यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१५ का ४० वर्षीय प्रविण अग्रवालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ १९ यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, धरानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको…

२०८० भाद्र २०, बुधबार १५:०६ गते  
कुटपिट घटनाका आरोपित गिरफ्तार

रामधुनी नगरपालिका–८ की ३५ वर्षीया केशीदेवी यादवलाई सार्वजनिक स्थानमा निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । रामधुनी नगरपालिका–८ स्थित पौडेल चौकमा ल्याएर भदौ १२ गते केशीदेवीलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरी रामधुनी नगरपालिका–८ का २८ वर्षीय सन्तोष साह र २९ वर्षीया पत्नी ललिता साहलाई भदौ १३…

२०८० भाद्र १४, बिहीबार ०८:३५ गते  
विद्यालयहाताभित्र कुटपिट भएको पीडितको आरोप, दोषीलाई कारबाहीको माग

भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित ब्रह्मदेव उराँव मण्डेला आधारभूत विद्यालयकी ४३ वर्षीया प्रधानाध्यापक सुशीलाकुमारी उराँवले आफूलाई भदौ १० गते विद्यालय हाताभित्र कुटपिट भएको आरोप लगाउनु भएको छ । विद्यालयमा पठनपाठन भइरहेको समयमा व्यक्ति रिसइवी साँध्दै भोक्राहा नरसिंह गाउँपालिका-४ का ३६ वर्षीय एहसान अञ्सारी र ३४ वर्षीय नुरजाहा खातुनले विद्यालयभित्र प्रवेश गरी…

२०८० भाद्र ११, सोमबार १८:१० गते  
धरानमा प्रशासनद्वारा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय, सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। धरानमा धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले भदौ ८ गते राति १२ बजेबाट भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो । धरानमा भदौ…

२०८० भाद्र ८, शुक्रबार १७:४८ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-४ की ३५ वर्षीया सीता लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति दीपने लिम्बूलाई गिरफ्तार गरेको छ । इटहरी उपमहानगरपालिका-४ स्थित टेङग्रा खोलामा सीताको शङ्कास्पद अवस्थामा साउन ३२ गते शव फेला परेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडित पक्षले ०८० साउन ३२ गते प्रहरीमा दिएको किटानी उजुरीका…

२०८० भाद्र १, शुक्रबार १५:१७ गते  
जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएको पत्रकारको आरोप

बराहक्षेत्र नगरपालिका–४ का २८ वर्षीय पत्रकार सुविन विश्वकर्माले बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ । मेयर कार्कीले बराहक्षेत्र नगरपालिकाका, मेयरको सचिवालयमा कार्यरत बराहक्षेत्र नगरपालिका-६ का ३६ वर्षीय सुरज भनिने महेश क्षेत्रीलाई प्रयोग गरी साउन ९ गते ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारको आरोप…

२०८० श्रावण १०, बुधबार १२:१५ गते  
धरानमा डेङ्गीका बिरामी अत्यधिक, टेष्ट किट उपलब्ध गराउन तीन तहका सरकारलाई आग्रह

धरान उपमहानगरपालिका–११, १५ र १७ का स्थानीयमा डेङ्गीको सङ्क्रमण अत्यधिक पाइएको छ । [caption id="attachment_58927" align="alignnone" width="1600"] घोपामा डेङ्गी जाँचका लागि सञ्चालित क्लिनिक[/caption] डेङ्गीका विरामीहरूको चाप बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपाले डेङ्गी टेष्ट(र्‍यापिड) किट उपलब्ध गराउन तीन तहका सरकारलाई आग्रह गरेको छ । धरान उपमहानगरपालिका दिएको ५…

२०८० श्रावण ३, बुधबार १७:५१ गते  
चोरी आरोप स्वीकार गर्न दबाब दिएर प्रहरीले यातना दिएको पीडित पक्षको आरोप

हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका १६ वर्षीय बालकलाई चोरी आरोप स्वीकार गर्न दबाब दिएर हिरासत कक्षमा प्रहरीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । मोटरसाइकलको पार्टपूर्जा चोरी गरेको आरोपमा प्रहरीले बालकलाई ०८० असार २५ गते गिरफ्तार गरेको र सोही दिन हिरासत कक्षमा चोरी आरोप स्वीकार गर्न दबाब दिएर यातना दिएको…

२०८० असार २७, बुधबार १३:२० गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले देवानगञ्ज गाउँपालिका–७ राजगञ्ज सिनुवारीका ४० वर्षीय शङ्कर यादवविरूद्ध असार २१ गते प्रहरीमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०८० असार १५ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजकुमार राईले बताउनु भयो । पीडित पक्षको उजुरीलगत्तै फरार भएका…

२०८० असार २२, शुक्रबार १३:१५ गते  
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम असार ३ गते सुनसरीको इनरुवामा सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न गरिएको समीक्षामा सरोकारवालाहरुले देशमा शासन प्रणाली परिवर्तन भई केही विकासको क्रम बढेको भएपनि नागरिकले विधिको शासन,…

२०८० असार ५, मंगलवार ०८:३१ गते