न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन

४१ वर्षीया महिलाले यौन दुर्व्यवहार घटनामा प्रहरीले आरोपितविरूद्ध उजुरी दर्ता नगरेको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह गर्नु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका-७ का ४७ वर्षीय महमद मियाँले ०८१ साउन २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा मियाविरूद्ध उजुरी दिँदा जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडितको आरोप छ ।…

२०८१ भाद्र २०, बिहीबार ०६:३९ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका-३ माछाभौडीकी १४ वर्षीया युनिसा साहीको हत्या गरेको आरोपमा प्रहरीले संखुवासभा जिल्ला, खाँदवारी नगरपालिका-२ स्थायी घर भइ धरान उपमहानगरपालिका-३ माछाभौडी बस्दै आएका २३ वर्षीय भविन बराललाई भदौ ११ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा आरोपितले ०८१ भदौ ११ गते १४ वर्षीया बालिका र बालिकाकी ३७ वर्षीया आमा…

२०८१ भाद्र ११, मंगलवार २०:४३ गते  
बालक कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

इनरूवा नगरपालिका-९ बवियाका १४ वर्षीय बालक सागर यादवलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले दुई जनाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । १४ वर्षीय बालकलाई ०८१ भदौ १० गते कुटपिट गरेको आरोपमा पीडित पक्षले इनरूवा नगरपालिका-९ का ५५ वर्षीय देवराम यादव र ३२ वर्षीय रोशकुमार यादवविरूद्ध भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा…

२०८१ भाद्र ११, मंगलवार १०:२३ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका-१३ की २६ वर्षीया शोभा परियारलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति लक्ष्मी मोते र सासु ६० वर्षीया रत्नमाया मोतेलाई भदौ ७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ भदौ ६ गते राति पत्नीलाई कुटपिट गरेको र शोभाको भदौ ७ गते बिहान मृत्यु…

२०८१ भाद्र ७, शुक्रबार २०:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका-४ का ३० वर्षीय मुकेश मण्डललाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

२०८१ श्रावण ३२, शुक्रबार १०:१८ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगगपालिका-५ की १८ महिने बालिका आइन्सु लुइटेलको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय काकालाई गिरफ्तार गरेको छ । ब्लेडको प्रयोग गरी बालिकाको ०८१ साउन २६ गते हत्या गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगगपालिका-५ पचरूखीका ३० वर्षीय काका सालीग्राम लुइटेललाई सोही दिन गिरफ्तार गरेको हो । हत्या घटनाका आरोपितले के कति…

२०८१ श्रावण २९, मंगलवार ०९:०१ गते  
दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको घटनाको इन्सेकद्वारा अनुगमन

भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकको दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको घटनामा इन्सेकले स्थलगत अनुगमन गरेको छ । भोक्राहा नर्सिङ गाउँपालिका-७ नरसिंह स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जदुलाल साह र भोक्राहा नर्सिङ गाउँपालिका-७ का वडाध्यक्ष बौवालाल यादवले ०८१ साउन २३ गते शिवन…

२०८१ श्रावण २८, सोमबार १७:०९ गते  
दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको पीडितको आरोप

भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकले आफू दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको आरोप लगाउनु भएको छ । भोक्राहा नर्सिङ गाउँपालिका-७ नरसिंह स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जदुलाल साह र भोक्राहा नर्सिङ गाउँपालिका-७ का वडाध्यक्ष बौवालाल यादवले ०८१ साउन २३ गते मरिक दलित…

२०८१ श्रावण २४, बिहीबार १०:४२ गते  
अज्ञात पक्षद्वारा महिलाको हत्या

मनोसामाजिक समस्या हुनु भएकी भोक्राहा नरसिंह गाउँपालिका-१ की ४२ वर्षीया सैफुन खातुनको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । इनरुवा नगरपालिका-३ गणेशपुर जाने बाटो नजिकै ०८१ साउन १८ गते खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो । मृतकको शरीरमा चोट देखिएकाले…

२०८१ श्रावण २१, सोमबार ०९:३१ गते  
बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

दुहवी नगरपालिका-१० डुम्राहास्थित मामाघरमा खेलिरहेकी ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन १६ गते गिरफ्तार गरेको छ । मामाघरमा खेलिरहेकी बालिकालाई ०८१ साउन १५ गते अपहरण गरेको आरोपमा प्रहरीले साउन १६ गते विराटनगर महानगरपालिका-६ का ५० वर्षीय सञ्जय पासवान, ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता…

२०८१ श्रावण १७, बिहीबार १०:५१ गते