पत्रकार दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सोलुखुम्बुमा पत्रकारलाई ०७८ मङ्सिर १४ गते समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घटनाका आरोपितलाई पुस २८ र २९ गते गिरफ्तार गरेको छ । मङ्सिर १४ गते सोलुखुम्बु कांग्रेस अधिवेशनको रिपोटिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका उपाध्यक्ष माप्यदूधकोशी गाउँपालिका–४ का २८ वर्षीय जीवन बस्नेत, कांग्रेसका…

२०७८ पुष ३०, शुक्रबार १८:१५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज…

२०७८ पुष २५, आईतवार १८:४० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काभ्रेपलान्चोक, चौँरीदेउराली गाउँपालिका‒१ का ३० वर्षीय प्रेमबहादुर खड्कालाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

२०७८ मंसिर २९, बुधबार १८:१३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका‒६ का ४३ वर्षीय केदारसिंह विश्वकर्मालाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

२०७८ मंसिर २९, बुधबार १८:०८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सोलुखम्बुले मङ्सिर २४ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्म ११…

२०७८ मंसिर २६, आईतवार १२:१८ गते  
छोराछोरीमाथि एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय सुरज बराइली र १५ वर्षीया बालिका सुजिता बराइलीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय बाबु मोहन बराइलीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । आरोपितले मङ्सिर ६ गते राति मादक पदार्थ सेवन गरी छोराछोरीलाई एसिड प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला…

२०७८ मंसिर ८, बुधबार १३:०४ गते  
अज्ञात पक्षद्वारा जेसीबीमा आगजनी

सोलु खोलामा निर्माणाधीन मिड सोलु हाइड्रोपावरले प्रयोग गरेको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । सोलुदूधकुण्ड नगरपालिका–६ मा हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरीराखेको प्रदेश ३–०१००३ प्र.७०४८ नम्बरको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । असोज २६ गते कार्यक्षेत्रमै…

२०७८ कार्तिक ३, बुधबार ११:०६ गते  
हम्मर प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया वडालक्ष्मी राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय छोरा लक्ष्मण राईलाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडितसँग आरोपितले पैसा मागेको र पैसा नदिएको रिसमा असोज ३ गते आमालाई फलामको हम्मरले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन…

२०७८ आश्विन ६, बुधबार ११:४५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका–८ का २७ वर्षीय डाकबहादुर राईलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

२०७८ श्रावण ३०, शनिबार १९:२३ गते  
कुटपिट घटनाका आरोपित गिरफ्तार

थुलुङदूधकोशी गाउँपालिका–९ का ५० वर्षीय प्रतिमान तामाङ र ४१ वर्षीया पशी शेर्पाबिचको सम्बन्धलाई चरित्रसँग जोडेर हातगोडा बाँधी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५० वर्षीय आङदावा शेर्पा र ४८ वर्षीया दाडेण्डी शेर्पालाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडितद्वयले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन १८ गते दिएको उजुरीका आधारमा…

२०७८ श्रावण २१, बिहीबार १२:४६ गते