वैवाहिक बलात्कार गरेको कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला
२२ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ स्थायी घर भइ सोलुदूधकुण्ड नगरपालिकाका २६ वर्षीय पतिलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको ०७९ चैत १ गतेको इजलासले कैद सजायको फैसला गरेको हो । पीडितलाई आरोपितले ०७९ असार…
अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । माघ १९ गते सोताङ प्राथामिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिनु भएकी बस्नेतको रक्तश्राव नरोकिएपछि रगत अभावमा मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका डाक्टर अजय चौधरीले बताउनु भयो । अप्रेशनपछि तत्काल नै रगत चाहिएको भएपनि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दूधकोशी गाउँपालिका– ३ पञ्चनका ५० वर्षीय तेजबहादुर कार्कीलाई माघ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरू माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–२ बेनीका २५ वर्षीय बिक्रम श्रेष्ठलाई पुस २८ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोताङ गाउँपालिका–५ का ३५ वर्षीय प्रेमकुमार राईलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १६ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर महिनासम्मको अवधिमा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा सम्पन्न गरिएको हो…
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– एमाले र गठवन्धनका कार्यकर्ताबिच झडप
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा माप्य दूधकोशी गाउँपालिका–६ मा नेकपा एमालेका कार्यकर्ता र गठवन्धनका कार्यकर्ताबिच झडप भएको छ । झडपमा संलग्न भएको आरोपमा प्रहरीले माप्य दूधकोशी गाउँपालिका–६ वाकुका २८ वर्षीय विशाल राई, २६ वर्षीय विकास राई र २९ वर्षीय सुजन राईलाई मङ्सिर २ गते गिरफ्तार…
ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी
नेचासल्यान गाउँपालिकाले ७५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारलाई सम्बोधनका लागि गाउँपालिकाकाले ७५ वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी खटाएको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनु भयो । ७५ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ…
स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा सेवाग्राही मर्कामा
नेचासल्यान गाउँपालिका–३ बतासेकी ३३ वर्षीया ममता राई दाँतको उपचार नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानबाट भदौ ७ गते घर फर्कँदै गरेको अवस्थामा तिङ्लामा भेटिनु भयो । गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि तीन घण्टाको पैदल यात्रापछि प्राथमिक स्वास्थ्य केन्द्र पुग्नु भएकी राईले स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचार नगराई फर्किएको गुनासो गर्नु…
स्थानीय तह निर्वाचनमा गरिएको खर्च विवरण नबुझाउनेलाई कारबाही सुरू
स्थानीय तह सदस्य निर्वाचन ०७९ मा गरेको खर्च विवरण नबुझाउने जिल्लाका ४ सय ३१ जना उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ । गएको वैशाख ३० गते सम्पन्न निर्वाचनमा ८ सय ७ जना उम्मेदवारले भाग लिएपनि आधाभन्दा धेरैले निर्वाचन आयोगले तोकेको म्याद गुज्रदासमेत चुनावी खर्च विवरण नबुझाएपछि खर्च विवरण…