नागरिकताको विकल्पमा राष्ट्रिय परिचयपत्र, कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गरेका छैनन् परिचयपत्र
सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रुपमा अघि सारेको राष्ट्रिय परिचयपत्र कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका अधिकांश नागरिकले परिचयपत्र पाउन नसकेका हुन् । नेपाल सरकारले ०७६ माघ २८ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी गरेपछि “राष्ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना…
इन्सेकद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा छलफल
“लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नाराका साथ ८ मार्च अर्थात् फागुन २४ गते ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । सोही सन्दर्भमा इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा फागुन २५ गते छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफलमा सहभागीहरूले घरेलु…
मापदण्डभित्रका संरचना हटाउने निर्णयबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
फुङलिङ नगरपालिका र सदरमुकामलाई जोड्ने मेची राजमार्ग सडक खण्डमा पर्ने दायाँबायाका १५-१५ मिटरभित्र पर्ने संरचना हटाउन सरकारले दिएको निर्देशन कानुन विपरित रहेको भन्दै स्थानीयले सर्वोच्च अदालतमा दिएको निवेदनमा अदालतले सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नकुल सुवेदीको इजलासले फागुन ११ गते…
कुटपिट घटनाका आरोपित गिरफ्तार
पाख्रिवास नगरपालिका–५ घोर्लीखर्ककी स्वर र बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी ३२ वर्षीया इन्दिरा भुजेललाई फागुन २२ गते कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीया सौतेनी छोरी मीना भुजेललाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २२ गते कुटपिट गरेको घटना फागुन २४ गते बाहिरिएको थियो । फागुन २४ गते…
अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते खोटाङमा प्रभातफेरी गरी मनाइएको छ । नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । र्यालीमा सहभागीहरूले सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, समृद्ध…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ का ५२ वर्षीय कमल नेपालीलाई २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ फागुन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा…
बलात्कार कसुरमा १३ वर्ष ६ महिना कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फालेलुङ गाउँपालिका–७ का ४५ वर्षीय रत्नमान राईलाई १३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको फागुन १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला, फिदिम नगरपालिका –३ स्थायी घर भई आठराई गाउँपालिका–१ चण्डालमा बस्दै आएका ५६ वर्षीय नरेन्द्रकुमार राईलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा…
बालक हत्या आरोपमा दम्पति गिरफ्तार
सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय बालक विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी ३४ वर्षीया पत्नी डल्ली पासवानलाई फागुन १७ गते गिरफ्तार गरेको छ । फागुन ११ गते साँझ घरबाट चोकतिर घुम्न निस्किएका विशाल घर फर्किएर नआएपछि अभिभावकले खोजीका लागि प्रहरीमा खबर गरेका…
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित
पाख्रिबास नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत पाँच महिनादेखि नहुँदा नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । नगरक्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनाहरू समेत प्रभावित भएका छन् । ०७९ असोज १३ गते तत्कालीन सांसद तथा हालका भूमि व्यवस्था सहकारी…