अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

थुलुङ दूधकोशी गाउँपालिका–४ मा बाटो खन्ने क्रममा राखिएको स्काभेटरमा अज्ञात पक्षले असार ६ गते आगजनी गरेको प्रहरीले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका–२ स्थित जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारका लागि प्रयोग गर्दे आएको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो । थुलुङ दूधकोशी गाउँपालिका–४…

२०८० असार ८, शुक्रबार १०:०४ गते  
बलात्कारपछि हत्या घटनाका तीन जना आरोपित गिरफ्तार

थुलुङदूधकोशी गाउँपालिका–७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । थुलुङदूधकोशी गाउँपालिका–७ लुरूवाका २० वर्षीय युवराज खत्री, ५६ वर्षीय भागिधन राई र ५७ वर्षीय चरण राईलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । पीडित महिलालाई…

२०८० जेष्ठ १८, बिहीबार ११:५४ गते  
अज्ञात पक्षद्वारा महिलाको हत्या

थुलुङदूधकोशी गाँउपालिका–७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । जेठ ११ गते अज्ञात पक्षले खुकुरी प्रहार गरी राईको हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो । पीडितको शरीरका विभिन्न भागमा चोट लागेको र अर्धनग्न अवस्थामा लास भेटिएकाले हत्या…

२०८० जेष्ठ १२, शुक्रबार १२:२८ गते  
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्य प्रभावित, सामाजिक सुरक्षा भत्ता रोकियो

लिखुपिके गाउँपालिकामा दुई महिनायता प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । जसका कारण सामाजिक सुरक्षा भत्ता वितरण समेत रोकिएको छ । तत्कालीन प्रमुख प्रशासकीय पुष्प धमला ०७९ फागुन २० गते रामेछाप सरूवा भएपछि मन्त्रालयले कुनै पनि अधिकृत नखटाउँदा स्थानीय सरकारको सबै कामकाज प्रभावित भएको हो ।…

२०८० बैशाख २३, शनिबार ०९:०३ गते  
वडा कार्यालयद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी सोलुदूधकुण्ड नगरपालिका–१ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको सुरुआत गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेका कारण लाभग्राहीको घरघरमा पुगेर बैंकिङ प्रणालीमार्फत नै भत्ता वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सदरमुकाम…

२०८० बैशाख २२, शुक्रबार १९:४६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका–८ रनेमका १६ वर्षीय बालकलाई वैशाख १२ गते  गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०८० बैशाख १४, बिहीबार १५:४४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया भाञ्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी  गाउँपालिका–२ बासाका १९ वर्षीय मामालाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०७९ चैत्र २१, मंगलवार १६:२० गते  
वैवाहिक बलात्कार गरेको कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

२२ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ स्थायी घर भइ सोलुदूधकुण्ड नगरपालिकाका २६ वर्षीय पतिलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको ०७९ चैत १ गतेको इजलासले कैद सजायको फैसला गरेको हो । पीडितलाई आरोपितले ०७९ असार…

२०७९ चैत्र ३, शुक्रबार १३:३१ गते  
अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । माघ १९ गते सोताङ प्राथामिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिनु भएकी बस्नेतको रक्तश्राव नरोकिएपछि रगत अभावमा मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका डाक्टर अजय चौधरीले बताउनु भयो । अप्रेशनपछि तत्काल नै रगत चाहिएको भएपनि…

२०७९ माघ २१, शनिबार १४:०४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दूधकोशी गाउँपालिका– ३ पञ्चनका ५० वर्षीय तेजबहादुर कार्कीलाई माघ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरू माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

२०७९ माघ १५, आईतवार १९:४५ गते