हिरासतमा यातना दिइएको पीडित पक्षको आरोप
देवानगञ्ज गाउँपालिका-२ का २३ वर्षीय बाजुद्दिन अञ्सारीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा यातना दिइएको पीडित परिवारले आरोप लगाएको छ । मुस्लिम समुदायको मोहरम पर्वका बेलामा ०८१ साउन २ गते बाख्रा चोरेको आरोपमा अनुसन्धानका लागि गिरफ्तारी पश्चात हिरासतमा राखिएका अञ्सारीलाई प्रहरीले यातना दिएको बाजुद्दिनकी ५५ वर्षीया आमा जलेखा खातुनले बताउनु भयो…
पत्रकारमाथि हातपात घटनाका आरोपित गिरफ्तार
धरान उपमहानगरपालिका-८ की २८ वर्षीया पत्रकार रञ्जीता धमलालाई हातपात गरेको आरोपमा प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान(घोपा) मा उपचारका क्रममा ०८१ साउन २ गते पुगेको अवस्थामा आफूमाथि ६ जनाले हातपात गरेको पत्रकार धमलाको आरोप छ । पत्रकार धमलामाथि हातपात गरेको आरोपमा प्रहरीले घटनास्थलबाटै…
बालक हत्या घटनाका आरोपित गिरफ्तार
बराहक्षेत्र नगरपालिका-३ विस्थापित टोलका ६ वर्षीय बालक अवि विकको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय वीरबहादुर विकलाई गिरफ्तार गरेको छ । बालकले कानमा लगाएको सुनको मुन्द्रा खोस्ने क्रममा आरोपितले बालकलाई ०८१ साउन १ गते कुटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो । मादक पदार्थ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम असार २१ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई असार १३ गते गिरफ्तार गरेको छ । इटहरी उपमहानगरपालिका-१ स्थायी घर भइ धरान उपमहानगरपालिका-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ४५ वर्षीय गोपाल गुरागाईँलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले…
वातावरणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न
बर्जु गाउँपालिकामा कोशी प्रदेशस्तरीय वातावरण संरक्षण र सम्वद्र्धनका लागि स्थानीय तहका नीति तथा कानून र त्यसको कार्यान्वयनको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा वातावरण संरक्षण र सम्वद्र्धनका लागि स्थानीयतहका नीति तथा कानून र त्यसको कार्यान्वयनको अवस्था विषयक प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न गरिएको…
कुटपिट घटनाका आरोपित शिक्षक गिरफतार
इटहरी उपमहानगरपालिका-१६ की १४ वर्षीया बालिका अंशल बुढाथोकीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३७ वर्षीय शिक्षक पूर्णप्रसाद पोखरेललाई गिरफ्तार गरेको छ। गृहकार्य नगरेको आरोपमा शिक्षकले ०८१ जेठ १६ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले आरोपितविरुद्ध जेठ १७ गते इलाका प्रहरी कार्यालय, इटहरीमा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटना आरोपित गिरफ्तार, धम्की आएको पीडित पक्षको गुनासो
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-२ का २० वर्षीय हेमनारायण मेहतालाई गिरफ्तार गरेपछि आरोपित पक्षले धम्की दिएको पीडित परिवारले गुनासो गरेको छ । १२ वर्षीया छोरीलाई ०८१ वैशाख ५ गते हेमनारायण मेहताले बलात्कार गरेको र मेहताविरूद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित पक्षले ज्यान…
मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम
देवानगञ्ज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम वैशाख २५ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको सहकार्य, देवानगञ्ज गाउँपालिकाको सहयोग र मानव अधिकार समूह देवानगञ्ज तथा डी.एन.नेपाल बहुउद्देश्यीय प्रा.लि.को आयोजनामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको हो…
धम्की दिएको पत्रकारको आरोप
हरिनगर गाउँपालिका-२ का २१ वर्षीय पत्रकार रूपेशकुमार मोचीले आफूलाई धम्की आएको बताउनु भएको छ । मुस्लिम समुदायका युवाले समाचार लेखेको विषयलाई धम्की दिएको पीडित पत्रकारको आरोप छ । हरिनगर गाउँपालिका-२ मा ०८० चैत २३ गते मुस्लिम समुदायका युवाले धर्मको विरोध गरेको आरोपमा एक जना युवालाई सार्वजनिक रूपमै कुटपिट गरेको विषयमा…