डिएसपीको नेमप्लेट लेखेको ज्याला माग्दा सईद्वारा कुटपिट गरेको आरोप

इटहरी उमनपा-१६ का ३४ वर्षीय मनोज पञ्जियारलाई इलाका प्रहरी कार्यालयका डिएसपीको नेमप्लेट लेखेको पैसा माग्न जाँदा सई रामचन्द्र पोखरेलले भदौ १० गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । तीन दिन अगाडि सरुवा भएर आएका डिएसपी नरेशराज सुवेदीको नेमप्लेट लेखेको पैसा लिन जाँदा बिल बढी भएको भन्दै सईले कुटपिट गरेको…

August 26, 2016  
गणतन्त्र सत्तामा मात्र आयो नागरिकसम्म पुगेनः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको सत्तामा गणतन्त्र आएपनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन् । जागरण नेपालले सुनसरीको सदरमुकाम इनरुवामा भदौ ६ गते आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राज्यले दायित्व पूरा गर्न नसकेकाले नागरिकले गणतन्त्र आएको अनुभूति गर्न नपाएको बताएका हुन् ।…

August 23, 2016