अरूण तेस्रो प्रवेश मार्ग मुआव्जा पीडितको उजुरी, राष्ट्रिय मानव अधिकार आयोगको चासो

सङ्खवासभामा निर्माणाधीन नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग मुआव्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो लिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले अरुण तेस्रो प्रवेश मार्ग पीडित सङ्घर्ष समिति र सरोकारवाला निकायसँग ०८१ जेठ ६ गते अन्तरक्रिया गरी मुआब्जाका विषयमा चासो लिएको हो ।…

२०८१ जेष्ठ ७, सोमबार १३:५४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका-२ का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८१ वैशाख १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २१ गते इलाका प्रहरी कार्यालय, चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि जेठ १ गते गिरफ्तार…

२०८१ जेष्ठ २, बुधबार २१:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला, भिमाद नगरपालिका-२ का ३७ वर्षीय हिमाल मगर भनिने अभिमान सिं आलेलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक र अन्तिम पटक ०८१ वैशाख १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…

२०८१ बैशाख २६, बुधबार १७:१७ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

सभापोखरी गाउँपालिका-३ एथुम्बुका अपाङ्गता भएका ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा प्रहरीले  ३८ वर्षीय भाई प्रविन राईलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा अपाङ्गता भएका दाजुलाई ०८१ वैशाख ७ गते कुटपिट गरी हत्या गरेको आरोप भाइ प्रविनलाई घटनास्थलबाटै सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले…

२०८१ बैशाख १०, सोमबार ०९:५० गते  
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिका स्थायी घर भइ चैनपुर नगरपालिका-१ मा बस्दै आएका १९ वर्षीय दीपेन राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८१ वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १० वर्ष कैद सजायको…

२०८१ बैशाख ७, शुक्रबार १६:३६ गते  
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

आठ वर्षीया बालिका यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-६ का ४४ वर्षीय  उत्तम विकलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८१ वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो…

२०८१ बैशाख ७, शुक्रबार १५:२८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–२ लिम्बूटारका ६४ वर्षीय दिलबहादुर श्रेष्ठलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०८० साउन ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपित…

२०८१ बैशाख ५, बुधबार ०६:१८ गते  
बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१७ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिलिचोङ गाउँपालिका-१ का २१ वर्षीय प्रेमचन्द्र राई भनिने चन्द्र राईविरूद्धको मुद्दा जिल्ला अदालतले वैशाख ३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश आन्नदराज पन्तको ०८१ वैशाख ३ गतेको इजलासले मुद्दालाई मुल्तवीमा राख्ने आदेश भएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।…

२०८१ बैशाख ४, मंगलवार ११:०५ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका-२ गैरीगाँऊका ५० वर्षीय युवराज राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरा सुमन राईलाई चैत २७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० चैत २६ गते कुटपिट गर्दा ५० वर्षीय बाबुको चैत २७ गते विहान मृत्यु भएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका…

२०८० चैत्र २७, मंगलवार १६:४५ गते  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-५ का ३० वर्षीय गणेश शिवालाई ६ वर्ष  कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० चैत १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ६ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।…

२०८० चैत्र १६, शुक्रबार १६:५० गते