शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयमा जिल्ला स्तरीय अन्तर्क्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस १३ गते सुनसरी सदरमुकाम इनरूवामा शिक्षा, स्वाथ्य र खाद्य अधिकारका विषयमा जिल्लास्तरीय अर्न्तक्रिया सम्पन्न भएको छ । अन्तर्क्रियामा सुनसरी जिल्लाका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा भएका समस्याबारे छलफल भएको छ । कार्यक्रममा सुनसरीका सरकारी विद्यालयहरू समयमा नखुल्ने तथा समयसम्म…
इटहरीमा बम विष्फोट, पाँचजना घाइते
इटहरी उमनपा-९ मा मङ्सिर १४ गते मध्यान्ह भएको बम विष्फोटमा परी पाँच जना घाइते भएका छन् । विष्फोटमा परी इटहरी-९ का १४ महिनाका बालक यमन न्यौपाने, १६ वर्षीया शर्मिना अधिकारी, ४० वर्षीय धनबहादुर श्रेष्ठ, ४५ वर्षीय कुमारी कटुवाल र १६ वर्षीया सिर्जना अधिकारी घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी…
एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवारको घरमा बम विष्फोट
सुनसरीको क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार जयकुमार राईको घरमा ०७४ मङ्सिर ७ गते साँझ बम विष्फोट भएको छ । धरान उमनपा-१५ स्थित जयकुमार राईको घरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले बताए । स्कुटरमा चढेर आएका दुई व्यक्तिले राईको आगनमा पाइप…
बाल अधिकारसम्बन्धी तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुनसरीको इटहरीमा असोज २८ गतेदेखि सुरू भएको छ । तीन दिनसम्म चल्ने तालिममा मोरङ, सुनसरी र सिरहाका १२ ओटा विद्यालमया रहेका बाल अधिकार चेतना समूहका पदाधिकारी तथा सदस्यहरू सहभागी छन्…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी टेलिभिजन सम्वाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सुनसरीको इनरुवा नपा-१०, सिमरियामा असोज २७ गते शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र सुरक्षासम्बन्धी टेलिभिजन सम्वाद सम्पन्न भएको छ । मकालु टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रममा दुहवी नपा-१० का स्थानीय बासिन्दाले आफ्ना समस्या राखेका थिए । सर्वसाधारणको जिज्ञासाको, दुहवी नगरपालिकाका मेयर बेद गच्छदार,…
परियोजना सल्लाहाकार समितिको समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा असोज २३ गते जिल्ला परियोजना सल्लाहाकार समितिको समन्वय बैठक इनरुवामा सम्पन्न भएको छ । बैठकमा इन्सेकले सुनसरीको इनरुवा नपा-७ र गढी गाउँपालिका-२ मा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने र दुहवी नपा-१० मा सञ्चालित कियोस परियोजनाको गतिविधि र…
तलाक दिन नमान्दा कुटिएकी महिला सेफ हाउसमा
दुहवी नपा-८ की २६ वर्षीया सैरा खातुनलाई तलाक दिन नमानेको भन्दै साउन १३ गते सोही वडाका वडाध्यक्ष ४५ वर्षीय मेहदी हुसैनको रोहवरमा १२ घण्टा इँटा बोकाएर यातना दिइएको छ । साथै उनीमाथि कुटपिट समेत भएको पीडित पक्षले आरोप लगाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको इनरुवा अस्पतालको एकद्वार सङ्कट…
जिल्ला स्तरीय अर्न्तक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार ३१ गते सुनसरी सदरमुकाम इनरुवामा स्थानीय तहमा शिक्षाको अधिकारका सवाल विषयक अर्न्तक्रिया सम्पन्न भएको छ । समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजना अन्तर्गत भएको कार्यक्रममा स्थानीय तहले शिक्षा क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा छलफल भएको थियो ।…
धरानमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा निष्कृय
धरान उपमहानगरपालिका-१५ साम्पाङचोकमा असार १३ गते बिहान दुई अलगअलग स्थानमा विष्फोटक पदार्थ भेटिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको छ । झोलामा विष्फोटक पदार्थ राखी झोलाको बाहिरी भागमा 'यो बम हो, खतरा छ !' भनी लेखेर सार्वजनिक ठाउँमा छोडिएपछि स्थानीय आतङ्कित भएका थिए । स्थानीयले प्रहरीललाई खबर…
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्तामाथि आक्रमण
इटहरी उपमहानगरपालिका-१७ स्थित नेकपा एमालेका वडा सह-संयोजक ४४ वर्षीय पदम सञ्जेललाई असार १२ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको एक समूहले आक्रमण गरेको छ । पीडित एमाले कार्यकर्ता सञ्जेल राति बिरामी आफन्तलाई भेटन गएको बेला काङ्ग्रेसका कार्यकर्ताहरू हर्क कार्की, खेम पन्धाक, चन्दन नायक, पदम राई, महेन्द्र राईलगायतले आक्रमण गरेको पीडित पक्षले…