृजनाको विषयमा इन्सेक अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण गरेपछि आश्रमले जिल्ला प्रशासन कार्यालय उदयपुरसमक्ष उपचार गर्ने…
सरकारले छुट्याएको बालबालिका लक्षित बजेट जोखिमपूर्ण बालश्रमिकसम्म पुग्दैन
बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थामार्फत वर्षेनी करोडौं रुपियाँ खर्च हुने गरेको भएपनि जोखिमपूर्ण बालश्रमिकसम्म त्यस्तो बजेट पुग्न सकेको छैन । यसले गर्दा इलामलाई बालबालिका श्रममुक्त क्षेत्र बनाउन नसकिँदा एकातिर बालश्रम त छँदैछ, अर्कोतिर जोखिममा परेका बालबालिकाको अवस्था पनि उत्तिकै नाजुक र दयनीय रहने गरेको छ । सरकारले हरेक…
'आफ्नो घर आफै बनाउँदै' भूकम्पपीडित
भुकम्प गएको १५ महिनासम्म सरकारको अनुदान कुरेर बसेका यहाँका भुकम्पपीडितले अन्ततः आफ्नै पुँजीले घर बनाउन थालेका छन् । सरकारले भुकम्पपीडितलाई पुनःस्थापनाका लागि घर बनाउन अनुदान रकम दिने भने पनि झण्डै डेढ वर्षसम्म नपाएपछि उनीहरूले आफ्नो क्षमताअनुसारका घर बनाउन थालेका हुन् । सरकारले घर बनाउने पैसा दिने भने पनि नदिएर धोका…
भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या
भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनः निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भुकम्पले क्षति पुगेको १ वर्षविते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि त्रिपाल र जस्ताका अस्थायी शिक्षण केन्द्रमा सञ्चालन भइरहेका छन् । त्रिपालका शिक्षण केन्द्रमा वर्षात्मा पठनपाठन गर्न नसकिने भएकाले पढाइ प्रभावित भएको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरको आरोपमा प्रहरीले फिदिम नपा-७ का २९ वर्षीय सञ्जिव तुम्बापोलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णप्रसाद कोइरालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल पाँचथरमा साउन २७ गते…
गर्भवती महिला ६ महिनादेखि दाम्लोमा
त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा ६ महिनादेखि दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छन् । मानसिक रोग लागेकी खड्का ८ महिनाको गर्भ लिएर दाम्लोमा बाँधिएकी हुन् । गर्भवती भएको दुई महिनामा पति बेपत्ता भएको र माइती पक्षलेसमेत चासो नदिएपछि उनी बिचल्लीमा परेकी हुन् । पतिले छाडेपछि…
पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन्
जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण धनकुटा नपा-७ चुलिवनस्थित त्रिवेणी उच्चमाविमा अध्ययनरत कक्षा-९ का विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पुरै पाठ्यपुस्तक पाउन सकेका छैनन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन् । ऐच्छिक विषयको रूपमा सो विद्यालयमा जनसङ्ख्या शिक्षा विषय पठनपाठन हुने गर्दछ ।…
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार
१५ वर्षीय एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चुलाचुली गाविस-७ का ५६ वर्षीय मनिकुमार भन्ने लाभे राईलाई प्रहरीले १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगतै फरार रहेका…