मानव अधिकार आयोगद्वारा सुनसरीका पत्रकार र अधिकारकर्मीसँग अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सुनसरीका अधिकारकर्मी र पत्रकारसँग आगामी निर्वाचनमा हुन सक्ने अधिकार हनन् र त्यसको न्यूनीकरणका लागि गर्न सकिने पहलका बारेमा छलफल गरेको छ । अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय निर्देशक झङ्कर रावलले जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी र त्यसले मानव अधिकारको…

२०७४ जेष्ठ ३, बुधबार २०:५१ गते  
सेवाप्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सुनसरी जिल्लाका सेवा प्रदाय निकायका प्रमुख तथा प्रतिनिधि र सेवाग्राहीबिच चैत २९ गते इनरुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा इन्सेकका पूर्वाञ्चल…

२०७३ चैत्र २९, मंगलवार २१:०८ गते  

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७३ चैत १ गते जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा अनुभव आदानप्रदान कार्यक्रम सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । इन्सेकद्वारा सुनसरीको इनरुवा नपा-७ र गढी गाउँपालिका-२ साविक चाँदवेला र औरावनी गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम र…

२०७३ चैत्र १, मंगलवार २१:१३ गते  
सप्तरी घटनाका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको सङ्ख्या पाँच

सप्तरीको बसविट्टी गाविस-५ मा फागुन २३ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते जमुनी मधेपुरा गाविस-२ का ५७ वर्षीय इनर यादवको उपचारका क्रममा फागुन २७ गते दिउँसो मृत्यु भएको छ । यादवको मृत्युसँगै उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि…

२०७३ फाल्गुन २७, शुक्रबार १६:४२ गते  
सप्तरीमा गोली लागि घाइते भएका एकको उपचारका क्रममा मृत्यु

सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते भएका मलेठ गाविस-२ का ३८ वर्षीय विरेन्द्रकुमार महतोको उपचारका क्रममा फागुन २५ गते मृत्यु भएको छ । पेटमा गोली लागेका उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उपचारका क्रममा बिहान पौने ९ बजे विरेन्द्रको मृत्यु…

२०७३ फाल्गुन २५, बुधबार १४:३७ गते  
सप्तरी घटनाका घाइतेको उपचार हुँदै

सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते ६ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । राजविराजमा फागुन २३ गते नेकपा एमालेले गरेको आमसभाविरुद्ध प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु र ६ जना…

२०७३ फाल्गुन २४, मंगलवार २०:०३ गते  
बालिकाको बलात्कारपछि हत्या गरिएको पीडित परिवारको आरोप

चाँदबेला गाविस-९ की ११ वर्षीया अमिताकुमारी मुडियारीको फागुन १२ गते बलात्कारपछि हत्या भएको पीडित परिवारले आरोप लगाएको छ । फागुन १२ गते राति छिमेकीको विवाह भइरहेको ठाउँबाट बेपत्ता भएकी बालिकाको शव हत्या गरिएको अवस्थामा फागुन १४ गते घरदेखि पर खेत जाने बाटोको हृयुमपाइप भित्र भेटिएपछि पीडित परिवारले यस्तो आरोप लगाएको…

२०७३ फाल्गुन १४, शनिबार २०:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहवीले छिटाहा गाविस-६ का १९ वर्षीय अजयकुमार उरावलाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शैलेन्द्र न्यौपानेले…

२०७३ माघ २९, शनिबार २२:३४ गते  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि नागरिकको पहुँच स्थापित गर्ने उद्धेश्यले नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव प्रमोद यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुस २३ गते…

२०७३ पुष २३, शनिबार २१:४० गते  
बालिका हत्या बारे राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादव हत्याको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ । मङ्सिर २१ गते बिहानै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन गएकी बालिकाको हत्या भएको थियो । बालिकाको हत्या भएको एक महिना बित्दा पनि हत्यारा पत्ता नलागेपछि आयोगले अनुसन्धान सुरु गरेको…

२०७३ पुष २१, बिहीबार २१:२५ गते