प्रिन्सिपलको कुटाईबाट विद्यार्थी घाइते
कक्षा १० मा अध्ययनरत कोशी गाउँपालिका-७ हरिपुरका १७ वर्षीय बालक गौतम पाठक आफ्नै विद्यालयका प्रिन्सिपलको कुटाइबाट घाइते भएका छन् । साथीसाथीको भनाभनको विषयलाई लिएर असार १० गते १२ बजेको समयमा सुनसरी सदरमुकाम इनरूवा नगरपालिका-४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रिन्सिपल ओमप्रकाश यादव सहितका शिक्षकहरूले रबरको पाइपले निर्घात कुटपिट गरेको पीडित पाठकले…
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा स्थानीय तहमा परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत इन्सेक विराटनगरको आयोजनामा स्थानीय तहस्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते सुनसरीको गढी गाउँपाकिलाको औरावनीमा सम्पन्न गरिएको हो ।…
अज्ञात समूहले चलाएको गोलीले एक जना घाइते
देवानगञ्ज गाउँपलिका-७ राजगञ्जसिनुवारीमा असार ३ गते मध्यराति गोली चलेको छ । अज्ञात व्यक्तिहरूको समूहले चलाएको गोली लागी राजगञ्जसिनुवारीका चन्दन यादव घाइते भएका छन् । स्थानीय चन्दन यादवलाई लक्षित गरेर राति गोली चलेको र टाउकोमा गोलीको छर्रा लागेर यादव घाइते भएको स्थानीयहरूले बताएका छन् । गोलीको छर्रा लागेर यादव घाइते भएका…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या
बराहक्षेत्र नगरपालिका-९ राजाबासकी ३६ वर्षीया साधना कविरथलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी असार १ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले बताए । कविरथलाई घरदेखि २ सय मिटर टाढा आफ्नै खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फ्याँकिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बालविवाह गरी भारत पुर्याएको आरोपमा पञ्हरीले बिहार राज्य सुपौल जिल्लाको बाइसी ग्राम पञ्चायत-४ का २५ वर्षीय रामकुमार मुखियालाई जेठ ३१ गते गिरफ्तार गरेको छ । प्रहरीले आरोपितलाई नेपाल-भारत सीमा क्षेत्रमा पर्ने कोशी गाँउपालिका-८ भण्टाबारीबाट गिरफ्तार गरेको हो । मुखियाको घरबाट भागेर नेपाल आउने क्रममा मुखियाले ती बालिकालाई…
कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार
हरिनगर गाउँपालिका-४ की २२ वर्षीया बबिता मेहतालाई कथित बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । बोक्सीको आरोप लगाँउदै परिवारका सदस्यले जेठ १९ गते कुटपिट गरेको पीडितले बताइन् । स्थानीय बागेश्वरी मन्दिरमा पुजापाठ गरे आफ्नी अढाई वर्षीया अबोक छोरीको बोली आउने भनेर छिमेकीले दिएको सल्लाह अनुसार मन्दिरमा पुजापाठ गरेपछि परिवारका सदस्यले…
शिक्षकको कुटपिटका कारण एक विद्यार्थी घाइते
जनता माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत रामधुनी नपा-४ का १३ वर्षीय निखिल चौधरीलाई सोही विद्यालयका सह-प्रधानाध्यापकले कुटपिट गरेका कारण गोलीगाँठो खुस्किएको भन्दै पीडित पक्षले विद्यालय घेराउ गरेको छ । पीडित पक्षसहित स्थानीयले जेठ १४ गते रामधुनी नपा-४ सिङ्गियास्थित जनता माध्यमिक विद्यालय घेराउ गरेका हुन् । उनीहरूले बालकको उपचार खर्च…
इन्सेकको स्थानीय तहस्तरीय अनुगमन र अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको दुई स्थानीय तहमा अनुगमन तथा अन्तरक्रिया गरिएको छ । इनरुवा नगरपालिका-७ चाँदवेला तथा गढी गाउँपालिकाको औरावनीमा स्थानीय तहस्तरीय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक अनुगमन तथा अन्तरक्रिया कार्यक्रम वैशाख ३१ गते…
बालविवाह, बहुविवाह र शारीरिक यातनाबाट पीडित बालिका 'आमा' जीवन मरणको दोसाँधमा
१२ वर्षको कलिलो उमेरमा विवाह गरेकी इनरुवा नगरपालिका-४ की १३ वर्षीया ममता मरिकका सुत्केरी पछिका दिन निकै पीडादायी बन्दै आएका छन् । वैशाख २२ गते छोरीकी आमा बनेकी ममता आफूलाई त राम्रोसँग स्याहारसुसार गर्न जान्दिनन् भने त्यसमाथि परिवारको टोकसो र किचलोले घरबाट निकालिपछि उनी थप पीडा र हिंसाको चपेटामा छिन्…
बलात्कारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै महिला समूहद्वारा प्रदर्शन
बलात्कारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै माघ २३ गते इटहरी २० का महिला समूह र विभिन्न सङ्घसंस्थाले इटहरी उमनपा-२० तरहरा बजारमा प्रदर्शन गरेका छन् । संयुक्त महिला सञ्जालको अगुवाईमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागीतामा 'प्ले कार्ड' बोकेका सहभागीले वडा कार्यालय र प्रहरी चौकी तरहरा पुगेर दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका…