बाल अधिकारसम्बन्धी तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुनसरीको इटहरीमा असोज २८ गतेदेखि सुरू भएको छ । तीन दिनसम्म चल्ने तालिममा मोरङ, सुनसरी र सिरहाका १२ ओटा विद्यालमया रहेका बाल अधिकार चेतना समूहका पदाधिकारी तथा सदस्यहरू सहभागी छन्…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी टेलिभिजन सम्वाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सुनसरीको इनरुवा नपा-१०, सिमरियामा असोज २७ गते शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र सुरक्षासम्बन्धी टेलिभिजन सम्वाद सम्पन्न भएको छ । मकालु टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रममा दुहवी नपा-१० का स्थानीय बासिन्दाले आफ्ना समस्या राखेका थिए । सर्वसाधारणको जिज्ञासाको, दुहवी नगरपालिकाका मेयर बेद गच्छदार,…
परियोजना सल्लाहाकार समितिको समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा असोज २३ गते जिल्ला परियोजना सल्लाहाकार समितिको समन्वय बैठक इनरुवामा सम्पन्न भएको छ । बैठकमा इन्सेकले सुनसरीको इनरुवा नपा-७ र गढी गाउँपालिका-२ मा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने र दुहवी नपा-१० मा सञ्चालित कियोस परियोजनाको गतिविधि र…
तलाक दिन नमान्दा कुटिएकी महिला सेफ हाउसमा
दुहवी नपा-८ की २६ वर्षीया सैरा खातुनलाई तलाक दिन नमानेको भन्दै साउन १३ गते सोही वडाका वडाध्यक्ष ४५ वर्षीय मेहदी हुसैनको रोहवरमा १२ घण्टा इँटा बोकाएर यातना दिइएको छ । साथै उनीमाथि कुटपिट समेत भएको पीडित पक्षले आरोप लगाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको इनरुवा अस्पतालको एकद्वार सङ्कट…
जिल्ला स्तरीय अर्न्तक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार ३१ गते सुनसरी सदरमुकाम इनरुवामा स्थानीय तहमा शिक्षाको अधिकारका सवाल विषयक अर्न्तक्रिया सम्पन्न भएको छ । समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजना अन्तर्गत भएको कार्यक्रममा स्थानीय तहले शिक्षा क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा छलफल भएको थियो ।…
धरानमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा निष्कृय
धरान उपमहानगरपालिका-१५ साम्पाङचोकमा असार १३ गते बिहान दुई अलगअलग स्थानमा विष्फोटक पदार्थ भेटिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको छ । झोलामा विष्फोटक पदार्थ राखी झोलाको बाहिरी भागमा 'यो बम हो, खतरा छ !' भनी लेखेर सार्वजनिक ठाउँमा छोडिएपछि स्थानीय आतङ्कित भएका थिए । स्थानीयले प्रहरीललाई खबर…
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्तामाथि आक्रमण
इटहरी उपमहानगरपालिका-१७ स्थित नेकपा एमालेका वडा सह-संयोजक ४४ वर्षीय पदम सञ्जेललाई असार १२ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको एक समूहले आक्रमण गरेको छ । पीडित एमाले कार्यकर्ता सञ्जेल राति बिरामी आफन्तलाई भेटन गएको बेला काङ्ग्रेसका कार्यकर्ताहरू हर्क कार्की, खेम पन्धाक, चन्दन नायक, पदम राई, महेन्द्र राईलगायतले आक्रमण गरेको पीडित पक्षले…
एमालेबाट मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट
स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार ५२ वर्षीय तारा सुब्बाको घरमा असार १२ गते बिहान बम विष्फोट भएको छ । धरान उपमहानगरपालिका-११ मा रहेको सुब्बाको घरको कम्पाउण्ड भित्र सुतली बम विष्फोट भएको हो । दुईजनाको समूहले बम फालेर भागेको केही समयपछि नै विष्फोट भएको स्थानीयले बताएका…
उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग
राप्रपा सुनसरीले असार ८ गते इटहरीमा पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष रोहित कार्कीले स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका-९ बाट वडा अध्यक्ष पदका आफ्ना उम्मेदवार ३५ वर्षीय श्याम पोखरेल र सदस्य पदका उम्मेदवार ३८ वर्षीय खड्गकुमार…
लोकतन्त्रमा जनताले निशर्त मतदान गर्न पाउनुपर्छः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा जनताले निशर्त मतदान गर्न पाउनुपर्ने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार २ गते सुनसरीको इटहरीमा आयोजना गरेको मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रियामा अध्यक्ष प्याकुरेलले मत माग्नका लागि जनतालाई थर्काउन, धम्क्याउन र शर्त राख्न नपाइने बताए । मतदानका…