मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध छ: प्रदेश प्रमुख
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम सापुङ्गले मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्यायोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । प्रदेश प्रमुख खापुङले चैत १७ गते आफ्नो कार्यकक्षमा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्याल, कार्यकारी निर्देशक विजयराज गौतम, कार्यसमिति सदस्य नरनाथ लुईटेल र इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापासँगको भेटमा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाइ गाउँपालिका –१ का ६० वर्षीय मोहन लम्साललाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले २०७९ पुस १३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी…
कमजोर वर्गको अवस्था सुधार्न इन्सेक अभियान- अध्यक्ष अर्याल
इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले कमजोर वर्गको अवस्था सुधार्न र उनीहरूलाई मानव अधिकारमा पहुँच पुर्याउन इन्सेक अभियान जारी रहने बताउनु भएको छ । इन्सेक प्रदेश १, कार्यालयले फागुन १७ गते विराटनगरमा आयोजना गरेको मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा.अर्यालले मानव अधिकारका दृष्टिकोणबाट नेपालमा कमजोर वर्गको…
मानव अधिकार र मानवीय अवस्थाका विषयक अन्तरक्रिया सम्पन्न
मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन १७ गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १, को मानव अधिकार र मानवीय अवस्थाका बारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकले विगत ३० वर्ष देखि मानव…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्लामा प्रभावहीन
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लामा गठन गरिने समितिहरू गठन नभएको र गठन भएका समेत निश्कृय एवम् प्रभावहीन भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आर्थिक वर्ष ०७७-०७८ देखि आर्थिक वर्ष ०८१-०८२ सम्म…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७९ वर्षीय हजुरबुबालाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ फागुन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको हाडनाता करणीको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फागुन…
ज्येष्ठ नागरिक हत्या आरोपित गिरफ्तार
महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय निरोज कटुवाललाई फागुन १३ गते गिरफ्तार गरेको छ । बस्नेतको शव फागुन १२ गते सुत्ने कोठामा र टाउको घरभन्दा एक किलोमिटर पर फेला परेको थियो । मृतकको कान कटुवालको घर नजिक पुरेको भेटिएकोले…
इन्सेक प्रतिनिधि सम्मानित
इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल सम्मानित हुनु भएको छ । जिल्लामा मानव अधिकारसँगै खाद्य अधिकारका सवाल क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङले २५ औँ साधारणसभा तथा ११ औँ अधिवेशनमा सम्मान गरेको हो । मानव अधिकार संरक्षण र प्रवद्र्धन तथा खाद्य अधिकारको क्षेत्रमा विशेष योगदान पुर्याए बापत फुयललाई…
बलात्कार र मानव बेचबिखन कसुरमा १७ वर्ष कैद सजाय
१५ र १६ वर्षीया बालिकालाई ०७९ वैशाख ८ गते बलात्कार गरी मानव बेचबिखन गर्न भारततर्फ लगेको कसुरमा जिल्ला अदालतले भारतको माल्दा जिल्ला ठाना इङलिस बजार पोष्टका २८ वर्षीय भोला पोदारलाई १५ वर्ष र भारत आलरपुरद्धार ठाना फालाकाटा देसवन्दुपाडाका २७ वर्षीय निकी साहलाई १७ वर्ष कैद सजायको फैसला सुनाएको छ ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–१ का ४२ वर्षीय प्रधानाध्यापक योगेन्द्र धमलालाई फागुन १० गते गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक विद्यालय ढुस्केका प्रधानाध्यापक धमलाले फागुन ३ गते कक्षा नौ मा अध्ययनरत दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले…