इन्सेकद्वारा झुम्का कारागारको अनुगमन

कोशी प्रदेशकै सबै भन्दा ठूलो कारागार झुम्का क्षेत्रीय कारागारको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले माघ १९ गते कारागारको अनुगमन गरेको छ । इन्सेक कोशी प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, उच्च वार विराटनगर, मानव अधिकार अनुगमन समितिका अनिल खड्का, मानव अधिकारविज्ञ कोषराज न्यौपानेलगायतको समूहले कारागारको अनुगमन गरेको हो…

२०८० माघ २०, शनिबार ०९:३५ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

इनरुवा नगरपालिका-८ गणेशपुर ऋषिदेव टोलका ७० वर्षीय ज्येष्ठ नागरिक चिकचिलिया ऋषिदेवको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीउ चिवु ऋषिदेवलाई माघ १५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० माघ ११ गते बाबुलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चिकिचिलियाको उपचारका क्रममा माघ १५ गते कोशी…

२०८० माघ १७, बुधबार ०९:०७ गते  
मोसो दल्ने प्रयास घटनाका आरोपित गिरफ्तार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) का कायम मुकायम उपकुलपति प्राध्यापक डाक्टर प्रह्लाद कार्कीलाई मोसो दल्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई माघ १६ गते गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा सदीप सिर्पाली, निशान कटवाल र खेम थापा रहेको प्रहरीले जनाएको छ । उपकुलपतिलाई ०८० माघ १६ गते मोसो…

२०८० माघ १६, मंगलवार १५:४० गते  
वातावरण संरक्षणका लागि अन्तरक्रिया सम्पन्न

देवानगञ्ज गाउँपालिकामा वातावरण संरक्षणको लागि सरोकारवालाको भूमिका विषय अन्तरक्रिया कार्यक्रम पुस २५ गते सम्पन्न गरिएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको सहयोगमा मानव अधिकार समूह देवानगञ्जको आयोजनामा सम्पन्न भएको कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षणमा जोड दिएका छन् । कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालय, कार्यक्रम अधिकृत बागमती कट्टेलले भावी पुस्ताका लागि…

२०८० पुष २५, बुधबार १८:१३ गते  
प्रहरीले कुटपिट गरेको पीडितको आरोप

इनरूवा नगरपालिका-८ का २६ वर्षीय राजेश मण्डल र सोही ठाउँका २२ वर्षीय विवेक मण्डलले आफूहरूलाई प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपाबाट उपचार गराएर घर फर्किने क्रममा इनरूवा नगरपालिका-३ सखुवागाछी चौक प्रहरीले ०८० पुस २१ गते कुटपिट गरेको पीडितको आरोप छ ।…

२०८० पुष २४, मंगलवार ११:०२ गते  
शिक्षकले कुटपिट गरेको पीडितको आरोप

इनरूवा नगरपालिका-९ का १५ वर्षीय बालक सुमितकुमार चौधरीले शिक्षकले कुटपिट गरेको आरोप लगाउनु भएको छ । इनरूवा नगरपालिका-९ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुमितकुमार चौधरीले ५७ वर्षीय शिक्षक तेजनारायण यादवले ०८० पुस ५ गते कक्षा कोठामा कुटपिट गरेको आरोप लगाउनु भएको छ । सप्तरी जिल्ला, तिरहुत गाउँपालिका-३…

२०८० पुष ७, शनिबार ११:३० गते  
हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र छोरालाई खोज्दै घर पुगेका आरोपितले आमालाई चक्कु प्रहार गरी हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय, इटहरीका इन्स्पेक्टर कैलाश चौधरीले बताउनु…

२०८० मंसिर २४, आईतवार १७:१९ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-२ राईटोलकी ७० वर्षीया ज्येष्ठ नागरिक मधुमाया पुरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय सन्तोष राईलाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा आरोपितले मधुमायालाई मङ्सिर १८ गते खुकुरी प्रहार गरेको र पीडितको उपचारका क्रममा तरहरा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

२०८० मंसिर १९, मंगलवार ११:४८ गते  
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालमा इन्सेक सदस्य

लैङ्गिक हिंसा नियन्त्रणका लागि जिल्लामा गठन गरिएको सञ्जालमा इन्सेकलाई सदस्यमा चयन गरिएको छ । जिल्लामा गठन गरिएको सञ्जालमा इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवलाई सदस्यका रूपमा चयन गरिएको छ । जिल्ला  प्रहरी कार्यालयले कात्तिक २४ गते आयोजना गरेको सञ्जाल गठन कार्यक्रममा इन्सेक प्रतिनिधिसहित २१ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण समिति गठन गरिएको…

२०८० कार्तिक २५, शनिबार ०७:४६ गते  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बेचबिखनका लागि भारत लैजान खोजेको आरोपमा प्रहरीले भारत स्थायी घर भइ इनरूवा नगरपालिका-२ मा बस्दै आएका २० वर्षीय शङ्कर सरदारलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक २१ गते कोशी गाउँपालिका-८ भण्टावारी भीमनगर नाकाबाट भारततर्फ लैजान खोजेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

२०८० कार्तिक २२, बुधबार १६:५१ गते