वडा कार्यालयद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी सोलुदूधकुण्ड नगरपालिका–१ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको सुरुआत गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेका कारण लाभग्राहीको घरघरमा पुगेर बैंकिङ प्रणालीमार्फत नै भत्ता वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सदरमुकाम…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका–८ रनेमका १६ वर्षीय बालकलाई वैशाख १२ गते  गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

April 27, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया भाञ्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी  गाउँपालिका–२ बासाका १९ वर्षीय मामालाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

वैवाहिक बलात्कार गरेको कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

२२ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ स्थायी घर भइ सोलुदूधकुण्ड नगरपालिकाका २६ वर्षीय पतिलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको ०७९ चैत १ गतेको इजलासले कैद सजायको फैसला गरेको हो । पीडितलाई आरोपितले ०७९ असार…

March 17, 2023  
अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । माघ १९ गते सोताङ प्राथामिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिनु भएकी बस्नेतको रक्तश्राव नरोकिएपछि रगत अभावमा मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका डाक्टर अजय चौधरीले बताउनु भयो । अप्रेशनपछि तत्काल नै रगत चाहिएको भएपनि…

February 4, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दूधकोशी गाउँपालिका– ३ पञ्चनका ५० वर्षीय तेजबहादुर कार्कीलाई माघ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरू माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

January 29, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–२ बेनीका २५ वर्षीय बिक्रम श्रेष्ठलाई पुस २८ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटकपटक  बलात्कार गरेको र अन्तिम पटक पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

January 13, 2023  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोताङ गाउँपालिका–५ का ३५ वर्षीय प्रेमकुमार राईलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

December 18, 2022  
मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १६ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर महिनासम्मको अवधिमा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा सम्पन्न गरिएको हो…

December 2, 2022  
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– एमाले र गठवन्धनका कार्यकर्ताबिच झडप

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा माप्य दूधकोशी गाउँपालिका–६ मा नेकपा एमालेका कार्यकर्ता र गठवन्धनका कार्यकर्ताबिच झडप भएको छ । झडपमा संलग्न भएको आरोपमा प्रहरीले माप्य दूधकोशी गाउँपालिका–६ वाकुका २८ वर्षीय विशाल राई, २६ वर्षीय विकास राई र २९ वर्षीय सुजन राईलाई मङ्सिर २ गते गिरफ्तार…

November 19, 2022