यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावुलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १२ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालिकाकी आमाले घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय पकलीमा मङ्सिर…

२०७५ मंसिर १४, शुक्रबार २०:४२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार 

१४ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–३ का २१ वर्षीय उमेश विष्टलाई मङ्सिर ८ गते गिरफ्तार  गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २ गते उजुरी दिएको थियो । घटना लगत्तै आरोपित फरार भएका थिए ।…

२०७५ मंसिर ८, शनिबार १८:३८ गते  
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा जिल्ला अदालतमा मुद्दा दर्ता

कोशी गाँउपालिका–८ की ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा न्यायको माग गर्दै जिल्ला अदालतमा मङ्सिर ६ गते मुद्दा दर्ता गराएकी छिन् । घरेलु हिंसा पीडित बुचीयादेवीले न्यायको माग गर्दै यसअघि पटकपटक न्यायिक समिति र प्रहरीमा उजुरी दिएपनि न्याय नपाएको भन्दै इन्सेक प्रतिनिधिसँग न्यायका…

२०७५ मंसिर ७, शुक्रबार २१:२३ गते  
प्रहरीले उजुरी नलिएको पीडितको गुनासो

कोशी गाउँपालिका–८ हरिपुरकी ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले न्यायको माग गर्दै दिएको उजुरी प्रहरीले नलिएको गुनासो गरेकी छिन् । तीन वर्ष अघि पति रोजगारीका लागि विदेश गएपछि परिवारका सदस्यले चरित्रमाथि आरोप लगाँउदै कुटपिट र मानसिक यातना दिने गरेकाले न्यायको माग गर्दै पटकपटक प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडितले…

२०७५ मंसिर ५, बुधबार १५:२७ गते  
बलात्कार घटनाको उजुरी ढिलाइका कारण आरोपित फरारः प्रहरी

१४ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ढिलो गरी उजुरी दिँदा आरोपित फरार भएको प्रहरीले जनाएको छ । बराहक्षेत्र नगरपालिका-३ का २१ वर्षीय उमेश विष्टले कात्तिक २९ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २ गते प्रहरीमा उजुरी दिँदा आरोपित फरार भएको एसपी राजन अधिकारीले…

२०७५ मंसिर ५, बुधबार १४:४३ गते  
अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागि एकको मृत्यु

दुहबी नगरपलिका-९ सोनापुरमा मङ्सिर ५ गते बिहान साँढे ६ बजे मर्निङ वाकमा निस्किएका सोही ठाउँका ५० वर्षीय फिदा हुसेनलाई अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका अपरिचित दुई जना व्यक्तिले प्रहार गरेको गोली लागेर घटनास्थलमै हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी राजन अधिकारीले…

२०७५ मंसिर ५, बुधबार १२:१४ गते  
प्रहरीले अधिवक्तालाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

सुनसरीको गढी गाउँपालिका–२ निवासी ४१ वर्षीय अधिवक्ता विनोदकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय दुहवीका प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कानुनी शासनको वकालत तथा मानव अधिकार रक्षाका लागि प्रतिवद्ध रही क्रियाशील चौधरीलाई कात्तिक ३० गते इलाका प्रहरी कार्यालय हाता भित्रै प्रहरीले दुर्व्यवहार गरेका हुन् । पीडित चौधरीले भने–‘सवारी दुर्घटनाको…

२०७५ मंसिर २, आईतवार १८:१७ गते  
घरेलु हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

घरेलु हिंसा पीडित २५ वर्षीया कविता मेहतालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आर्थिक सहयोग गरेको छ । हिंसा पीडित कविताका बालबालिकालाई लुगाकपडामा सामान्य सहयोग पुग्ने गरी इन्सेकले वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रममा २ हजार रुपियाँ सहयोग गरिएको हो । इन्सेक सुनसरीले कात्तिक ३० गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा आफ्नो समिक्षा…

२०७५ मंसिर १, शनिबार २०:१८ गते  
सुनसरीमा १० महिनामा ७० ओटा बलात्कारका घटना

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सुनसरी सदरमुकाम इनरूवामा कात्तिक ३० गते सम्पन्न गरिएको छ । सन् २०१८ को जनवरी १ देखि हालसम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ३८ ओटा घटनामा १ सय ५९ जना पीडित भएको…

२०७५ मंसिर १, शनिबार २०:१४ गते  
अवैध रूपमा मागिएको रकम नदिँदा प्रहरीद्वारा कुटपिट

अवैध रूपमा मागिएको रकम नदिँदा सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका–७ नरसिंहकी शोभा मेहतालाई उल्टी अस्थायी प्रहरी चौकीका असई गजेन्द्र कटुवालले कुटपिट गरेका छन् । पीडित महिलाले घर सञ्चालनका लागि सीमापारीबाट समान ल्याउने क्रममा कात्तिक १७ गते कटुवालले सीमामा रोकेर सोधपुछ समेत नगरी थप्पडले हिर्काएर आक्रमण गरेको स्थानीयहरूले बताएका छन् ।…

२०७५ कार्तिक २१, बुधबार १६:१६ गते